साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाम्रो केक

खाई केक यही शताधिकवयी हाम्रा जिबा बाँच्नु भो, बाँची प्राणप्रयाणसाथ मुखमा यो केक नै साँच्नुभो, यौटा ग्रामपिता चढेपछि चिता थाले अरे बम्किन, “सित्तैं जल्दिनँ केक हाल मुखमा आगो नलाईकन !”

Nepal Telecom ad

हो मृत्युञ्जय केक धार्मिक छ यो, संस्कार हाम्रै त हो
भाग्छन् दूर दशा अनिष्ट ग्रहका थामेर राखौं बिडो
यो हो वैदिक कर्म भागवतमा चर्चा छ यो केकको
बढ्ला आयु अवश्य अंश छ यहाँ आठै चिरञ्जीवीको ।

आर्यावर्त समग्र केकजननी स्रोतस्विनी हो धरा
होलीवाइन भेक केक हिमवत् यो खण्ड हो उर्वरा
छन् निर्देशित रोमरोम जनका यो केकसंस्कारले
गर्लान् मूर्ख विरोध अल्पमतिका आफ्नै अहङ्कारले ।

हेर्दाखेरि लिसोसमान यसमा द्रौणी, कृपाचार्य छन्
रम्छन् व्यास, कपीश, राम, बलि वा ती विश्रवापुत्र झन्
मार्कण्डेयसमेत केकसँग नै छन् लिप्त मृत्युञ्जय
आयुर्दा जति भुक्त हुन्छ उति नै थप्छन् गरी सञ्चय ।

लेखेको छ महाब्धि मन्थन हुँदा गौराङ्गना एउटी
निस्किन् केकघडा लिई कमरमा दिव्याङ्गना सुन्दरी
सोही केक लिसो चिसो मनुजले खाँदा बढ्यो आयु रे
दल्दै मात्र मुहारमा पनि कुनै छुन्नन् अरे वायुले ।

खाई केक यही शताधिकवयी हाम्रा जिबा बाँच्नु भो
बाँची प्राणप्रयाणसाथ मुखमा यो केक नै साँच्नुभो
यौटा ग्रामपिता चढेपछि चिता थाले अरे बम्किन
“सित्तैं जल्दिनँ केक हाल मुखमा आगो नलाईकन !”

लौ है पण्डित, सिद्धहस्त कवि हो उम्की नजाओस् क्षण
टाँसौं केक घसौं, निलौं, तन खिलौ खेरै नजाऊन् कण
हाम्रो धर्म बँचोस् र कर्म नमरोस्, भागून छुचा, दुश्मन
गौराङ्गीगण पल्किए यदि भने जालान् नि हाम्रा दिन !

०००
इलाम, हाल- काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
झोले

झोले

खोलाघरे साहिँलोे
आयो वर्ष नयाँ

आयो वर्ष नयाँ

खोलाघरे साहिँलोे
जुनी घर्किने भाे

जुनी घर्किने भाे

खोलाघरे साहिँलोे
भार्या भागवत

भार्या भागवत

खोलाघरे साहिँलोे
यता र उता

यता र उता

खोलाघरे साहिँलोे
हे कर्मठ युवा !

हे कर्मठ युवा !

खोलाघरे साहिँलोे
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
0
Would love your thoughts, please comment.x
()
x