साइबर अपराध सम्बन्धी सचेतना सामग्री

इण्टरनल सेनेटाइजर !!

पाष्ट इज पाष्ट । अहिले इण्टरनल सेनेटाइजरले भेटेर इण्टरनेशनल गोर्खा बनाएको बाल लु एकेकवटा सेल्फी खिँचेर घर लागौं साथी हो (तीनैजना उभिएर सेल्फी खिँच्छन्) । ए मोरा हो ! साह्रै डिलमा नजाऊ है । मलामी पनि बीसजना भन्दा धेर जानु पाउँदैन भन्छ ।

Nepal Telecom ad

कृष्ण प्रधान :

पात्रहरू – भम्पे, सिद्रे, घने, ड्राइभर, पोक्ची ।

दृश्य विवरण – मधुशाला खोलिएपछि तीन साथीहरू (भम्पे, सिद्रे र घने) चूर मातेर हातमा एक-एकवटा बोतल लिएर गाउँको बाटोमा ।

भम्पे – साथी हो ! आजदेखि यो रम-रक्सीलाई हामी झोल, कोदोकोला, रातो, भिटामिन, खट्टु, तीनपाने, फेटपानी, बोतल मिठाई, चिरिप केही भन्दैनें । यो लकडाउनदेखि यसको नयाँ नाम हुन्छ । ओके ?

सिद्रे – कस्तो नयाँ नाम भम्पे साथी ?

घने – इण्टरनल सेनेटाइजर । हामीले आर. सी, आई बी, आर एस भनेजस्तो अब यो इण्टरनल सेनेटाइजरलाई आई एस भन्नुपर्छ ।

सिद्रे – इण्टरनल सेन्टेटर ?

भम्पे – जिब्रो लडबडेको हेर सिद्रेको । (फेरि दोहोर्‍याउँदै) इण्टरनल सेनेटाइजर ।

घने – जे पनि चल्छ । अब सेनेटाइजरले हात धुनु अनि इण्टरनल सेनेटाइजरले जिब्रो धुनु ।

भम्पौ – कति दिनपछि जिब्रो धुने चान्स पाको सिद्रेले । दशैँ छ ।

सिद्रे – तर चान्स पायो भन्दैमा यो सिद्रेले फोकटमा पाको अलकत्राजस्तो खाँदैन नि । छोराछोरी फेल हुँदा दुःखले खान्छ अनि पास हुँदा खुसीले खान्छ ।

भम्पे – आज चैँ ?

सिद्रे – मधुशाला खोलिएर पुलिसको छेउमा सेनेटेटर किनेर मात्नु पाएको खुसीले ।

घने – साँच्चै आज ता भित्र पनि कस्तो मज्जा आउँदैछ । कति दिन नभेटेर पङ्खा बिनाको हावाजहाजै भइसकेको थिएँ ।

सिद्रे – मलाई ता आज थपडी मार्न मन लाग्दैछ ।

भम्पे – अचम्म ! थपडी मार्नु बाहेक हाम्रा पहाड़ेहरूलाई अरु केही बजाउनु आएन हई ।

घने – अस्ति कोरोनालाई लखेट्न झर्के थाल फुटुञ्जेल बजाको चैं !

सिद्रे – मैले ता शङ्ख बजाएँ ।

घने – मान्छे हेर्दा अलिक साह्रो हावा आयो भने उड़ाउँलाजस्तो छ शङ्ख फुक्यो भन्छ । शङ्ख बज्यो कि के बज्यो को’नि !

सिद्रे – कनी कनी बजाएँ नि । (पिकअपमा पोक्चीको प्रवेश)

पोक्ची – नमस्ते दाजुहरू । (सबैले नमस्कार गर्छन्)

भम्पे – ओ पोक्ची बैनी ! कताबाट यतिबेला ?

पोक्ची – त्यै ता हो । आज खोलियो अन्त लिएर आकी ।

सिद्रे – खै हेरुँ हेरुँ के के ल्याएछ ? (ड्राइभरले त्रिपाल खोलिदिन्छ)

धने – आमामा…हेर हेर ब्रण्डी, आरसी, आईबी, आरएस, एमएच, टिचर, डाक्टर….

