सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

मोतीजयन्तीमा सामुहिक श्रद्धाञ्जलि, पुरस्कार वितरण र समस्यापूर्ति

यस वर्षको युवावर्ष मोती पुरस्कार पाउने प्रमोद सारङ्गको परिचय- डा. विष्णु भण्डारीले प्रस्तुत गर्नुभएपछि अध्यक्ष र प्रमुख आमन्त्रितबाट नगद रु ४० हजार पुरस्कार र सम्मानपत्र प्रदान गरियो । साथै चन्द्रवदना घिमिरेलाई समस्यापूर्तिमा निरन्तर २५ वर्षको सहभागीता वापतको सम्मान अर्पण गरियो ।

Nepal Telecom ad

काठमाडौं, ०८० भदौ २८ । नेपाली शिक्षा परिषद् लेखनाथ साहित्य सदनमा आज १५८औं मोतीजयन्ती कार्यक्रमअन्तर्गत स्व.कविहरूको सामुहिक जयन्ती, समस्यापूर्ति कविसम्मेलन तथा राष्ट्रिय युवा सेवा कोषद्वारा स्थापित युवावर्ष मोती पुरस्कार प्रदान कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रमका सञ्चालक – दिव्यचन्द्र आचार्य, अध्यक्षता संस्थाका अध्यक्ष- रमा शर्मा, प्रमुख आमन्त्रित- मुकुन्द शर्मा चालिसे हुनुहुन्थ्यो ।

Exif_JPEG_420

शङ्करप्रसाद पाण्डेद्वारा स्वागत गरिएएपछि लक्ष्मण थापाले- कार्यक्रममाथि प्रकाश पार्नुभयो । मोतीराम भट्टको सम्मानस्वरूप रूपक अलङ्कारले एउटा गजल “म रुन्थें जीणर् पालीमा कसैको सम्झना गर्दै- तिमी हाँस्थ्यौ अटालीमा कसैको सम्झना गर्दै…” वाचन गर्नुभयो ।

गत सालको मोती जयन्तीदेखि यता १ वर्षभरिमा दिवंगत हुनुभएका स्रष्टाहरूको सामान्य परिचय (२१ जनाको विवरण प्राप्त भएको) खोलाघरे साहिंलाले प्रस्तुत गर्नुभयो । यस वर्षको युवावर्ष मोती पुरस्कार पाउने प्रमोद सारङ्गको परिचय- डा. विष्णु भण्डारीले प्रस्तुत गर्नुभएपछि अध्यक्ष र प्रमुख आमन्त्रितबाट नगद रु ४० हजार पुरस्कार र सम्मानपत्र प्रदान गरियो ।

साथै चन्द्रवदना घिमिरेलाई समस्यापूर्तिमा निरन्तर २५ वर्षको सहभागीता वापतको सम्मान अर्पण गरियो । डा. माधवप्रसाद भट्टराई र पुरस्कृत व्यक्ति प्रमोद सारङ्ग दाहालले सन्दर्भगत मन्तव्य दिनुभएपछि यसपालिको समस्यापूर्ति “लाज आफैं लजायो” मा समस्यापूर्ति कवितावाचन आरम्भ भयो ।

यो समस्याका स्रष्टा पुरुषोत्तम सिग्देलले- शोभा छन्दमा वाचन गर्नुभएर आरम्भ गरेपछि शिवगोपाल रिसालको कविता दिव्यचन्द्रबाट वाचन भयो । क्रमशः रमेश खकुरेल, चन्द्रवदना घिमिरे, मुकुन्द शर्मा चालिसे, डा.बमबहादुर थापा, वीरबहादुर लोहनी, भूपहरि पौडेल, शान्तिनारायण श्रेष्ठ, मेघराज ढकाल, टेकबहादुर लौडारी, शङ्करप्रसाद पाण्डे, श्रीहरि फुँयाल, खोलाघरे साहिलो, कोषराज न्यौपाने, भोजराज न्यौपाने, प्रह्लाद पोख्रेल, गोविन्द घिमिरे वेदमणि, भाग्यशाली अधिकारी, कृष्ण घिमिरे, मदनराज थापा, फणीन्द्रराज काफ्ले, मोहनप्रसाद तिमल्सिना, ठाकुर शर्मा भण्डारी, भुवनहरि सिग्देल, कल्पना अधिकारी भट्टराई, इन्दिरा शर्मा, जीवन अधिकारी, दुर्गा किरण तिवारी, गुणराज पौडेल, सूर्यवदना घिमिरे, दिव्यचन्द्र आचार्य, बेटी वज्राचार्य, शान्ति सापकोटा, गीता खरेल, दिनेश पाण्डेआदि कविहरूले उक्त समस्यापूर्तिका १/१ श्लोक वाचन गर्नुभएको थियोे । यो समस्यामा अधिकांश कविता स्रग्धरा र मन्दाक्रान्ता छन्दमा आएका थिए ।

प्रभा भट्टराई, शीतल गिरि, निर्मलरमण पराजुली, एल.पी. खनालआदि ८० जनाभन्दा बढी साहित्यकारहरूको उपस्थिति रहेको कार्यक्रमको अन्त्यमा प्रमुख आमन्त्रित मुकुन्द शर्मा चालिसेले यो परम्परालाई अक्षुण्ण राख्न सकेकामा नेपाली शिक्षा परिषद्लाई धन्यवाद दिनु भयो ।

साथै अध्यक्षको मन्तव्यमा रमा शर्माले कार्यक्रमलाई सफल बनाउन विभिन्न भूमिका निर्वाह गरिदिनुहुने, जिम्मेवारी पूरा गरिदिनुहुने सबैलाई हार्दिक धन्यवाद दिंदै कार्यक्रम समापन भएको घोषणा गर्नुभयो । दिउँसो २ बजे शुरु भएको कार्यक्रम साँझ ५.३० मा समापन भएको थियोे ।

०००
– खोलाघरे साहिँलो

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
नेताहरू !

नेताहरू !

खोलाघरे साहिँलोे
असह्य

असह्य

खोलाघरे साहिँलोे
हामीले अब माथि…

हामीले अब माथि…

खोलाघरे साहिँलोे
लुकेसरि बेहुलीले

लुकेसरि बेहुलीले

खोलाघरे साहिँलोे
बुख्याँचा

बुख्याँचा

खोलाघरे साहिँलोे
हाम्रो केक

हाम्रो केक

खोलाघरे साहिँलोे