साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साम्यवादी रुख !

अब हामीसँग दुई विकल्प छ; एक- तिमीलाई उखालेर फ्याल्ने ! दुई- तिमीलाई उखालेर फ्याल्ने ! र, तेस्रो विकल्प मलाई उपयुक्त लाग्छ - तिमीलाई उखालेर फ्याल्ने ।

Nepal Telecom ad

(सिस्नुपानी मकवानपुरले ०८० वैशाख २२ गते आयोजना गरेको हास्यव्यङ्ग्य  कविता प्रतियोगितामा उत्कृष्ट २५ मा छनाेट भएकाे कविता  हाे याे ।  वाचनमा  झल्लुप्रसाद अनुपस्थित रहनु भयाे । छनोटमा परेका २५ वटै र सहभागी अन्य हास्यव्यङ्ग्य कविताहरू फित्कौलीले क्रमशः पोष्ट गर्ने छ । कृपया आआफ्नो तस्वीर info@fitkauli.com  मा यथाशीघ्र पठाउनु होला । -प्रधान सम्पादक)

जमिन हौँ- हामी !
र हौ तिमी- बीज !

तिमीले टुसा निकाल्यौ,
तिमीले पात हाल्यौ,
तिमीले लहरा फिजायौ,
तिमीले फूल फुलायौ,
तिमीले फल फलायौ ।

ए ! साम्यवादको रुख
तिम्रा फलहरू अचाक्ली टर्रा भए !
तिम्रा फूलहरू अचाक्ली अँध्यारिए !
तिम्रा लहराहरू अचाक्ली आकाशतर्फ फर्किए !
तिम्रा पत्करहरू अचाक्ली विषप्रदायक भए !

अब हामीसँग दुई विकल्प छ;
एक- तिमीलाई उखालेर फ्याल्ने !
दुई- तिमीलाई उखालेर फ्याल्ने !

र, तेस्रो विकल्प मलाई उपयुक्त लाग्छ
– तिमीलाई उखालेर फ्याल्ने ।

०००
सम्पर्क : ९८६१८९८९९०
धादिङ, मैधी !

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
विसङ्गति

विसङ्गति

राजु झल्लु प्रसाद
विसङ्गति

विसङ्गति

राजु झल्लु प्रसाद
जुठोपुरो

जुठोपुरो

मिलन समीर
भोक र भुमरी

भोक र भुमरी

शिवप्रसाद जैशी
भैंसीको दुखेसो

भैंसीको दुखेसो

हेमराज पन्त
अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक सञ्जाल

अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक...

राजेन्द्रप्रसाद अधिकारी
झिङ्गे दाउ

झिङ्गे दाउ

रामप्रसाद पन्थी
0
Would love your thoughts, please comment.x
()
x