साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विसङ्गति

तबतब मलाई: दिन र रातको दोभानमा उभिएर, जीवन र मृत्युको दोसाँधमा अल्झिएर, हाँसिरहँदा.., हाँ सि र हँ दा.., जिब्रोको टुप्पोमा आइपुगेको आँसुको स्वाद निकै मनपर्छ ।

Nepal Telecom ad

राजु झल्लु प्रसाद :

जबजब म देख्छु:
आफ्नै वैराग्यता सुनाइरहेको कवि,
आफ्नै भाषणमा हराइरहेको नेता,
आफ्नै पाककलाबारे बोलिरहेको भान्छे,
आफ्नै हत्केलाको ठेलाहरू देखाइरहेको सिनेमाको मजदुर,
आफ्नै फुटेको कुर्कुच्चाहरू सुमसुम्याइरहेको पर्यटक !
वा,
आफ्नै अनुहार ऐनामा देखेर तर्सिएको बाँदर,
आफ्नै भुकाईको आवाजले झस्किएको कुकुर,
आफ्नै चिच्च्याहटले ब्युँझिएको कुखुरा,
आफ्नै पिसाबको गन्धले अमिलिएको स्याल,
आफ्नै दूधले बनेको फ्याँकिएको खीर चपाइरहेको भैँसी !
जबजब म देख्छु:
आफ्नै लोसेपनले अत्तालिएको चिप्लेकिरा,
आफ्नै खुट्टा देखेर थाकेको खरायो,
आफ्नै सुगन्धका कारण नाक समाइरहेको मकै फूल,
आफ्नै वजनले भाँचिएको भोगटेको हाँगो !
अझ,
आफ्नै उचाइले कुप्रिएको जिराफको घाँटी,
आफ्नै मोटाइले थेचारिएको जल गैँडाको खुट्टा,
आफ्नै लम्बाइले खुम्चिएको डोरीको गुजुल्टो,
आफ्नै चौडाइले तन्किएको आगोको लप्का !
या,
आफ्नै ठुँडले आकाश प्वाल पारिरहेको चील,
आफ्नै पुच्छरले बालुवा खोतलिरहेको माछो,
आफ्नै र्‍यालमा अल्झिएको कालो माकुरो,
आफ्नै शीतलताले कठ्याङ्ग्रिएको वर-पिपलको रुख !
तबतब मलाई:
दिन र रातको दोभानमा उभिएर,
जीवन र मृत्युको दोसाँधमा अल्झिएर,
हाँसिरहँदा..,
हाँ सि र हँ दा.., जिब्रोको टुप्पोमा आइपुगेको आँसुको स्वाद निकै मनपर्छ ।

०००
२०७८, कोटेश्वर

Painting: Salvador Dali, Daddy Longlegs of the Evening Hope, 1940, Dali Museum, Florida

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
विसङ्गति

विसङ्गति

राजु झल्लु प्रसाद
साम्यवादी रुख !

साम्यवादी रुख !

राजु झल्लु प्रसाद
पागल हाँसो

पागल हाँसो

युवराज भण्डारी
हामी बहुमत ल्याउँछाैँ

हामी बहुमत ल्याउँछाैँ

चन्द्रप्रसाद न्याैपाने
गलेको काँध र मक्किएको झोला

गलेको काँध र मक्किएको...

राजेन्द्रप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x