साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जेनजीको रगत मुछिएको जुत्ता मेरो हो !

समय फेरि पनि लेख्नेछ— प्रहरीको गोलीले किताबको पानामा रगत पोखिएको समचार !, आँसुले राष्ट्रिय गीतलाई काँपाइरहेको दृश्यहरू। यसैले, त्यो जुत्ता- अब पैतालाविहिन छैन ! त्यो जुत्ता मेरो हो ! र, यो आन्दोलन मेरो हो !

Nepal Telecom ad

राजु झल्लु प्रसाद :

सहरको रक्ताम्य चोकमा
एक जेनजीको रगत मुछिएको जुत्ता, उत्तानो परेर
दिनैभर हेरिरह्यो
तानाशाहीको आदेशले तातिएको बारुदी बादल ।
र पुनः जुर्मुराइरहेका अप्रमाणित दलका
भ्रष्ट नारा र खोक्रा विज्ञप्तिहरू।
र देखिरहेछ-
भ्रष्ट शासनका पाइतलाले युवाको सपनालाई
निर्दयतापूर्वक कुल्चिरहेको अझै पनि,
अवैध राजनीतिक दलहरूले आन्दोलनको मर्मलाई
फेरि पनि दलाली बजारमा बेच्न खोजिरहेको।
एकाबिहान घाम आफूलाई आँसुले धोएर आइपुग्छ,
र बढार्छ चोकभरि छरिएका
जेनजी पुस्ताका घोषणापत्रहरू-
“हाम्रो पुस्ता न्याय खोज्छ!”
“हाम्रो पुस्ता सुशासन रोज्छ!”
“हाम्रो पुस्ता पारदर्शिता माग्छ!”
“हाम्रो पुस्ता जवाफदेहिता चाहन्छ!”
तर,
एम्बुलेन्सका पाङ्गाहरू दिशाहीन दौडिरहे,
अस्पतालमा अश्रुग्यास झरीझैँ बर्सिरहे,
त्यो जुत्ता अझै प्रश्न गरिरहेछ-
“जेनजीको बलिदान भन्दा
सार्वजनिक सम्पतिको तोडफोड किन प्राथमिकता बनाइँदैछ?”
“भदौ २३ को प्रहरी नरसंहारको फोटो/भिडियो
किन लुकाइदैछ? कसले लुकाउदैछ?”
तर उसको रगतले भिजेको चिच्याहट
अवैध सत्ता र दलाल नेतृत्वले अझै पनि सुन्न दिएको छैन।
भविष्यको चमक आँखामा बोकेर
उन्नत लोकतन्त्रको झण्डा उठाएर
सडकमा उत्रिएका हजारौँ अनुहारहरूले
त्यो रगताम्य जुत्तालाई देखेका छन्,
र अटुट विश्वास गरेका छन्-
“हाम्रो बलिदान
आगामी पुस्ताको दिशानिर्देशक हुनेछ।”
सहर क्रमश.. साँझको पहेँलो बत्तीमा डुब्दा,
त्यो जुत्ता अझै देखिरहेछ
ब्रान्डेड जुत्ताको विज्ञापनमा हराइरहेका
निर्देशित पाइतलाहरूलाई,
जो आफ्नै गोरेटो बिर्सेर
तानाशाहीका हुकुम पालना गर्न
अझै गर्व मानिरहेका छन्।
तर त्यो रगताम्य जेनजी जुत्ता-
रगत टासिएको छातीमा
अडान बोकेर अझै गर्जिरहेको छ-
“हाम्रो आन्दोलन हाइज्याक भए पनि
हाम्रो माग अटुट छ।
दलालको विज्ञप्ति भन्दा
सत्यको आवाज अनन्त शक्तिशाली छ!”
अब त्यो जुत्ता
मिथक होइन-
क्रान्तिको अडिग प्रतीक हो!
यदि हामी सावधान रहेनौँ भने,
समय फेरि पनि लेख्नेछ—
प्रहरीको गोलीले
किताबको पानामा रगत पोखिएको समचार !,
आँसुले राष्ट्रिय गीतलाई काँपाइरहेको दृश्यहरू।
यसैले, त्यो जुत्ता-
अब पैतालाविहिन छैन !
त्यो जुत्ता मेरो हो !
र, यो आन्दोलन मेरो हो !

०००
धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
विसङ्गति

विसङ्गति

राजु झल्लु प्रसाद
विसङ्गति

विसङ्गति

राजु झल्लु प्रसाद
साम्यवादी रुख !

साम्यवादी रुख !

राजु झल्लु प्रसाद
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
हवसमाण्डु

हवसमाण्डु

एमपी पाण्डे
मूला

मूला

दुर्गा रिमाल अधिकारी
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
पीडा

पीडा

हेमराज पन्त
0
Would love your thoughts, please comment.x
()
x