साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अचम्म !

छैनन् खै न्याय हाम्रो अझपनि कसरी चल्छ मुद्दा अनेक, उस्तै उस्तै अझै यो मुलुक गजरमा कस्न थाल्यो अचम्म !

Nepal Telecom ad

होमनाथ घिमिरे

उस्तै उस्तै अझै यो मुलुक कहरमा फस्न थाल्यो अचम्म !
उस्तै उस्तै अझै यो मुलुक जहरमा डस्न थाल्यो अचम्म ! १।

छैनन् विश्वास नेता अधम मति हुँदा कष्ट दुर्गन्ध छायो,
उस्तै उस्तै अझै यो मुलुक डगरमा बस्न थाल्यो अचम्म !२।

भन्थे हो तन्त्र नौलो विगत समयझैँ हुन्न है भेदभाव,
उस्तै उस्तै अझै यो मुलुक नजरमा खस्न थाल्यो अचम्म !३।

छैनन् खै न्याय हाम्रो अझपनि कसरी चल्छ मुद्दा अनेक,
उस्तै उस्तै अझै यो मुलुक गजरमा कस्न थाल्यो अचम्म !४

हाम्रो आफ्नै प्रतिष्ठा विगलित रहँदा शत्रु आँखा छ घेर्ने,
उस्तै उस्तै अझै यो मुलुक अधरमा धस्न थाल्यो अचम्म !५।

गर्छन् बिन्ती सधैँ यी रिपु घर हजुरी स्वार्थमा पोतिएर,
उस्तै उस्तै अझै यो मुलुक रहरमा पस्न थाल्यो अचम्म ! ६।

०००
२०८०/२/१०
भरतपुर, चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
चौसठ्ठी चिन्तन

चौसठ्ठी चिन्तन

हाेमनाथ घिमिरे
विश्वास !

विश्वास !

हाेमनाथ घिमिरे
लाग्दैछ यस्तो किन !

लाग्दैछ यस्तो किन !

हाेमनाथ घिमिरे
चिन्ता छ !!

चिन्ता छ !!

हाेमनाथ घिमिरे
भोट के मा ?

भोट के मा ?

हाेमनाथ घिमिरे
सिपाही

सिपाही

हाेमनाथ घिमिरे
छैन

छैन

मरुभूमि नारायण
धुतारे छ उस्तै नजानी पुजेछाैँ

धुतारे छ उस्तै नजानी...

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x