साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गुईंठेहरूलाई गुईंठेको सन्देश

गीत गाएर मात्रै गुईंठेहरू तह लाग्लान् जस्तो त लाग्दैन । यिनलाई त हल हल बनाएर काँधमा जुवा हालेर तर्तरी पसिना चुहिने गरी जोत्नुपर्ने, अनि बल्ल ठिक ठाउँमा आउँथे कि !!

Nepal Telecom ad

विना काम लखरलखर डुल्ने, गफ चुट्ने, बुद्धि नास्ती अरूलाई सल्लाहा सुझाब मात्रै दिने तर सरसहयोग कहिल्यै नगर्ने गुईंठेहरूको जमात हाम्रो देशा ठूलै छ । भइरहेको काममा भाँजो हाल्ने, प्वाल पारेर नटाल्ने, फोहोर मैला ठिक ठाउँमा नफाल्ने, केही भन्यो भने गोबरको गुईंठा झै बटारिने गुईंठेहरूको मुख्य आदतमा पर्छ ।

गुईंठेहरू जे कुरालाई पनि गुईंठा पारेर भित्तामा टाल्छन् । तर भित्तामा टालेको गुईंठा सुके नसुकेको कहिल्यै बिचार गर्दैनन् । कमसेकम गुईंठै भए पनि इन्धनको रुपमा काम लाग्छ भन्ने त बुझ्नु नि ! हुन त गुईंठेहरूको खोपडीमा बुद्धिको गुईंठा भए पो बुझ्दथे । कहिँकतै कसैले कुनै मौका पाइहाले भने पनि यिनै गुईंठेहरू हतार हतार अघि सरेर पोको पारिहाल्छन् । त्यसैले यिनलाई गुईंठे भनेको हुनुपर्दछ । गुईंठा पारेर भित्तामा टाल्ने, सित्तैं पाए भने अलकत्रा मुखमा हाल्ने गुईंठेहरूलाई तह लगाउने कोही भएनन् ।

कतै त गुईंठेहरूको ज्यादती अति नै भएर होला गुईंठेकै नाममा गीत बनाएर गाउन समेत थालिएको सुनिन्छ । हुन पनि खुट्टा मात्रै तानेको तान्यै, बचनले हानेको हान्यै, ठोकि हालौंला झै गुलेलीमा मट्याङ्ग्रा बानेको बान्यै गरेपछि गीत नगाएर के गर्नु र ? तर गीत गाएर मात्रै गुईंठेहरू तह लाग्लान् जस्तो त लाग्दैन । यिनलाई त हल हल बनाएर काँधमा जुवा हालेर तर्तरी पसिना चुहिने गरी जोत्नुपर्ने, अनि बल्ल ठिक ठाउँमा आउँथे कि !!

गुईंठे गीतका सर्जकलाई पनि गुईंठेहरूको मुख्य मालिक गुईंठेले गुईंठे नै भन्छन्, तर तिनले भन्ने गरेको गुईंठाको क्वालिटी खुट्टिने गरेको पाइँदैन । गीतको बोल भने यस्तो छ-
“खुट्टा तान्न छोड बरु पाइप तान्न आऊ,
पाइप तान्न आऊ न बरु पाइप तान्न आऊ,
खुट्टा तान्न छोड बरु भीरपाखामा पाइप तान्न आऊ
पाइप तान्न आऊ, झोला हैन साथी ढुंगा बोक
बगरै भरी बगरै भरी !
गुईंठे हो साथी गुईंठे, गुईंठे हो साथी गुईंठे, गुईंठे
गुईंठे गुईंगुईंठे, गुईंठे गुईंठे गुईगुईंठे ।”

खुट्टा भाँचिने गरी तानेर अनेकौं झण्झट दिनुभन्दा श्रमदान गरेर श्रृजनाको काम गरौं बरु ! आओ गुईंठे हो सँगै गुईंठे गीत गाऔं, नाचौं अनि रमाऔं । श्रमदान गर्न खुट्टा नकमाऔं । खुट्टा कामिहाल्यो भने पनि बरु काम गरेर थाकेर कामोस् । गीत गाएर थाकेर कामोस् तर बेफ्वाँकमा खुट्टा नकामोस् । खासमा गुईंठेको यही सन्देश हुनुपर्छ ।

०००
गल्कोपाखा, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बेहालको जात्रैमात्र

बेहालको जात्रैमात्र

अशोककुमार शिवा
काँध धेरै थाकिसक्यो

काँध धेरै थाकिसक्यो

अशोककुमार शिवा
फल थाम्न नसक्ने फेद के काम ?

फल थाम्न नसक्ने फेद...

अशोककुमार शिवा
बुढ्यौलीको ढोका

बुढ्यौलीको ढोका

अशोककुमार शिवा
बठ्याईं

बठ्याईं

अशोककुमार शिवा
गणित पुराण

गणित पुराण

शिवप्रसाद जैशी
हेर ! बाबै ! बिलाउनी पनि भुटुन हाल्न पर्छ है

हेर ! बाबै !...

सुरेशकुमार भट्ट
बाजी

बाजी

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x