साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भैरहवामा मोती जयन्ती कार्यक्रम सम्पन्न

वरिष्ठ गजलकार प्राज्ञ बूँद रानाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा दुई जना स्रष्टाहरू सिर्जनशील मोती स्रष्टाबाट सम्मानित भएका छन् । सम्मानित हुनेमा सुनवल- १२, भूमहीका युवा गजलकार तिलक भट्टराई ‘अन्जान’ र बुटवल- ११ की नारी स्रष्टा दुर्गा थापा मगर रहेका छन् ।

Nepal Telecom ad

रुपन्देही, ०८० भाद्र २८ । १५८ औ मोती जयन्तीको अवसरमा सिर्जनशील साहित्यिक समाज (सिसास), भैरहवाको आयोजनामा मोती जयन्ती तथा स्रष्टा सम्मान कार्यक्रम भैरहवास्थित सहिद स्मृति पुस्तकालयमा सु-सम्पन्न भएको छ ।

वरिष्ठ गजलकार प्राज्ञ बूँद रानाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा दुई जना स्रष्टाहरू सिर्जनशील मोती स्रष्टाबाट सम्मानित भएका छन् । सम्मानित हुनेमा सुनवल- १२, भूमहीका युवा गजलकार तिलक भट्टराई ‘अन्जान’ र बुटवल- ११ की नारी स्रष्टा दुर्गा थापा मगर रहेका छन् ।

कार्यक्रममा वरिष्ठ साहित्यकारहरू प्रा.डा. कपिलदेव लामिछाने, डा.दामोदर ढकाल, बनमाली निराकार, विजय सागर, डिल्लीराज भट्टराई, रमेश समर्थन, नारायणप्रसाद पन्थ, सस्थाका पूर्व अध्यक्ष छविलाल न्यौपाने आदिले सम्मानित स्रष्टालाइ बधाई तथा शुभकामना दिनुका साथै मोतीराम भट्टको बारेमा आ-आफ्ना मन्तव्य राखेका थिए ।

संस्थाका पूर्व अध्यक्ष एवम् सल्लाहकार नारायणप्रसाद भण्डारीले सम्मानित स्रष्टाद्वयको परिचयात्मक मन्तव्य दिएका थिए भने संस्थाका निवर्तमान अध्यक्ष एवम सल्लाहकार शशि पन्थीले युवाकवि मोतीराम भट्टको जीवनी, कृतित्व एवम् व्यक्तित्वमाथि प्रकाश पारेका थिए ।

कार्यक्रममा साहित्यकार उमेशचन्द्र रिजाल, युवराज खनाल, संस्थाका पूर्व अध्यक्ष एवम् सल्लाहकारहरू सुरज घिमिरे दीपशिखा, छवि ज्ञवाली, साहित्यकारहरू अनमोल शर्मा, तुल्सीराम ढकाल, बिरेन्द्र ज्ञवाली, हृदय लेकाली, जीवन निरक्षर, दीपक प्रधान, तिलक लामिछाने, लता प्रधान, थम गुरुङ्ग, ताराप्रसाद शर्मा, राजेश जिज्ञासु, गायत्री यादव, वासुदेव पोख्रेल, सिर्जना खनाल, राधा भट्टराई, केशव शर्मा बेल्बासे, रामराज गौतम, मुक्तिनारायण पौडेल सारदा बि.क., गङ्गा घिमिरे, बिन्दु सुवेदी, कविता गौतम लगायतका स्रष्टाहरूको उपस्थिति रहेको थियो ।

त्यसैगरी उक्त कार्यक्रममा सम्मानित स्रष्टा तिलक भट्टराई ‘अन्जान’ र दुर्गा थापा मगरले आआफ्ना मन्तव्य राख्नुका साथै रचना प्रस्तुत गरेका थिए ।

संस्थाका अध्यक्ष कमल पोख्रेल ‘निश्छल’को अध्यक्षता, उपाध्यक्ष सरु ज्ञवालीको स्वागत तथा संयोजनमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन विष्णुप्रसाद गजुरेलले गरेका थिए । कार्यक्रममा थुप्रै स्रष्टाहरूले आ-आफ्ना रचना समेत वाचन गरेका थिए । कार्यक्रममा ७० भन्दा बढी साहित्यप्रेमी महानुभावहरूको उपस्थिति रहेको थियो ।

०००
– भैरहवाबाट कमल पोखरेल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x