भम्पे – नर्स छैन ?

ड्राइभर – छ नि किन छैन । यी क्या ता भोटका, वाइन । लेडिज ड्रिङ्कसलाई नर्स भन्दा फरक पर्दैन ।

सिद्रे – यत्रो ओसार्दा अप्ठ्यारो पर्दैन ?

ड्राइभर – त्यसैको लागि ता गाड़ीमा पार्टीको झण्डी लगाको । हाम्रो यतातिर झण्डा भयो कि सब ठण्डा ।

भम्पे – एनी हाउ एउटा झण्डा चैँ झुण्ड्याऊ । काम फत्ते । बाइचान्स कसैले सोधिहाल्यो भने राहत सामग्री गाको भन्नु ।

पोक्ची – राहत सामग्री चैं के नि ?

भम्पौ – इण्टरनल सेनेटाइजर….

पोक्ची – (छक्क पर्दै) इण्टलर सेनेटेर ?

सिद्रे – यस । मुख खकाल्ने सेनेटेर भन्नू ।

ड्राइभर – केही हुँदैन हौ । पार्टीको झण्डा गाडीमा फिलिलि देखेपछि सब साइड । पुलिसले सोधखोज गर्ने होइन । किनभने आज हामी रक्सी किन्ने, पुलिसले ड्यूटी गर्ने । फेरि पोक्ची दिदी भइन् भने ता झम्टिँदै आउँदै गरेको बाघ पनि फनक्क फर्केर जताबाट आयो उतै फर्किन्छ ।

भम्पे – झन् बाघलाई पार्टीको झण्डा देखायो भने त्यही हार्ट एटेक भएर ठहरै हुन्छ होला ।

ड्राइभर – घरको घरको अगाडि देख्नुभएन दिदीको बिल्डिङभन्दा ठूलो पार्टीको झण्डी टाँगेको ।

सिद्रे – बाहिर झण्डी भित्र ब्रण्डी । वाह ! जय पार्टी झण्डी !!

पोक्ची – लु हामी जौं । ढिलो भइसक्यो । (प्रस्थान)

घने – यो पोक्चीलाई राजनीति फाप्यो हई । बट आई हेट राजधानी । यो राजनीतिले हामीलाई के बनाएको छ थाहा छ ?

सिद्रे – हामी तीनजनालाई के बनायो ? पहिला त्यो भनन घने ब्र । नब्बे नब्बे दिन बिना कारण चिसो भूइँमा सुताको थाहै छ होला नि !

भम्पे – पाष्ट इज पाष्ट । अहिले इण्टरनल सेनेटाइजरले भेटेर इण्टरनेशनल गोर्खा बनाएको बाल लु एकेकवटा सेल्फी खिँचेर घर लागौं साथी हो (तीनैजना उभिएर सेल्फी खिँच्छन्) । ए मोरा हो ! साह्रै डिलमा नजाऊ है । मलामी पनि बीसजना भन्दा धेर जानु पाउँदैन भन्छ ।

पर्दा खस्छ ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तर्सिङहोम (४)

तर्सिङहोम (४)

कृष्ण प्रधान
तर्सिङहोम (३)

तर्सिङहोम (३)

कृष्ण प्रधान
तर्सिङहोम (२)

तर्सिङहोम (२)

कृष्ण प्रधान
तर्सिङहोम (१)

तर्सिङहोम (१)

कृष्ण प्रधान
झण्डी

झण्डी

कृष्ण प्रधान
गुडबाई वासुदेव दाइ !

गुडबाई वासुदेव दाइ !

राजेन्द्र सुवेदी
वर्ल्डकप

वर्ल्डकप

ईश्वर पाेखरेल
मन्त्री बिलौना

मन्त्री बिलौना

ध्रुव नेपाल
पर्दाभित्रको बुढ्यौली

पर्दाभित्रको बुढ्यौली

वासुदेव गुरागाईं
0
Would love your thoughts, please comment.x
()
x