सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

ऊ घुडा टेकिरहेछ

आफै बिर्सिरहेछ आवाजको सन्तुलन गुमाइ रहेको छ सम्बोधनको फर्मा ए बा अब एकछिन पर्ख नबोल, चुपलाग यहाँ नजिकै सिंहदरबार छ ऊ योग गरिरहेछ, ऊ ध्यान गरिरहेछ ।

Nepal Telecom ad

अनिल अदृश्य :

यहाँ
आज पनि आफै सर्छ
सिमा स्तम्भ र
फोटो खिचिरहन्छ आँखो ।
प्रहरीकै
अगाडि बाट हुन्छ चोरी !
शिक्षककै
अगाडि च्यातिन्छ पुस्तक !
कर्मचारीकै
अगाडि बाट उम्किन्छ कागज !
किसानकै
अगाडि बाट हराउछ हलो !
मजदुरकै
अगाडि लुटिन्छ मजदुरी !
समय समयमा हराइरहन्छ
द चौकिदार,
यसो
चिहाएर मेरो घर
निहालेर बसेको छ छिमेकी झ्याल
असन्तुलित समयको साक्षी समय
आफै
बिर्सिरहेछ आवाजको सन्तुलन
गुमाइ रहेको छ सम्बोधनको फर्मा
ए बा
अब एकछिन पर्ख नबोल, चुपलाग
यहाँ
नजिकै सिंहदरबार छ
ऊ योग गरिरहेछ, ऊ ध्यान गरिरहेछ ।

०००

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
बूढो गाउँ

बूढो गाउँ

अनिल अदृश्य
राजधानी

राजधानी

अनिल अदृश्य
श्रीमतीको अनुहार

श्रीमतीको अनुहार

अनिल अदृश्य
म मसिने चाेर

म मसिने चाेर

गाेपेन्द्रप्रसाद रिजाल
छिर्ने अरूका घर

छिर्ने अरूका घर

मुक्तिनाथ शर्मा
सिटामोल र बुद्ध

सिटामोल र बुद्ध

प्रमोद स्नेही