सुलसुलेगजल कृति ‘अधिकारी बिमलाका गजलहरू’ विमोचित
काव्य घर नेपालले प्रकाशन गरेको उक्त सङ्ग्रह लेखकका पिता देवीप्रसाद ढुंगाना र अतिथि रमेश शुभेच्छुले संयुक्त रुपमा विमोचन गरेका हुन् । कृतिको समालोचना मधुराज केरुङले गरेका थिए ।

पाँचथर, ०८० भदौ २८ । कवि अधिकारी बिमलाको गजल कृति ‘अधिकारी बिमलाका गजलहरू’ गजलसङ्ग्रह बिमोचन कार्यक्रम तथा १५८ औं मोती जयन्तीको अवसर पारेर पाँचथर गजल मञ्च मार्फत फिदिममा आयोजित समारोहमा विमोचन सम्पन्न भएको छ ।
काव्य घर नेपालले प्रकाशन गरेको उक्त सङ्ग्रह लेखकका पिता देवीप्रसाद ढुंगाना र अतिथि रमेश शुभेच्छुले संयुक्त रुपमा विमोचन गरेका हुन् । कृतिको समालोचना मधुराज केरुङले गरेका थिए ।
पाँचथर गजल मञ्चका अध्यक्ष सन्देश सुब्बाको अध्यक्षतामा भएको कार्यक्रममा एनबि अन्जानको ‘मौसम’ गजल सङ्ग्रहको परिचर्चा समेत गरिएको थियो । ‘मौसम’ गजल सङ्ग्रहको परिचर्चा प्राध्यापक लक्ष्मी ढुंगानाले गरेका थिए ।
कार्यक्रममा गजलकार लोकेन्द्र बन्जरालाई दोसल्ला र कदर पत्रसहित पुरस्कृत गरिएको थियो । समारोहमा गजल वाचन अन्तर्गत दुई दर्जन कविहरूले विभिन्न रचना सुनाएका थिए ।
०००
– काव्य घर नेपाल
Subscribe
Login
0 Comments
Oldest