मनीषकुमार शर्मा ‘समित’साहुकार
दुई-चार दिन अघिमात्र मिटरब्याजी साहुकारले सातो लिएका बाको हातखुट्टा काम्न थाल्यो । बा हत्तारिँदै घरभित्र छिरे ।

मनीषकुमार शर्मा ‘समित’ :
“ए बा ! उनीहरू फेरि पो आए जस्ता छन् ।”
“हँ ! हो र ? सोधिहाले भने बा घरमा हुनुहुन्न भन्दे है ।”
दुई-चार दिन अघिमात्र मिटरब्याजी साहुकारले सातो लिएका बाको हातखुट्टा काम्न थाल्यो । बा हत्तारिँदै घरभित्र छिरे । आगन्तुक पनि जमात सहित आँगनमा झुल्कदै सोधे –
“ए बाबु ! बा हुनुहुन्न घरमा ?”
“बा त हुनुहुन्न । सहरतिर जानु भएको छ । १५-२० दिनमा फर्कने भन्दै हुनुहुन्थ्यो ।”
“लौ मार्यो एक भोट खेर गइहाल्यो नि ।” आगन्तुक अलि निराश देखिए ।
छोरोले उज्यालो मुखाकृति बनाउँदै भन्यो “ ए बा ! बाहिर निस्कनुस् त । पैसा लिने हैन दिने आउनु भएछ । ”
०००
मध्यपुर ठिमी, भक्तपुर
Subscribe
Login
0 Comments
Oldest







































