साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चरित्र

“बिहेमा दाइजो ल्याउन नसकेकी र छोरी मात्रै जन्माएकी भनेर चरम यातनाका साथ घरबाट निकालिएकी हुँ ! म त्यही नेताकी श्रीमती हुँ जो अहिले मञ्चमा महिला हकको बारेमा कुर्लेर भाषण गरिरहेको छ !”

Nepal Telecom ad

निकै लामो दौडधुप र केन्द्रीय नेताहरूको परिक्रमापछि बीरबहादुरको जिल्ला स्तरको नेताबाट केन्द्रमा बढुवा भयो । उसको अनुहारमा मुस्कानको लहर दौडन थालेको थियो । ऊ अव उमङ्गको पङ्खा हम्केर बस्न थाल्यो ।

उसको बढुवासँगै उसको दिनचर्या पनि वदलियो । ऊ अव सधैँ अन्तरकृया, गोष्ठी, सेमिनारहरूमा व्यस्त हुन थालेको थियो । सधैँ निराशाको आसनमा रहने ऊ अचानक खुशी देखिन थाल्यो ।

उसलाई पत्रकारहरूले पनि प्रखर वक्ताका रुपमा स्वीकार्न थालेका थिए । घरेलु हिंसा, महिला हिंसा, दाइजो प्रथा, चेलीवेटी वेचविखन, लागू औषध जस्ता सामाजिक बिकृतिहरूका वारेमा उ सशक्तरुपमा भाषण दिन थालेको थियो ।

एक दिन खुलामञ्चमा महिलाहिंसा विषयक एक भव्य कार्यक्रमको आयोजना भएको थियो । कुनै ठूलै एनजीओद्वारा प्रायोजित उक्त कार्यक्रममा उसलाई पनि वक्ताका रुपमा आमन्त्रण गरिएको थियो । उसको पालो आउनासाथ उसले मञ्चको अग्रस्थानमा उभिएर अति जोशिलो भाषण गर्‍यो –

“आदरणीय जनसमुदायहरू, आज हामी अत्यन्तै संवेदनशील अवस्थामा छौँ । आज हामीमाझ परम्परागत कुरीति, विकृति, विसङ्गतीले गर्दा देशको विकास हुन सकिरहेको छैन । बालविवाह, यौन दुव्र्यवहार र दाइजो प्रथाले गर्दा महिला दिदीवहिनीहरू आक्रान्त बनेका छन् । उनीहरू आत्महत्या गर्न बिवश छन् । जिउँदै जलाइएका छन् । जबसम्म महिलाहरू सशक्त हुँदैनन्, जवसम्म उनीहरूको आत्मसम्मानलाई सबैले स्वीकार गर्दैनन्, तबसम्म देशको विकास हुँदैन ! म यति भन्दै…”

उसको भाषण सकिने वित्तिकै दर्शक दीर्घाबाट आएको तालीको गडगडाहटले वातावरण नै उत्साहित भयो । मानिसहरूले नेता हुनु त वीरबहादुर जस्तो हुनु भनेर खुलेरै प्रशंसा गर्न थालेका थिए । यस्तो नेता भए मात्र देश विकास हुन्छ भनेर सवैले तारिफ गरे !

एक महिला दर्शक दीर्घाको पछाडि तीनवटी छोरी काखी च्यापेर रुँदै थिइन्, “बिहेमा दाइजो ल्याउन नसकेकी र छोरी मात्रै जन्माएकी भनेर चरम यातनाका साथ घरबाट निकालिएकी हुँ ! म त्यही नेताकी श्रीमती हुँ जो अहिले मञ्चमा महिला हकको बारेमा कुर्लेर भाषण गरिरहेको छ !”
०००
बागमती ११, कर्मैया, सर्लाही

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
कहाँ हुन्छ !

कहाँ हुन्छ !

लीलाराज दाहाल
म त खाँट्टि झोले हुँ

म त खाँट्टि झोले...

लीलाराज दाहाल
प्रशंसाको गीत

प्रशंसाको गीत

लीलाराज दाहाल
भाषण

भाषण

लीलाराज दाहाल
तीन ठाेक्तक

तीन ठाेक्तक

लीलाराज दाहाल
सुशासन

सुशासन

लीलाराज दाहाल
बेरोजगारलाई सुनको धाक !

बेरोजगारलाई सुनको धाक !

केशवराज अर्याल ‘निश्चल’
आधा सत्य आधा भ्रम – ४४

आधा सत्य आधा भ्रम...

अर्जुन दाहाल (क)
लाहुरेकाे हुर्मत

लाहुरेकाे हुर्मत

विश्व शाक्य
फुक्लिएको दाँत

फुक्लिएको दाँत

रामप्रसाद अर्याल ‘अविराम’
0
Would love your thoughts, please comment.x
()
x