साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साँढेहरू

साँढेहरूले खाँदा खाँदा खोलै सुकाएका छन् मालेझालेका कुरै छाडौँ नन्दीलाई पनि झुकाएछन् दाम्लै छिनाउन आँटेपछि के लाग्यो र यसै कारण छाडा साँढेलाई मालिकले गोठबाट फुकाएका छन् ।

Nepal Telecom ad

होम सुवेदी :


आफ्नै गोठको साँढे यसै फाल्न पनि नसकिने भो
खानु पनि कति हो कति घाँस हाल्न पनि नसकिने भो
घाँडो लाएर छाडिदिनु त होला नि
आफ्ना थलामा बाँध्न र पाल्न पनि नसकिने भो ।


साँढेहरूले खाँदा खाँदा खोलै सुकाएका छन्
मालेझालेका कुरै छाडौँ नन्दीलाई पनि झुकाएछन्
दाम्लै छिनाउन आँटेपछि के लाग्यो र
यसै कारण छाडा साँढेलाई मालिकले गोठबाट फुकाएका छन् ।

आपसमा लडाइँ गरेर बाच्छाबाच्छीलाई मिच्ने भए
निर्दोषहरूलाई पनि आपसमा लडेर थिच्ने भए
माउहरूले त आसै नगरे हुन्छ
बाच्छाबाच्छीको भाग पनि यिनै साँढेले घिच्ने भए ।

०००
झापा ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाँच ठाेक्तक

पाँच ठाेक्तक

होम सुवेदी
गजल फित्कौली

गजल फित्कौली

होम सुवेदी
ठोक्तक कवित्त

ठोक्तक कवित्त

होम सुवेदी
हरि ॐ सत्ता सह नौ भुनक्तु

हरि ॐ सत्ता सह...

होम सुवेदी
तीन ठाेक्तक

तीन ठाेक्तक

होम सुवेदी
देशका नाममा

देशका नाममा

मणि लाेहनी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
टाउको

टाउको

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x