अनिल अदृश्यबूढो गाउँ
परदेशिएको सन्तान टाउको उठाएर हेर्यो आगनको डिल ! स्मरणमा, उडिरहेछ आकाशमा चङ्गा कराइरहेछन् केटाकेटी बजिरहेछ जमराको गीत टल्की रहेछ निधारमा टिका ।

अनिल अदृश्य :
आज
धेरै वर्ष पछि गाउँ बिउझिँयो
सम्झियो आफ्नो बालापन
रमिते डाँडो,
सिरिरी बतास,
बासको कप्टेरो,
भातको गम,
पत्रीकाको सलक,
पुरानो चप्पल,
टोटाको धागो,
खसीको कान,
पिङको बैँस,
पक्कुको स्वाद,
फेरि
सम्झियो
परदेशिएको सन्तान
टाउको उठाएर हेर्यो
आगनको डिल !
स्मरणमा,
उडिरहेछ आकाशमा चङ्गा
कराइरहेछन् केटाकेटी
बजिरहेछ जमराको गीत
टल्की रहेछ निधारमा टिका
यहाँ
गाउँको
जवानी जहाजले उडाएपछि
ऊ
उनीहरु
सिंहदरबारको आकाशमा
उडाइरहेछन् रेमिट्यान्सको चङ्गा ।
०००
Subscribe
Login
0 Comments
Oldest







































