पहेंलो हात्ती
लिनुस्, पहेंलो हात्ती त यसरी पो छिरेको रहिछ । सियो नछिर्ने ठाउँबाट मुक्तिले एक सय रूपियाँ थमाउँदै भन्यो ।
सुरेशकुमार पाण्डे :
‘ए लाहुरे ! यता आउ त, त्यो झोला देखाऊ के छ त्यसमा ?’
एकजना प्रहरीले तीज पर्वको सङ्घारमा आएका मुक्तिलाई आफूतिर बोलाउँदै सोधे ।
केहीपनि छैन सर यो झोलामा आफूले लगाउने लुगा मात्रै छन् ।
‘खोल, खोल झोला यता देखाऊ’ प्रहरीले झोला तान्दै भन्यो ।
‘यो के हो ? नयाँ साडी होइन यो ? मामाघर पठाम् ? नत्र कर तिर ।’ भन्सार प्रहरीले हकार्दै भन्यो ।
‘सर ! छाडौँ न, यो बुढी आमालाई तीजको कोसेलीस्वरूप ल्याएको अनि यो आफ्नी श्रीमतीलाई हो !’ मुक्तिले विन्रम अनुरोध गर्दै भने ।
‘अह,ँ हुँदैन एक सय भन्दा बढी रकमको सामान लिएर आएपछि भन्सार त लागिहाल्छ’ प्रहरीले मुक्तिलाई नयाँ नियम भन्यो ।
अनि अब के गरौँ त सर ? यो दुइटा धोतीको भन्सार तिर्नैपर्ने हो ? मैले
‘अब मैले के भनौँ ? भन्सार त दिनैपर्छ’ -प्रहरीले भन्यो।’
‘अरू कुनै उपाया छैन ? सर’ -मुक्तिले सोध्यो ।’
‘चियापानी देउ अनि खुरूक्क बाटो लागेर जाऊ भाइ’ -प्रहरीले यता उता हेर्दै भन्यो ।
लिनुस्, पहेंलो हात्ती त यसरी पो छिरेको रहिछ ।
सियो नछिर्ने ठाउँबाट मुक्तिले एक सय रूपियाँ थमाउँदै भन्यो ।
०००
घोराही उपमहानगरपालिका, दाङ ।