साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विसङ्गति

तब तब मलाई दिन र रातको दोभानमा उभिएर जीवन र मृत्युको दोसाँधमा अल्झिएर हाँसिरहँदा हाँसिरहँदा.. जिब्रोको टुप्पोमा आइपुगेको आँसुको स्वाद निकै मनपर्छ ।

Nepal Telecom ad

राजु झल्लु प्रसाद :

जब जब म देख्छु,
आफ्नै वैराग्यता सुनाइरहेको कवि,
आफ्नै भाषणमा हराइरहेको नेता,
आफ्नै पाक कलाको बारे बोलिरहेको भान्छे,
आफ्नै हत्केलाको ठेलाहरू देखाइरहेको सिनेमाको मजदुर,
आफ्नै फुटेको कुर्कुचाहरू सुमसुमाइरहेको पर्यटक,

आफ्नै अनुहार ऐनामा देखेर तर्सिएको बाँदर,
आफ्नै भुकाईको आवाजले झस्किएको कुकुर,
आफ्नै चिच्चाहटले ब्युझिएको कुखुरा,
आफ्नै पिसाबको गन्धले अमिलिएको स्याल,
आफ्नै दुधले बनेको फ्याँकिएको खीर चपाइरहेको भैंसी,

जब जब म देख्छु,
आफ्नै लोसेपनले अतालिएको चिप्लेकिरा,
आफ्नै खुट्टा देखेर थाकेको खरायो,
आफ्नै सुगन्धले रमाएको मकै फूल,
आफ्नै वजनले भाँचिएको भोगेटेको हाँगो,

अझ,
आफ्नै उचाइले कुप्रिएको जिराफको घाँटी
आफ्नै मोटाइले थेचारिएको जलगैँडाको खुट्टा,
आफ्नै लम्बाइले खुम्चिएको डोरीको गुजुल्टो
आफ्नै चौडाइले तन्किएको आगोको लप्का,

या,
आफ्नै ठुँडले आकाश प्वाल पारिरहेको चील,
आफ्नै पुच्छरले बालुवा खोतलिरहेको माछो,
आफ्नै र्‍यालमा अल्झिएको कालो माकुरो,
आफ्नै शितलताले कठ्याङ्ग्रिएको वर-पिपलको रुख,

तब तब मलाई
दिन र रातको दोभानमा उभिएर
जीवन र मृत्युको दोसाँधमा अल्झिएर
हाँसिरहँदा
हाँसिरहँदा..
जिब्रोको टुप्पोमा आइपुगेको आँसुको स्वाद निकै मनपर्छ ।

०००
धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
विसङ्गति

विसङ्गति

राजु झल्लु प्रसाद
साम्यवादी रुख !

साम्यवादी रुख !

राजु झल्लु प्रसाद
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
ताली बजाउँदछन्

ताली बजाउँदछन्

बालकृष्ण खनाल
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नशा

नशा

लोक सुब्बा
वैदेशिक रोजगार

वैदेशिक रोजगार

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x