साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जय – शिक्षक ! धन्य – दीक्षक ! !

सधैं शिक्षककेन्द्रित विधि अपनाएर जोक, चुड्का, कथा, हँसिमजाक पस्किएर हिसाब जस्तो विषयमा पनि निसाफ साथ पढाउने जोखिम उठाइन । दैनिक पाठयोजना गर्ने, साप्ताहिक वा मासिक शैक्षिक योजना कोर्ने कागजी  झम्मारमा नलागी सबै प्लानलाई मौखिकमै ढाल्न सफल छु ।

Nepal Telecom ad
बद्रीप्रसाद दाहाल ‘भस्मासुर’ :
संवैधानिक अङ्ग लोकसेवा आयोगदेखि घोकसेवा आयोगसम्म, चोकसेवादेखि कोक-फेन्टासम्म पिलाएर भुटन, करी, तास र थरीथरीका रमसम्म बेच्ने काममा असफल भए’छि ‘अल्छी तिघ्रो स्वादे जिब्रो’ म मोरो गोबर गणेश शिक्षण सेवामा प्रवेश गर्न पुगेँ । सरकारी शिक्षक भएर स्कूल पसे’छि आन्दोलनको हुण्डरीमा लाग्दा लाग्दै स्वतः स्थायीको भाग्यशाली चिट्ठा पारियो । कुनै आयोग सायोगको झन्झटमा नपरी वाक्परीक्षामै कागजस्तो ठहरिएँ । घरपायकको जागिर खाएर शिक्षक नायक भई संघ संगठनको मूल गायक नै बनियो । सत्ताधारी राजनीतिक दलको शुभेच्छुक झर्रो भाषमा भन्नु पर्दा झोले बनेर कैयौँ स्थानीय चुनावहरु हाँक्ने, जनमत आक्ने विरोधी विचारका योग्यै भए’नि फ्याँक्ने र न्याक्ने काममा लाग्दा-लाग्दै विद्यालयमा पूणर् समय दिन सकिनँ ।
रातारात चुनाव प्रचार गर्न, मिटिङ धान्न, बाँदरे र हल्लुँडे नायक भनाउँदाको भाषण लेख्न तथा यथायोग्य पम्प्लेट पर्चा बनाउनेदेखि छर्ने कामसम्म व्यस्त हुँदा स्कूलमा त अतिथि शिक्षकजस्तै बन्न पर्‍यो कैयौँ वर्ष । बल्ल-बल्ल गान्धी डिविजनमा ‘गाइड – चिट उद्योग खरखजना केन्द्रको’ सहयोगमा हासिल गरेको बासी डिग्रीलाई तालिम, प्रशिक्षण, कार्यशालाका पालिस चढाए पनि आफ्नो लाइन अनुसार भत्ता बढाउन त्यहाँ पनि आन्दोलक पनि बन्नै पर्ने भयो । अस्थायी शिक्षकजति सबै बिना प्रतियोगिता स्थायी बन्न पाउनु पर्छ भनेर धर्ना, रिले अनशन, आमसभा, पिकेटिङका सिङले घोचेर तहल्का मच्च्चाउन अहिले पनि उत्तिकै खटेको छु । दुवै हातमा लड्डू फलाउन सरकारका ढड्डूहरुलाई भर्खरै घुँडा टेकाएको हजुरहरु सबैलाई थाहा भएकै कुरा हो ।
यसरी आन्दोलनमै व्यस्त हुनु परेकोले   पाठयोजना बनाउने तरिका, मनोवैज्ञानिक शिक्षण प्रणाली, विद्यार्थी केन्द्रित विधि, प्रदर्शन एवं प्रयोगात्मक अभ्यासहरुलाई ग्रहण गरेर भुराका पढाइमा जुरा हलिदिन सकिन त्यसै शिक्षक र दीक्षकको उपाधिमा रङ्गिएँ बा ? किनकि, आफूलाई सधैं संगठनकै राप र तापले च्यापाच्याप पार्ने हुँदा प्राज्ञिक वा  