साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लुतो

अब ट्वाँ नपरी धेरै नै छैन । तनको लुतो त फालौँला मनको लुतो कसरी ? तनको लुतोमा बेनेजोएट घस्दा यसको टाउको लुकाउने टोड्कोमा भ्वाङ पर्ला तर मनको लुतोको चिकित्सा पद्धति असम्भव । तनको लुतोको पाप्रा उप्किन्छ र टट्याउन थाल्छ ।

Nepal Telecom ad

देवीप्रसाद चापागाईं :

लुतो न खसखस यो सक्कली नेपाले उखानले मज्जासँग जरा गाडेको छ हाम्रो दलान, पिँढी र मझेरीमा । लुतो नै नभएपछि ए ! को घुच्चाघुच्ची ? हाम्रा जीवा ज्यामाका पालामा ममबोध, अर्थबोध र गर्वबोधको सानोतिनो टिकौरो फल्दथ्यो यसका स्वावलम्वी वृक्षमा । यसकै भावबोधमा खुसुक्क कैद हुने अन्यान्य उखानहरू पनि छन् यत्रतत्र । नजाने गाउँको बाटो नै नसोध्नु । नआएको लुतो र नजाने गाउँको सन्दर्भमा बेमेलको दृष्टिगोचर भएर पनि प्रयोगको प्रयोगशाला एउटै भएको देख्दा भने आश्चर्यको नेटो काटे पनि उदेकको सिमानाचाहिँ जोगिएकै छ कि ?

जेसुकै तपाईं भन्नुहोस् लुतो कम मापाको हुँदैन । यसलाई भोक र जाँगर बेला न कुबेला जागिहाल्छ । फुर्सद यसले देख्नै हुन्न । जब लुतोको धन मर्यादाको निःश्वास लिन पुग्छ उसको बानर लीला आरम्भ भइहाल्छ । चौरासी व्यञ्जन त के उनान्सय वायुको करामत देखाएर छाड्छ । घिउ तेल नभए पनि भुटुन नभई हुन्न । यसको प्राथामिक उपचारमा भने एक महिनादेखि पालिएको नङ र भर्खरै छोडाएको मकैको खोयामा भने यो बहुतै रत्तिन्छ । बारम्बार मित्यारीको हात जोल्ठ्याउँछ । पालिएको नङ र छोडाएको मकैको खोया यसको नैवेद्य हो भन्न कुनै तकलिफ मान्न पर्दैन । यसको जठराग्नी जागेपछि भने एकान्त स्थानको जोहो गर्नै पर्छ लुते मित्रले । नभए इज्जत त काँसीमा मात्र होइन सान्टिआगोमा पुग्न जेट विमानको धपेडी उठाउनु पर्ला यसका पारखीले ।

लुतोलाई सम्मान न अपमानको कोटीमा नभ्याउने मित्रहरू थुप्रै छन् । सुदिनको लुतो कुदिनको पिलो भन्दै लुतोका समर्थकहरूको लर्को जोडजाड गर्न फपको श्राद्ध जतिको वेदना पनि रोप्न नपर्ला कि ? कलमलाई छुसीको उपमा भिराउने मात्र हो र कलमजीवी पराजुली र शमशेरका लखेटोमा पनि लुतोले सुइठाउने अवसरहरू आकण्ठमस्तक बटुलेको छ । टन्कने पीलोभन्दा सकने लुतो गज्जब छ भनी अर्थ्याएको देख्दा भने निकटमा कसैलाई फला पार्न सके चिमोट्न मन लाग्थ्यो कि ? बिचरा नन्दन उपवनमा शीत समीर पार गर्दै होलान् दिवङ्गत स्रष्टाहरू । हामी भने गोकणर्ेश्वरको छेउमा बसेर ढलमतिको वायु हवम गर्नेको के नै पो ख्ति चल्ला र ? हुन सक्छ, लेखकद्वयलाई लुतो नआई पीलोले मात्र सताउँदा पो समर्थनको वाणी बटुलिएको हो कि दैव जानून् ।

फेरि फर्केर ट्वाल्ल परौं । नेपाली समाजले लुतोलाई चर्मरोगसँग मात्र नाता गाँसेको छैन । ध्भकतभचल अगतिगचभ ले के भन्छ जानेबुझेका गन्यमान्य संस्कृतिविद्लाई प्रश्नको झटारो हान्ने भइगयो । आए चरो गए गुलेली के नै पो बोकिएला त । जिन्दगीको च्याखेदाउमा यसले नठुगेको कहाँ नै पो छैन र ? अन्तर्राष्ट्रिय, राष्ट्रिय, अर्थराष्ट्रिय (सङ्घीयता) जस्ता मञ्चमा चर्ममा नदेखिए पनि कर्ममा भन्ने पुच्छर नदेखाई घुसेको सोझै अनुमान गर्न सकिन्छ ।

