साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार ठोक्तक

फुटेका कुरा सुनियो, जुटेका कुरा सुनियो सोझासाझाका दिमाग भुटेका कुरा सुनियो सुन्न त खै के-के सुनियो, बाह्रैमासे गाईजात्रामा साधु भेषधारीले नै लुटेका कुरा सुनियो !

Nepal Telecom ad

डा ऋषि बस्ताकोटी :

बादल लागेको घाममा छौं हामी
आधा रावण आधा राममा छौं हामी
मौसम पनि सधै चुनौती भो हाम्रा लागि
खुल्न नसकेको याममा छौं हामी ।

हेर्दै जाऊँ कुन ठीक कुन बेठीक लाग्छन्
आफ्नाका कुरा त सधैँ तार्किक लाग्छन्
इमान हराएको बस्तीमा चश्मा फेरेर हेर्दैमा
नाङ्गाहरू खै कसरी पो नैतिक लाग्छन् ।

फुटेका कुरा सुनियो, जुटेका कुरा सुनियो
सोझासाझाका दिमाग भुटेका कुरा सुनियो
सुन्न त खै के-के सुनियो, बाह्रैमासे गाईजात्रामा
साधु भेषधारीले नै लुटेका कुरा सुनियो !

कसैको इमानमा डाम्न प्रयोग भएको छ
कसैको भित्री मन छाम्न प्रयोग भएको छ
निष्ठा र योगदानका लागि भएन पदक कहिल्यै
खाली उही विरासत थाम्न प्रयोग भएको छ ।

०००
गोरखा
हाल अमेरिका ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
बेलाको बोली – १७१

बेलाको बोली – १७१

डा. ऋषि बस्ताकाेटी
बेलाको बोली- १७०

बेलाको बोली- १७०

डा. ऋषि बस्ताकाेटी
बेलाको बोली – १६९

बेलाको बोली – १६९

डा. ऋषि बस्ताकाेटी
बेलाकाे बाेली- १६८

बेलाकाे बाेली- १६८

डा. ऋषि बस्ताकाेटी
बेलाको बोली- १६७

बेलाको बोली- १६७

डा. ऋषि बस्ताकाेटी
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
0
Would love your thoughts, please comment.x
()
x