साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्ध चिन्तन (१)

छैनन् चेत भनूँ दुखेर तन यो सन्ताप बर्साउँछ । छैनन् होश भनूँ घुसेर डरले झन् भित्र तर्साउँछ । छैनन् लोभ कुनै अनर्थ यसरी आफैँ म बाँच्दै रहेँ ? के को निम्ति सदैव भार म बनेँ बेकार हाँस्दै रहेँ ।

Nepal Telecom ad

होमनाथ घिमिरे :

गल्दो देह भयो उमेर अहिले ताक्दै भिरालोतिर ।
लाग्यो रोग असाध्य कष्ट थपियो पीडा बढ्यो जर्जर ।
छैनन् कत्ति कुनै अपूणर् घरमा ऐश्वर्य भण्डारमा।
पाएँ दुःख सधैँ अघोर दिन यो बाँच्दै छु संसारमा ।१

आफ्नै भार लिएर हिँड्न अब ता सक्दै नसक्ने भएँ ।
आफ्नै लागि सुकर्म कत्ति किन खै ! गर्नै नसक्ने भएँ ।
खेल्छन् भित्र अनेक याद घटना खोल्नै नसक्ने भएँ ।
हा! हा! दैव अझै थपिस् विरह यो बोल्नै नसक्ने भएँ ।२।

आँखा मात्र रसाउँदैछ अहिले देख्नै नसक्ने भएँ ।
पुत्री पुत्र जहान बन्धु घरका चिन्नै नसक्ने भएँ ।
घुम्छन् याद अनेक भित्र मनमा सारा बितेका कथा ।
घाँटी नै अबरुद्ध भो वचन खै ! खोलूँ कहाँ ती व्यथा ।३।

पत्नी पुत्र समेत नित्य घरमा हेर्छन् बुहारीहरू ।
मेरै निम्ति अनेक कार्य सबले गर्छन् नथाकी बरु ।
पीडा बढ्छ जहान बन्धु सबको देख्दा अँध्यारो मुख !
रोऊँ कत्ति अझै म निर्बल बूढो सन्तान छन् सम्मुख ।४।

छैनन् चेत भनूँ दुखेर तन यो सन्ताप बर्साउँछ ।
छैनन् होश भनूँ घुसेर डरले झन् भित्र तर्साउँछ ।
छैनन् लोभ कुनै अनर्थ यसरी आफैँ म बाँच्दै रहेँ ?
के को निम्ति सदैव भार म बनेँ बेकार हाँस्दै रहेँ ।५।

दिन्छस् कष्ट अझै म बाँचू किन खै ! के अर्थ मेरो यहाँ ।
पाएँ जन्म पवित्र भूमि भव कै नेपाल यो देशमा ।
मेरो जीवन धन्य भो प्रभु अझै मेरो परीक्षा लिन !
बिन्ती गर्छु न ले, कृतज्ञ म हुँदै त्याग्थेँ म यो जीवन ।६।

क्रमशः

०००
चितवन ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हाँसो !

हाँसो !

हाेमनाथ घिमिरे
के के हुन्छ …

के के हुन्छ …

हाेमनाथ घिमिरे
चौसठ्ठी चिन्तन

चौसठ्ठी चिन्तन

हाेमनाथ घिमिरे
विश्वास !

विश्वास !

हाेमनाथ घिमिरे
लाग्दैछ यस्तो किन !

लाग्दैछ यस्तो किन !

हाेमनाथ घिमिरे
चिन्ता छ !!

चिन्ता छ !!

हाेमनाथ घिमिरे
दसैँ मान्न पाऊँ सधैं ज्येष्ठसाथ

दसैँ मान्न पाऊँ सधैं...

कमला पन्थी अधिकारी
दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ

दसैँ मान्न पाऊँ सधैँ...

दीनानाथ पाेखरेल
दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ

दसैँ मान्न पाऊँ सधैँ...

वेदप्रसाद रिजाल
दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ

दसैँ मान्न पाऊँ सधैँ...

रामशरण न्याैपाने
दसैँ मान्न पाऊँ

दसैँ मान्न पाऊँ

कल्पना अधिकारी
0
Would love your thoughts, please comment.x
()
x