साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राजधानी

भड्काइएको देवकोटा ध्यान खोसिएको पृथ्वीनारायणको उपत्यका मोह यहाँ राजधानी चपाइरहेछ एउटा मान्छे पिउँदैछ एक आङ्खोरा धमिलो रस र लुटिरहेको छ बगमतीको यौवन ।

Nepal Telecom ad

अनिल अदृश्य :

विश्वविद्यालयको राजधानी
भवनको
ठूलो फ्रेमभित्र कैद समय र
दौड प्रतियोगिता

फराकिलो आँगनमा
छरिएका सशुल्क पुस्तकालय र
पाठ्यक्रम

खुल्ला कम्पाउण्ड भित्रका
कङ्क्रिट भबन र
कङ्क्रिट मस्तिस्कका भग्नावशेष
सङ्ग्रहालय

दैनिक चिच्याउन खोज्दा पनि
नसुनिने किताबको चित्कार र
फोटोकपी मेसिन

दबाइको कमिसन पर्खिरहेको
टेबलको स्ट्रे र
काँचो चमेना गृह

मलाइ हेरिरहेको
सुदूर मित्र र
पिठ्युँमा बोकेको कणर्ाली सपना

परै बसेर मुस्कुराइरहेको
डिजिटल थेसिस र
ट्युसन सेन्टरका डिजिटल होडिङ्ग

लुछिएको एक राजधानी सुन्दरता
भड्काइएको देवकोटा ध्यान
खोसिएको पृथ्वीनारायणको उपत्यका मोह

यहाँ
राजधानी चपाइरहेछ
एउटा मान्छे
पिउँदैछ एक आङ्खोरा धमिलो रस
र
लुटिरहेको छ बगमतीको यौवन ।

०००
धनकुटा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बूढो गाउँ

बूढो गाउँ

अनिल अदृश्य
ऊ घुडा टेकिरहेछ

ऊ घुडा टेकिरहेछ

अनिल अदृश्य
श्रीमतीको अनुहार

श्रीमतीको अनुहार

अनिल अदृश्य
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
तन्नेरी मुुखुुण्डो

तन्नेरी मुुखुुण्डो

डा. लोकेन्द्रप्रसाद पौड्याल
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
0
Would love your thoughts, please comment.x
()
x