व्यवसायिक दक्षतामा अक्षता झैं बनियो । ‘अल्छीका ओठमा आहानका झुप्पा’ भनेझैं आफूभन्दा तलका अन्जानहरुलाई उपदेश, अर्ती र निर्देशन दिएर ‘अल्प विद्या भयङ्करी’ लाई चरितार्थ गर्न म कैल्यै पछि परिन । ‘आधा गाग्रो पानी बढी छचल्किन्छ’ भनेझैं म पनि बोल्ने काममा बकबकबहादुर नै छु । ‘लिटिल नलेज इज् डेन्जरर् थिङ्स्’ भनेर उँडाउने कनसुत्ला पनि नभएका भने होइनन् । यसैले त सत्तामा राइज जुन पार्टी भयो त्यही सित साइज मिलाएर ताक परुञ्जेल तिवारी नपरेमा अनि गोतामे, दाहाल, ओली, नेपाल, खनाल, पौडेल, भट्टराई के के बन्न पर्ने हो त्यो मामला कण्ठै छ ।
जमानामा अलिअलि पढेको कुरा बिर्सिएर पनि ह्याकुलाले मिचेकै भरमा भविष्यका कणर्धारलाई वणर्ाधार दिलाउन  बिस्तारै लागी परेकै छु । मेरो अध्ययनमा कम रुचि र लडाकामा बढी इन्टेस भएकैले नजानेको विषय अरुलाई सोद्धा भेउ पाउला भनेर जहिले पनि सम्बन्धित विषयको अन्तरक्रिया छलफल र विमर्शमा छेउ लागेर गम्भीराशनमा मितभाषी भई बस्छु  । आफू त पुरानो शिक्षामा पाकेको मान्छे हुँदा थाकेको क्षमता र शिक्षण कलालाई लुकाउँदै अनाथ विद्यार्थीहरुलाई ‘पढ, पढ’ भनेर गर्मीमा रुखमुनि गई शीतल ताप्छु र जाडोमा भुराहरुलाई दाउरा खोजाई मजाले बालेर क्याम्प फायर गर्छु ।
आफूभन्दा क्षमतावान् र उपल्लो योग्यताकालाई खुट्टो तानेर मुकुट्र्टो बनाई रमिता मच्चाउन त खली नै खाको छु  । भ्रष्टराजनीतिकर्मीहरुलाई प्रशंसाको अन्नपूणर् चढाएर अरुका हित चूणर् गदैँ आफू परिपूर्ण हुन म चाणक्यको हजुर्बाउ जत्तिकै छु । अलि माथिल्लो औपचारिक योग्यता थियो भने त राजनयज्ञ (कूटनीतिक प्रतिनिधि) बन्ने धुनमा छलाङ मारिसक्थेँ ।  बिहान बेलुका घर र पार्टी संगठनको काम गरेर लखतरान भएको जिउलाई स्कूलमा घण्टी लागे’छि मात्र थकाइ मार्न झन्नै आधा घण्टा पछि स्कूल पुग्छु । घरपायकको जागिरमा यही त हो नाफा ? सधैं पहिलो र अन्तिम पिरियड लिन भ्याउँदिन ।
प्रायः दाह्री, जुँगा र कपाल काट्नै बिर्सिएर दाँतलाई ब्रससित भेटै नगराई मैलोधैलो भेषभूषामा स्वास्थ्य र सरसफाइ विषयलाई बुझिने गरी नमुना बन्दै पढाउँछु । सादा जीवन उच्च विचारको मीठोे अचार आफै बनेर स्वास्थ्य विज्ञानको प्रवचन ह्वारह्वार्ती छाद्दा केटाकेटी घतिलो हाँसोमा मुस्कुराउँछन् । समय-समयमा राजनीतिक संगठनलाई ओजनदार बनाउन केटाकेटीहरुलाई सांस्कृतिक कार्यक्रममा सहभागी गराएर, कैयौँ किशोर किशोरीको अल्लारे जीवनमा हुरीबतास  ल्याउन खोजेको भनी अभिभावकबाट झन्नै घेरिएको  ।
