साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पुज्छु बाबा र आमा

बुढ्यौलीमा मान्छे अतिशय गुणले खारिएका हुनेछन् दिई अर्ती राम्रो विविध किसिमका विघ्नबाधा फुनेछन् मलाई आस्था यो अधिकतम भयो जे छ त्यो देवतामा पुजारी हूँ यौटा प्रतिदिन म यहाँ पुज्छु बाबा र आमा ॥

Nepal Telecom ad

यिनै द्यौता मेरा विपुल अवनिका जन्मदाता विधाता
यिनैले सुम्पेको हृदय बिच महान् रक्तको देख्छु नाता
धरी आस्था ज्यादा विनित मन बसेँ प्रेमले वन्दनामा
पुजारी हूँ यौटा प्रतिदिन म यहाँ पुज्छु बाबा र आमा ॥१

धरामा टेक्ने यो अवसर पहिले हो उनैले दिएको
लुकाई छातीमा गुटुमुटु सहसा हो उनैले लिएको
उनैको हो छाती उपर रगतको धार बग्ने नशामा
पुजारी हूँ यौटा प्रतिदिन म यहाँ पुज्छु बाबा र आमा ॥२

तिनैले हो मेरो सुख सयल भनी दर्द लाखौँ सहेको
उनैको टेवाले लगन र भरले आज जे हो भएको
विना बाबा आमा नर प्रकटहुने छैन सम्भावनामा
पुजारी हूँ यौटा प्रतिदिन म यहाँ पुज्छु बाबा र आमा ॥३

नलाउन् है कोही पनि नरजनले चोट ती भावनामा
सबैको दैलोमा सुजन यति बुढा पाउनै हुन्छ धामा
नबिर्सौँ कर्तव्यै पद अनि धनको मोहमा लालसामा
पुजारी हूँ यौटा प्रतिदिन म यहाँ पुज्छु बाबा र आमा ॥४

बुढ्यौलीमा मान्छे अतिशय गुणले खारिएका हुनेछन्
दिई अर्ती राम्रो विविध किसिमका विघ्नबाधा फुनेछन्
मलाई आस्था यो अधिकतम भयो जे छ त्यो देवतामा
पुजारी हूँ यौटा प्रतिदिन म यहाँ पुज्छु बाबा र आमा ॥५

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सबै पाका मान्छे

सबै पाका मान्छे

रामशरण न्याैपाने
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

रामशरण न्याैपाने
हाम्रो बचाऔँ अस्मिता

हाम्रो बचाऔँ अस्मिता

रामशरण न्याैपाने
सबै पाका मान्छे …

सबै पाका मान्छे …

चेवनचन्द्र बस्नेत
सबै पाका मान्छे…

सबै पाका मान्छे…

वेदप्रसाद रिजाल
सबै पाका मान्छे

सबै पाका मान्छे

रामशरण न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x