साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मैले केके देखेँ

देशको प्रगति सयौँ वर्ष पछि परेको देखेँ पराइहरूको हप्की दप्की लात खानुपर्ने देखेँ रात सुकेको झाडीजस्तै भविष्य अन्धकार देखेँ कुर्सीका लागि फर्सी फुटेझैं पार्टी फुटेको देखेँ ।

Nepal Telecom ad

लक्ष्मण लोहनी :

मैले केके देखेँ साथी
मैले केके देखेँ
कुर्सीको लागि फर्सी फुटे झैं
पार्टी फुटेको देखेँ
आफू नआउँदा, अरूलाई गाली
धारे हात लगाएको देखेँ
टुकुटुकु हिँड्ने प्रजातन्त्रको
हरै बसाको देखेँ
नाकानाका खूबै चनाखा
खुर्पेहरूको जमघट देखेँ
ढुक्ने, छेक्ने, भुक्ने, टोक्ने
रकमीहरूको लर्को देखेँ
जसले सक्छ देशको ढुकुटी रित्याएर
आफ्नो गोजी भरेको देखेँ
बिसै औंला ल्याप्चे लगाई
ब्रह्मलुट गरेको देखेँ
कुर्सीका लागि फर्सी फुटेझैं
पार्टी फुटेको देखेँ ।

नेता बलियो पार्टी निर्धो
यौटै हर्ताकर्ता देखेँ
बलियो कर्मठ कार्यकर्ता
पार्टीबाटै हटाको देखेँ
वार्तादेखि भाषणसम्म
एउटैले टुप्पी हल्लाको देखेँ
प्रत्येक जुलुसमा एउटै मान्छे
झन्डा बोक्ने देखेँ
प्रजातन्त्रको ढोल पिटेर
मन्त्रीका लागि बिन्ती गरेको देखेँ
उसले ठोक्ने, उसले बोक्ने
उसले र्‍याल चुहाको देखेँ
मैले केके देखेँ साथी
मैले के के देखेँ ।

जराजरामा खुम्रे किराझैं
काटिरहेको देखेँ
डुक्रे मुसाझैं देश खनेर
राष्ट्र धसाको देखेँ
मित्र बनेर काउसेहरूले
बाउसे गरेको देखेँ
देशको प्रगति सयौँ वर्ष
पछि परेको देखेँ
पराइहरूको हप्की दप्की
लात खानुपर्ने देखेँ
रात सुकेको झाडीजस्तै
भविष्य अन्धकार देखेँ
कुर्सीका लागि फर्सी फुटेझैं
पार्टी फुटेको देखेँ ।

०००
‘फित्कौली’, कात्तिक-मङ्सिर २०६२

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सबको पालो आउँछ

सबको पालो आउँछ

लक्ष्मण लोहनी
नाङ्गो शहर

नाङ्गो शहर

विप्लव प्रतीक
तीजकी श्रीमती

तीजकी श्रीमती

बालकृष्ण खनाल
पहिरोको माखेसाङ्लो

पहिरोको माखेसाङ्लो

ठाकुर बेलबासे
संगतकाे फल

संगतकाे फल

रामविनय
लुताे

लुताे

चन्द्रप्रसाद न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x