साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्ध चिन्तन- दुई

हाम्रो धर्म तथा हिजो सकलमा संस्कार कस्तो दियौँ ? हाम्रो कर्म तथा विवेक छ कहाँ आशा भरोसा थियौँ ? पक्कै पर्छ प्रभाव पुत्र तनया सन्तान या बान्धव । चिन्ता मात्र लिएर हुन्न अब ता स्वीकार होस् वास्तव

Nepal Telecom ad

होमनाथ घिमिरे :

बोल्दैनन् परिवार पुत्र घरका पत्नी र पुत्री कुनै ।
खोल्दैनन् मनका विचार सजिलै घट्दै छ चासो अझै ।
गर्दैनन् सहयोग मित्र गणले भन्छन् निकम्मा भयो ।
जान्नू जीवन बोझतुल्य सबमा बेकार बाँच्नू छ यो ।१।

सोध्दैनन् अब ता विचार अथवा सल्लाह माग्नेहरू ।
भन्छन् सुद्धि कुनै रहेन यसको सोच्लान् र राम्रो अरू ?
यस्तोमा मन भित्र कत्ति ननिको मान्दै नमान्नू बरु ।
मान्नू हर्ष खुसी जहान घरमा छन् बुद्धिजीवीहरू ।२।

पातै मात्र रहे प्रसून वनमा शोभा कहाँ छर्छ र ।
खाली ठाउँ न भै नयाँ र गतिलो संभावना सर्छ र ।
जान्नू सत्य यही छ चक्र भवको यो आयु को भर्छ र !
आयौँ जन्म लिएर मृत्युु सँगमा टारेर के टर्छ र !३।

हाम्रो धर्म तथा हिजो सकलमा संस्कार कस्तो दियौँ ?
हाम्रो कर्म तथा विवेक छ कहाँ आशा भरोसा थियौँ ?
पक्कै पर्छ प्रभाव पुत्र तनया सन्तान या बान्धव ।
चिन्ता मात्र लिएर हुन्न अब ता स्वीकार होस् वास्तव ।४।

कल्ले टिप्छ र फूल त्यो विपनमा छैनन् भने सौरभ।
कल्ले खोज्छ र वृद्ध तागत विना हुन्नन् भने पौरख ।
आगो बल्छ भने सबै नजिकमा न्यानो भनी बस्दछन् ।
हाम्रो जीवनचक्र सत्य छ यही छानो स्वयं खस्दछन् ।५।

क्रमशः

०००
१७ भाद्र, २०८०
भरतपुर, चितवन ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
के के हुन्छ …

के के हुन्छ …

हाेमनाथ घिमिरे
चौसठ्ठी चिन्तन

चौसठ्ठी चिन्तन

हाेमनाथ घिमिरे
विश्वास !

विश्वास !

हाेमनाथ घिमिरे
लाग्दैछ यस्तो किन !

लाग्दैछ यस्तो किन !

हाेमनाथ घिमिरे
चिन्ता छ !!

चिन्ता छ !!

हाेमनाथ घिमिरे
भोट के मा ?

भोट के मा ?

हाेमनाथ घिमिरे
परमेश्वर हुन् बाबु र आमा

परमेश्वर हुन् बाबु र...

दीनानाथ पाेखरेल
बाबु र आमा

बाबु र आमा

घनश्याम रेग्मी
वृद्धका सकसकाे गर ख्याल

वृद्धका सकसकाे गर ख्याल

कमला पन्थी अधिकारी
बाबु र आमा

बाबु र आमा

दिनेश पाण्डेय
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
0
Would love your thoughts, please comment.x
()
x