साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आइस्योको पीडा

मैले नपत्याएर उस् उस् गर्दा नपत्याएको ? ल कुनै दिन हाम्रो झगडा भयो भने भिडियो गरेर पठाउककला समेत भने । म भिडियो कुरेर कहिलेसम्म बसिरहने हो र ? फेरी झगडै परिहाले पनि झगडातिर ध्यान नदिएर कता भिडियो बनाउनतिर लाग्लान् ?

Nepal Telecom ad

अशोककुमार शिवा :

समाजमा रहेका अनेक भाषाभाषी मानिसहरूका बोलिचालीका भाषाहरू मातृत्व अनुसार फरक-फरक हुन्छन् । पारिवारिक सम्बन्ध अनुसार बोल्ने बोलाउने कुरामा आफूभन्दा सानालाई बोलाउने प्यारो भाषा र आफू भन्दा ठुलासँग बोल्ने बोलाउने भाषा पनि आफ्नै प्रकारको विशिष्ठतामा आधारित नै हुने गर्छन् ।

बोलिचालीका अनेकन भाषा मध्ये नेपाली भाषा (जुन म यहाँ लेखिरहेको छु) को बोल्ने तरिका वर्गीकृत छ । सामान्यले बोल्ने र सम्भ्रान्तले बोल्ने तौर तरिका फरक-फरक छ । सामान्य तरिकाले कसैलाई बोलाउनु पर्दा हामी ए फलाना ! यता आउ, यता आउनुस्, यसो गर, यसो गर्नुस् भन्छौ तर अलि सम्भ्रान्तले यसै बोलिचालीलाई यता आइस्योस्, यो गरिस्योस् आजकाल केहि अपभ्रम्सित भै आईसो, गरिसो भन्न थालिएको छ । आदरार्थी तवरले विचार गर्दा त यो बोलीचाली राम्रो सुनिन्छ तर यसलाई सामान्यिकरण गर्दा अलि मिलेजस्तो लाग्दैन ।

सधै सबैको चित्त, मन, आवेग, सम्वेग तथा आक्रोस एकै प्रकारको हुदैन । कहिलेकाही कुनै कुरामा मतभेद हुँदा वा सामान्यदेखि अलि असामान्य झैंझगडा पर्दा यी सम्भ्रान्त भाषीहरूले कस्तो भाषा प्रयोग गर्दा हुन् मलाई जिज्ञाषा लाग्यो । यस सम्बन्धमा यसो सरसर्ती सोधपुछ सेमेत गरेँ । कसैले हाम्रो त झगडा नै पर्दैन भनेर अड्डी कसे, कसैले म त बरू रोइदिने हो वा दुईचार दिन नबोलिदिने हो तर मुख चाहिँ लागिन्न भने । मैले नपत्याएर उस् उस् गर्दा नपत्याएको ? ल कुनै दिन हाम्रो झगडा भयो भने भिडियो गरेर पठाउककला समेत भने । म भिडियो कुरेर कहिलेसम्म बसिरहने हो र ? फेरी झगडै परिहाले पनि झगडातिर ध्यान नदिएर कता भिडियो बनाउनतिर लाग्लान् ?

यसै सन्दर्भमा अर्का एकजनासँग सोध्दा वहाँले भन्नुभयो “ए झगडा परेपछि कस्ले आदर गरोस्, गज्जबले गाली गर्ने हो ।” त्यो गाली कस्तो होला ? पतिपत्नी बीचको झगडा पतिलाई त पत्नीलाई गाली गर्न समस्या नै परेन सामान्य भाषा यो गरिस्, त्यो गरिस्, भने भैगो पत्नीको भाषा कस्तो होला ? मेरो अनुमान “हजुरले मलाई धेरै रिस नउठाईसो, जहिले नि जे पनि गाली गरिसिन्छ, अचाक्ली भयो भने अहिले कुच्चोले खाइसेला । यस्तै यस्तै त होला । तर तेश्रो व्यक्तिसँगको सोधपुछमा सो सबै कुरालाई गोली मारेर सामान्य भाषा नै प्रयोग हुने र त्यो प्रहार यति कडा हुन्छ कि प्रतिद्वन्दी ठहरै हुन्छ । अब पाठकहरूको जिम्मामा ति गालीहरू के कस्ता होलान् ?

०००
गल्कोपाखा, काठमाडौं ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दवाई सुन्दरी, जुत्ता र ज्योतिषी

दवाई सुन्दरी, जुत्ता र...

डा. नवराज खतिवडा
टेढो बोलीको रोचक कृति ‘टोलटोलमा राजा’

टेढो बोलीको रोचक कृति...

प्रा. कपिल अज्ञात
आफ्नै मलामी जाँदा

आफ्नै मलामी जाँदा

शिवप्रसाद जैशी
को भैरव ?

को भैरव ?

देवीप्रसाद चापागाईं
नेताकाे ग्याङ

नेताकाे ग्याङ

डा. विदुर चालिसे
नसाटिएको झोला

नसाटिएको झोला

चिरञ्जीवी दाहाल
0
Would love your thoughts, please comment.x
()
x