साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सबको पालो आउँछ

नक्कली सन्मानको माला लाएर फूटको नाराले राष्ट्र खुम्चिन्छ एक जुट भएर राष्ट्र उठाऊ हाम्रो शुभकामना छ । आउने जाने क्रममा तिम्रो पालो आयो आऊ स्वागत छ ।

Nepal Telecom ad

लक्ष्मण लोहनी :

को आउँछ को जान्छ
कहिले आउँछ, कसरी आउँछ
आउने जाने क्रममा एकदिन
सबको पालो आउँछ ।
हामी नेपाली हाम्रो देश नेपाल
यहाँको इतिहास भन्छ
यहाँ अजब हुन्थ्यो
यहाँ गजब हुन्थ्यो
हुन त यहाँ जे पनि हुन्थ्यो
घटना अनेक घट्थ्यो
मेचमा बस्ने हो
जो बसेपनि हुन्थ्यो
काम चलाउने हो
जसरी चलाए पनि
हुन्थ्यो
हाकिम नभए पनि
पियन कायममुकायम
बन्थ्यो
आलोपालो माकुरे जालो
मन्त्री बन्ने अवसर
सबले पाउँथ्यो
नेप्टे, चेप्टे, सुँडे ल्याप्चे
विशारद मन्त्री बन्दथ्यो
सचिवले ल्याएको टिप्पणीमा
सदर स्वीकृत लेखे पुग्दथ्यो
मन्त्री बनेपछि चोर नहुने
जति कमाए पनि हुन्थ्यो
जति सोरे, जति हसुरे पनि हुन्थ्यो
उजुर नलाग्ने, जाँच नहुने
न कठघर हेर्नुपथ्र्यो
न जेल जानु पथ्र्यो
खोरमा चोर नभाको देश
विश्वमा नमूना भाथ्यो ।
काण्डै काण्डको देश यो
हाम्रो धेरै काण्ड घट्याथ्यो
हो यहाँ आफ्नो आफ्नो संगठन हुन्थ्यो
काण्डै पिच्छे आयोग गठन
त्यैमार्फत ऐंठन हुन्थ्यो ।

सचिवदेखि मुखियासम्म
सबका सब सस्पेन्ड हुन्थ्यो ।
बयान लिने खोरमा थुन्ने
हल्ला खल्ला खूब हुन्थ्यो
पत्रकारले मसला पाउँथे
हेडलाइनमा छापिन्थ्यो
न थुनिने सावित हुन्थ्यो
न कसैले सबूत दिन्थ्यो
मौका पाउँदा रीस साधने
अवसर सबले पाउँथ्यो
हेर्दा हेर्दै बादल जस्तै मुद्रा
यसै बिलाउथ्यो आयोग सेलाउँथ्यो ।
यहाँ यस्तै यस्तै हुन्थ्यो
अचानक ताशको पर ढल्यो
जननेताले कात्रो बाँधे
लाखौं जनले कुम ठोके
हिजो सम्मका डुक्रने साँडे
दुलो खोज्दै दुम ठोके
सपूतहरूले प्राण तेस्र्याएर
एउटा नयाँ बिहानी आयो
आउने जाने क्रममा फेरी
निर्दल हटेर बहुदल आयो
विचरा ! जानेहरुको
के के गयो के के गयो
भागाभाग भयो
कार गयो, नमस्कार गयो
हेग हिस्किको पेग गयो
रोस्टेड चिकन लेग गयो
गन्न नभ्याउने नोट गयो
किन्न नपर्ने प्रिजेन्ट गयो
सारन, तारन मिलिसकेको
लाइसेन्स, पूर्जि नलिसकेको
काम गरेको हात नपरेको
मुखको गाँस गयो
पिल्सी पिल्सी
कल्पी कल्पी
बथान, बथान साँड रोयो
हो साबित भयो
यो साबित भयो
आउने जाने क्रममा
एउटा गयो, अर्को आयो
आउनेहरू आउ, स्वागत छ ।
नयाँ बहार, नयाँ चहाना,
नयाँ उमङ्ग ल्याउनेहरुलाई
आउ आउ स्वागत छ
धर्म संस्कृति रक्षा गर्दै राष्ट्रियता
जोगाइदेऊ
टाङ्गसिएका लाखौँ कमलपित्ते
अनार गाले बनाउ
दाविलो परेको सारङ्गी भुँडीलाई
आफ्नै श्रम र सिपले दुलो बनाऊ
मुर्रा भैसी र भेडी गोठ गाउँ घरमा बढाऊ
कुखुरा खेती र माछा पालन जताततै चलाऊ
जतिँ झर्ने
पाखामा जुनार लगाऊ
भाषण मात्र गर्ने होइन
काम गरेर देखाऊ
कल्ले कल्ले जङ्गल मास्यो
त्यसलाई हथकडी लगाऊ
भ्रष्टाचारी उम्किएलान्
जनता सामु ल्याऊ
तस्करहरूको जत्थालाई
राष्ट्रबाटै भगाऊ
ठूलो गुमाइ सानो कमाउने
लुते प्रथा हटाऊ
आठै प्रहर पसिना भारी

मेची, काली उठाऊ
शुभकामना दिन्छौं साथ
स्वागत छ आऊ आऊ ।

याद गर
टाठा बाठा, छट्टु डाँका
पार्टिभित्र पस्लान्
खाएको पचाएर
कमाएको जोगाएर
सोझा जनता ठग्लान्
पोषण गर्ने भाषण गर्दै
फेरि शोषण गर्लान् ।
हो, याद गर
घुमाउलान् चङ्खे कर्मचारी र व्यापारीले
दिनौं रङ्गीविरङ्गी कार्यक्रमको
उद्घाटन गराएर मिठा मिठा खाना खुवाएर
स्वाँठ बनाउलान् ट्वाँट पिएर
अनि फँसाउलान् नक्कली ब्वाँसाहरूले
चाकडी, चुक्ली र चापलुसीमा पोख्त
खूँखार चाटुकारहरूले
नक्कली सन्मानको माला लाएर
फूटको नाराले राष्ट्र खुम्चिन्छ
एक जुट भएर राष्ट्र उठाऊ
हाम्रो शुभकामना छ ।
आउने जाने क्रममा
तिम्रो पालो आयो
आऊ स्वागत छ ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मैले केके देखेँ

मैले केके देखेँ

लक्ष्मण लोहनी
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
0
Would love your thoughts, please comment.x
()
x