साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नाङ्गो !

केही व्यक्ति म देख्छु जो सदनमा बोल्दै छ साँचो तर । बोली प्रष्ट; विचार राष्ट्रहितमा; छन् आसलाग्दा वर । बाँकी छन् खलझैँ लठैत भरका खै आज लज्जा डर ! यस्ताबाट रहन्न राष्ट्र गरिमा; आगो लगाए घर ।

Nepal Telecom ad

नाङ्गो बन्छ सधैँ यहाँ सदन यो नाङ्गै सबै सांसद ।
नाङ्गो देश अझै; सधैँ छ रमिता नाङ्गै भए वास्तव ।
बोली-काम कता; विचार कसको; नेतृत्व सत्ता कुन ?
छक्कै; व्यर्थ बनूँ यहाँ म किन खै ! नाङ्गो रह्यो कानुन ।१।

गर्छन् भेद सधैँ समान छ कहाँ; स्वार्थी छ सत्ता जब ।
मौका हेर्छ अनेक दाउ उसको खोक्रो बनायो सब ।
कल्ले गर्छ विरोध; सोच छ उही; मान्दैन जो सज्जन-
थोरै छन् प्रतिकार गर्न उनको; पुग्दैन बोली जन ! ।२।

खोज्दै न्याय यहाँ हरेकपलमा; निर्दोषनै मर्दछन् ।
कल्ले बुझ्छ र निष्कलङ्क जनको; बल्छी तिनै पर्दछन् ।
कस्तो यो सरकार राज्य कसको; सेवा कहाँ गर्दछन्
चल्छन् नाटकझैँ सधैँ सदनमा; धम्की अझै भर्दछन् ।३।

बाधा छन् मजदूरमा; कृषकमा या बन्द व्यापारमा ।
विद्यार्थी;महिला; विदेशतिरमा; बन्दी बनेका जहाँ ।
छैनन् न्याय कतै; छ कानुन कहाँ ! उर्लिन्छ पीडा जब ।
नेपाली जनता अभाव दुखमा आक्रान्त छन् वास्तव ।४।

पापी व्यक्ति पुगे बसे सदनमा; के बन्छ खै कानुन !
निर्दोषी जति यी रहे सकसमा; उन्मुक्ति झन् दुर्जन ।
थोरै सांसदले बुझेर दुनियाँ; सत्यार्थ जो बोल्दछन्
सुन्दैनन् तब यी ठुला दल यहाँ; सत्कर्म जो पोल्दछन् ।५।

काण्डै काण्ड भए अनेक थरिका संलग्न नेताहरू ।
साक्षी बस्छ कुरेर आज दुधको ढाडे बिरालो बरु ।
नेता छन् भरिया दलाल परका हुन् खेतला यी सब !
हामी मूर्ख भयौँ अनर्थ गरियो के आस राखौँ तब ।६।

केही व्यक्ति म देख्छु जो सदनमा बोल्दै छ साँचो तर ।
बोली प्रष्ट; विचार राष्ट्रहितमा; छन् आसलाग्दा वर ।
बाँकी छन् खलझैँ लठैत भरका खै आज लज्जा डर !
यस्ताबाट रहन्न राष्ट्र गरिमा; आगो लगाए घर ।७।

०००
२०८०/१/२६
भरतपुर, चितवन ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हाँसो !

हाँसो !

हाेमनाथ घिमिरे
के के हुन्छ …

के के हुन्छ …

हाेमनाथ घिमिरे
चौसठ्ठी चिन्तन

चौसठ्ठी चिन्तन

हाेमनाथ घिमिरे
विश्वास !

विश्वास !

हाेमनाथ घिमिरे
लाग्दैछ यस्तो किन !

लाग्दैछ यस्तो किन !

हाेमनाथ घिमिरे
चिन्ता छ !!

चिन्ता छ !!

हाेमनाथ घिमिरे
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
0
Would love your thoughts, please comment.x
()
x