साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ऊ घुडा टेकिरहेछ

आफै बिर्सिरहेछ आवाजको सन्तुलन गुमाइ रहेको छ सम्बोधनको फर्मा ए बा अब एकछिन पर्ख नबोल, चुपलाग यहाँ नजिकै सिंहदरबार छ ऊ योग गरिरहेछ, ऊ ध्यान गरिरहेछ ।

Nepal Telecom ad

अनिल अदृश्य :

यहाँ
आज पनि आफै सर्छ
सिमा स्तम्भ र
फोटो खिचिरहन्छ आँखो ।
प्रहरीकै
अगाडि बाट हुन्छ चोरी !
शिक्षककै
अगाडि च्यातिन्छ पुस्तक !
कर्मचारीकै
अगाडि बाट उम्किन्छ कागज !
किसानकै
अगाडि बाट हराउछ हलो !
मजदुरकै
अगाडि लुटिन्छ मजदुरी !
समय समयमा हराइरहन्छ
द चौकिदार,
यसो
चिहाएर मेरो घर
निहालेर बसेको छ छिमेकी झ्याल
असन्तुलित समयको साक्षी समय
आफै
बिर्सिरहेछ आवाजको सन्तुलन
गुमाइ रहेको छ सम्बोधनको फर्मा
ए बा
अब एकछिन पर्ख नबोल, चुपलाग
यहाँ
नजिकै सिंहदरबार छ
ऊ योग गरिरहेछ, ऊ ध्यान गरिरहेछ ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बूढो गाउँ

बूढो गाउँ

अनिल अदृश्य
राजधानी

राजधानी

अनिल अदृश्य
श्रीमतीको अनुहार

श्रीमतीको अनुहार

अनिल अदृश्य
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x