साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हास्यव्यङ्ग्य कवि नेवटियालाई गोल्डेन बुक सम्मान

सम्मानपत्रमा प्रकाशित कविताको संख्यासमेत उल्लेख गरिएको छ । सम्मानपत्रमा एउटै पत्रिकामा लामो समयदेखि अटुट रूपमा कविता प्रकाशित गरेर वर्ल्ड रेकर्ड बनाएको भन्ने उल्लेख छ ।

Nepal Telecom ad

विराटनगर, ०८० असार ८ । फित्कौली डटकमको स्थापना कालदेखि फित्कौलीमा हास्यव्यङ्ग्य सिर्जनाका नियमित स्रष्टा एवम् उद्घोष दैनिकका स्तम्भकार हास्यव्यङ्ग्य कवि लक्ष्मण नेवटिया गोल्डेन बुक अफ वर्ल्ड रेकर्डबाट सम्मानित भएका छन् ।

उद्घोष दैनिकमा सन् २००६ अगस्त १९ देखि २०२३ जून ११ सम्ममा ९ सय २१ वटा कविता प्रकाशित भएकोमा उनलाई गोल्डेन बुक अफ वर्ल्ड रेकर्डस्द्वारा सम्मान प्रदान गरिएको हो ।

गाल्डेन बुक अफ वल्र्ड रेकर्डस्ले उद्घोष दैनिकको नामसमेत उल्लेख गरेर कवि नेवटियालाई वल्र्ड रेकर्डस सम्मान प्रदान गरेको हो । बर्ल्ड रेकर्डस् सम्मान पाउने नेवटिया पहिलो नेपाली कविमा हुन् । सम्मानपत्रमा प्रकाशित कविताको संख्यासमेत उल्लेख गरिएको छ । सम्मानपत्रमा एउटै पत्रिकामा लामो समयदेखि अटुट रूपमा कविता प्रकाशित गरेर वर्ल्ड रेकर्ड बनाएको भन्ने उल्लेख छ ।

नेवटियाले हिन्दी नेपाली र मारवाडी भाषामा थुप्रै कविता लेखेका छन् । कवि नेवटियाका आठवटा कविता सङ्ग्रहहरू पनि प्रकाशित छन् । नेपाली, हिन्दी र मारवाडी भाषामा कविता सङ्ग्रह प्रकाशित छन् भने दुईवटा कृति प्रकाशनोन्मुख छन् ।

वि.सं. २०४८ सालदेखि साप्ताहिक रूपमा प्रकाशित हुँदै आएको उद्घोषमा त्यति बेला पनि नियमित रूपमा हरेक अङ्कमा ‘लक्ष्मणको कुनो’ स्तम्भमा कविता प्रकाशित हुने गरेको थियो ।

हास्यव्यङ्ग्य कवितामा सिद्धहस्त कवि पछि वि.सं. २०६२ साल भदौबाट उद्घोष दैनिकका रूपमा प्रकाशित हुन थालेको हो । पुरानो निरन्तरतालाई फेरि शुरू गर्न आग्रह गरेपछि फेरि ‘लक्ष्मणको कुनो’ शुरू भएको हो ।

कवि नेवटियाको यो ऐतिहासिक सफलता हो र गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउने तयारी भैरहेको छ । उक्त सफलता प्राप्त भएपछि नेवटियालाई अर्को ऐतिहासिक सफलता प्राप्त हुने छ ।

फित्कौली डटकमको दश वर्षे यस अवधिमा नेवटियाका नौ दर्जनभन्दा बढी हास्यव्यङ्ग्य सिर्जना पोष्ट भएका छन् । हिजो मात्रै नेवटियाले फित्कौलीको अक्षयकोषमा रु. ११ हजार प्रदान गरी अक्षयकोषको दाता बनेका नेवटियाकाे यो सफलताप्रति फित्काैली परिवार हार्दिक बधाई र शुभकामना व्यक्त गर्दछ ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x