अचेल त कतै कतै जानाजान र अन्जान र बेवास्थाबाट उम्रने समस्यालाई पनि लुतोको संज्ञा भिराइएकाले लुतो मात्र चर्मरोग नभई शर्मरोग, धर्मरोग पनि हो भनिदिँदा अब बाँकी नेपालीलाई लुतो छ भन्न साईपाटाको सामान जति पनि जुटाउनु पर्दैन । एक विद्वान् मित्र जाइफलदत्त बलेसी चियापसलमा गफिँदा रमरम हास्यव्यङ्ग्यको स्वाद पस्किन्थे । अनि भन्थे, ‘शरीरमा एक फेर लुतो आएपछि त्यो झोलितुम्बा बोकिहिँडेको जस्तो लागे पनि मनबाट भने त्यसको बिदा गरे भन्नु ज्वाइँ सधैँ खुसी भएको देखिनु जत्तिकै हो ।’ यो तनबाट बोक्रिए मनमा र मनबाट ठोक्किए तनमा जसरी पनि एक ठाउँमा गुँड यसले बनाएकै हुन्छ ।

प्रायः बुलाकीटारको खीर पसलमा साँझ विहान भेटिने बुइगल हरी छत्तीसे लुतोलाई साध्यभन्दा पनि असाध्य रोग नै मान्छन् । उनको मनमा यसको आरम्भिक दैलो चर्म हो त्यसपछि भित्री अङ्ग । चर्मको बास खोदिएपछि यो भित्री अङ्गमा सुट्टक्क छिर्दछ । भित्री अङ्गमा प्रवेश गरेपछि सर्वप्रथम यसले हरेक व्यक्तिको विवेकको मुन्टो निमोठिदिन्छ । भार्यामन, दुहितामन, जनकमन, मातामन, नेतामन सर्वथोक मनको मुन्टो चट पार्ने खुबी चार दशक कसाई पेशा धानेको व्यक्तिको वर्कतभन्दा पनि चर्को हुन्छ । ऐँसेलुखर्क माइती र काफ्लेडी घर भएकी ज्यामिरकुमारी भन्छिन् :सबैको बुद्धि रूपी पैंटोमा विवेकको रश्मी नछिर्दा इन्द्रेको बाबु चन्द्रे त के श्यामेको दाजु गोविन्दे र भीमसिनेको जेठाबाबु धृतराष्ट्रको पनि बुता चल्दैन यसलाई पन्छाउन ।

अब ट्वाँ नपरी धेरै नै छैन । तनको लुतो त फालौँला मनको लुतो कसरी ? तनको लुतोमा बेनेजोएट घस्दा यसको टाउको लुकाउने टोड्कोमा भ्वाङ पर्ला तर मनको लुतोको चिकित्सा पद्धति असम्भव । तनको लुतोको पाप्रा उप्किन्छ र टट्याउन थाल्छ । पीप पनि बगिदिन्छ । साधारण दर्शक पनि तनको लुतोको भेउ पाउँछन् । तर मनको लुतोको भेउ मनोरोग विशेषज्ञको पनि ख्याम्ता (क्षमता) चल्दैन । रोगको लक्षणबाट भने केही भलाद्मीले भने अड्कल काट्न सक्दछन् । ती भलाद्मीको विचारमा मनको लुतोको निम्न लक्षण हुन सक्दछ :

१) ज्ञानार्जनभन्दा धनार्जनको औधी भोक
२) स्वदेशी सामग्रीको घृणा र विदेशी सामग्रीको मोहमा वृद्धि
३) विवेकको भन्दा शक्तिको सहारा बढी
४) कर्तव्यबोधात्मक भाषामा भन्दा मगन्ते भाषामा बढी दक्ष
(५) स्वावलम्बी, आत्मनिर्भर, स्वाभिमानी शब्दप्रति आक्रोश र परावलम्बी, चाटुकरी पिछ्छलग्गूपनमा दृढविश्वास ।

मलाई लाग्छ सानोतिनो घुकुती खेलेर यसको महामारीबाट उन्मुक्ति खोज्न धौधौ पर्ने हो कि ? एक मित्रले मलाई ठाडै ठुड्दै भने यसको छायाँबाट मुक्ति पाउन त नौ फेर खन्याएको, पाँचफेर तताएको, तीनफेर चिस्याएको पानीमा दालभात तिहुन भुङ्ग्रोमा पकाई खाए मात्र नत्र ….. । अनि म पनि किन घट्नु सात फेर गाईको गोवरले लोटाएको एघार फेर गहुँतले चोख्याएको ठाउँ भए पनि त्यतिकै । तपाईंलाई कस्तो लाग्यो कुन्नि । मलाई त उस्तै उस्तै ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
टाउकेहरूको देवाली

टाउकेहरूको देवाली

देवीप्रसाद चापागाईं
मामा ! अब हाम्रो पालो

मामा ! अब हाम्रो...

देवीप्रसाद चापागाईं
भकुण्डो र मुखुण्डोको वार्ता

भकुण्डो र मुखुण्डोको वार्ता

देवीप्रसाद चापागाईं
अपवाद

अपवाद

देवीप्रसाद चापागाईं
नेताको कुरो

नेताको कुरो

देवीप्रसाद चापागाईं
कुरा खेलाउने बानी

कुरा खेलाउने बानी

देवीप्रसाद चापागाईं
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x