साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शहीदहरूमा श्रद्धा सुमन !

पुर्खाको इतिहास पढ्छु जसरी आँखा सधैँ भिज्दछ । सोच्दा देश र वर्तमान दिनले पैह्रो बनी किच्दछ ॥ कोर्दै यो कवि भावना समयको खोज्दै सुनौलापन । होला कार्य अझैँ यहाँ कठिनको गर्नै छ यो सज्जन ।

Nepal Telecom ad

होमनाथ घिमिरे :

कालो रात थियो स्वदेशभरमा बत्ती निभेझैँ थियो ।
हेर्थे नित्य झुकेर भूमितलमा तारा बनेझैँ दियो ॥
राणा शासनको अघोर छलले गुम्दै थियो आबरु ।
आमा जर्जर झन् कठोर दिनले आक्रान्त छोराहरू ।१।

शिक्षा स्वास्थ कुनै थिएन जनमा रैती बनेका थिए ।
राणा शासनको विरुद्ध जनता कैदी बनेका थिए ॥
सारा विश्व उठेर झन् प्रगतिको छर्दै थियोे चेतना ।
नेपाली जनता अझैँ कहरमा खप्दै थियो वेदना ।२।

माटोको ममता बुझेर गरिमा कर्तव्य यो देशको ।
गर्नै पर्छ लडेर पूणर् अब ता चल्दै थियोे सोच त्यो ॥
गङ्गालाल र धर्मभक्त सँगमा छन् शुक्र जो चन्दजी ।
आफ्नै जीवन आहुती पनि गरे सङ्घर्ष सत्ता लडी ।३।

फेर्नै पर्छ कठोर शासन यहाँ सोचेर सारा जन ।
चिर्नै पर्छ अघोर रात, सुकिलो खोजेर नौलो दिन ॥
जागौँ हे ! जनता भुलेर यसरी कर्तव्य यो देशको ।
भन्दै ती सबमा जुटौँ मुलुकको फाल्नै छ सत्ता अहो !४।

आए लड्न भनेर ती शहीदले साथी विरोधी जन ।
मान्छे भित्र अनेक संशय सबै फाल्दै थिए सज्जन ॥
हाँस्दै मर्न तयार छन् शहीद ती फाँसी र गोली अब ।
आफ्नो प्राण निमित्त कत्ति मनमा तृष्णा थिएनन् भव ।५।

कोर्दै मार्ग नयाँ यहाँ मुलुकमा छोरा र छोरीहरू ।
फोर्दै पत्थर ती तमाम पथका चट्टान झाडीहरू ॥
पाए जो अधिकार देश जनता तोडेर दुःशासन ।
ल्याए तन्त्र नयाँ यहाँ मुलुकमा फालेर त्यो शासन ।६ ।

पुर्खाको इतिहास पढ्छु जसरी आँखा सधैँ भिज्दछ ।
सोच्दा देश र वर्तमान दिनले पैह्रो बनी किच्दछ ॥
कोर्दै यो कवि भावना समयको खोज्दै सुनौलापन ।
होला कार्य अझैँ यहाँ कठिनको गर्नै छ यो सज्जन ।७।

आओस् सोच नयाँ समस्त जनमा कर्तव्य आफ्ना खुली ।
भागोस् द्वेष विकार लोभ अब ता विद्रोह सारा धुली ॥
राखोस् मान सदैव यी शहीदको आस्था सबैमा फुली ।
दिन्छौँ शब्द समान फूल दिलको श्रद्धा अझै छन् चुली ।८।

०००
भरतपुर, चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हाँसो !

हाँसो !

हाेमनाथ घिमिरे
के के हुन्छ …

के के हुन्छ …

हाेमनाथ घिमिरे
चौसठ्ठी चिन्तन

चौसठ्ठी चिन्तन

हाेमनाथ घिमिरे
विश्वास !

विश्वास !

हाेमनाथ घिमिरे
लाग्दैछ यस्तो किन !

लाग्दैछ यस्तो किन !

हाेमनाथ घिमिरे
चिन्ता छ !!

चिन्ता छ !!

हाेमनाथ घिमिरे
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
0
Would love your thoughts, please comment.x
()
x