शैक्षिक सामग्रीको प्रयोग कुन चराको नाम हो अहिलेसम्म प्राक्टिसको झन्झटमा फसेको छैन । भएभरका आफ्ना बकुन्द्रालाई बोर्डिङ स्कूलमा धँकलेर सरकारी स्कूलको खबरदारी गर्न कम्मर कसेको झन्नै तीन दशक भएछ गाँठे ।  आफूले पढाएको स्कूलमा अझ कयौं प्रतिभाशाली प्रथम, द्वितीय हुनेलाई आफ्नै शेयर होल्डरमा खोलेको जोनीवाकर  एकेडेमी, ससुराले खोलेको एडिसन मेडिकल रिसर्च सेन्टर, सालोले भर्खरै स्थापना गरेको क्युरी मेमोरियल पार्कतिर  कानेखुसी गर्दै काजमा पढाइदिन्छु । पुस्तकालय, वाचनालय, ल्यापटप, कम्प्युटर र प्रोजेक्टर मास्टरको अगाडि टर्टराउन सक्दैन भन्ने मेरो दर्बिलो सिद्धान्त भएको हुँदा ती मेरो लागि माइनरजस्ता छन् । पुर्‍याउने काम कति गरियो कति । विद्यालयनिरीक्षक, विषयविज्ञ र स्रोतव्यक्तिसित मैले ज्ञानगुनको लागि कैल्यै ओत लाग्ने कष्ट गरिन । प्रायः मैले पढाउने पाठ्यपुस्तक वार्षिक परीक्षाको अन्त्यतिर आइपुग्दा पनि पाठहरु आधाभन्दा मास्तिर पुग्दैनन् ।
सधैं शिक्षककेन्द्रित विधि अपनाएर जोक, चुड्का, कथा, हँसिमजाक पस्किएर हिसाब जस्तो विषयमा पनि निसाफ साथ पढाउने जोखिम उठाइन । दैनिक पाठयोजना गर्ने, साप्ताहिक वा मासिक शैक्षिक योजना कोर्ने कागजी  झम्मारमा नलागी सबै प्लानलाई मौखिकमै ढाल्न सफल छु । मेरो शिक्षण कलालाई कसैले तल माथि गरेर विपरीत गला दियो वा जिब्रो फट्कार्‍यो भने तुरुन्तै ‘यहाँ राजनीति घुस्या छ है !’ भनेर  सम्बन्धित टाउके, लाउके र सुल्सुलानन्दहरुलाई सूचना दिई चना र चिया ज्युनार गराएर स्कूल क्यान्टिनमै साँढा पल्टिन्छु । सत्ताधारी राजनीतिक दल त्यसमा पनि  संस्थापन पक्षकै कोर ग्रुपको मान्छे भएकोले जि.शि.अ. लगायतका सबै ‘स’, प्रजिअ, एस्पी र विज्ञहरु अज्ञ बनेर मसित मजैले हच्कन्छन् । जे होस् यो संसारमा मजाको सरकारी शिक्षक जागिर मैले राम्ररी ठम्याएको हुँदा गर्व साथ भन्छु, ‘जय – शिक्षक’ जय – दीक्षक !
समाप्तम् ।
०००
धादिङ
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- संस्कार !

जय- संस्कार !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
अगुल्टाले च्वाइँ ! जय ज्वाइँ !

अगुल्टाले च्वाइँ ! जय...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
पिण्ड स्थाने पिण्डम् !

पिण्ड स्थाने पिण्डम् !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय भनाैँ कि भय !

जय भनाैँ कि भय...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x