साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रोटेपिङे कला

यसैलाई भनिन्छ रोटेपिङ कला । तिमी एउटा मोमो हौ । क्या बात... सरकारी मोमो । भित्रबाट आत्मसम्मानको किमा निकालेर त्यसमा हालिएको छ भ्रष्टाचारको किमा । यो रोटेपिङे कलामा तपाईं निपुण हुनुहुन्छ होला सायद तर म यो रोटेपिङे कलादेखि दस गज टाढ़ो छु ।

Nepal Telecom ad

नगिता लेप्चा राई :

हिजोआज रक्तदान शिविर वा ब्लड डोनेशन क्याम्प आयोजन गर्ने फेसनै भएको छ । ब्लड डोनेट गर्नु राम्रो हो । यसले कसैको जीवन फिर्ता हुन्छ भने ब्लड डनरलाई पनि स्वास्थ्यमा फायदा नै हुन्छ । तर विभिन्न सामाजिक सञ्जालबाट सुन्न पाइन्छ, डोनेशन गरिएको ब्लड ठिक ठाउँमा नपुगी त्यो बिच बाटामै किनबेच गरिन्छ । ब्लड डोनेसनको सिम कार्ड यूज गरेर जीवन धान्नेहरू पनि नदेखिने होइन ।

जे होस्, हाम्रो गाउँमा ब्लड डोनेशन क्याम्प बसेको छ । गाउँमा किन भन्नु हाम्रै क्लबमा । समाजसेवकहरूको रमिता छ । ब्लड डनरहरूको ताँती । एकजना रावण साइजका मान्छे खाटमा उत्तानु चित परेर सुतेका छन् । उनलाई गाउँकैहरूले फुर्काउनुसम्म फुर्काएर खाँटी समाजसेवकको पगरी लाइदिएका छन् । उनको जीउको साइज यति विशाल छ, यसो हेर्दा यूरियाले भेटेको बैगुन जस्तै देखिन्छ । अनुहार गम्भीर । नाड़ीमा सुनको चेन भएको लोभलाग्दो रिष्ट वाच । त्यो घड़ी घण्टा घण्टामा बास्छ । उनको ड्रेस उस्तै दामी । सबै ब्राण्डेड । लार्ज साइजको ग्लोबजस्तो बड़ेमाको भुँड़ी । जिउभरि फरेन परफ्यूमको सेण्ट । उनको परफ्यूमले धुलाबारीको परफ्यूमलाई चित पार्छ ।

आधा बोतल जति व्लड तानेर बन्द गरियो । बोतलमा ब्लड होइन ह्विस्की पो आयो । खाँटी स्कच । उनको भेनमा रगत होइन ह्विस्की मात्रै प्रवाहित हुँदोरहेछ । ह्वाइट हर्स, म्याकडुवेल । यिनी हुन् कुनै एउटा कम्पनीका जीएम अर्थात् जेनरल म्यानेजर । मासिक वेतन र एकस्ट्रा इन्कम गर्दा महिनामा नभएको पनि लाखलाई पनि नाँघ्छ भनिन्छ । स्टाफहरू उनलाई जीएम होइन एचएम भन्छन् । हेड म्यानेजर वा हेड माष्टर होइन हाम माष्टर । एच एम वा हाम माष्टरबारे मैले यहाँ एक्सपाल्नेशन दिइ रहनु नपर्ला । हाम माष्टर नाम नै इनफ् । जी एम ता उनको देखाउने दाँत मात्रै हो । असली दाँत त भ्रष्टाचारी । चेलीबेटी बेचविखनमा एक नम्बर । तर महिला समितिलाई लाखौं लाख रुपियाँ प्रतिवर्ष अऩुदान दिएर नारीप्रतिको भक्ति देखाउँछन् ।

श्रीमतीको दिनरातको कचकचकै कारणले यिनी समाज सेवामा ओर्लेका हुन् । नत्र यिनी यति तल झर्ने क्यारेक्टरका मान्छे हुँदै होइनन् । यिनकी श्रीमतीको तर्क छ, तिम्रो कमाइ आँखा लाग्ने खालको छ । तिम्रो कमाइले स्वीङ गर्दैछ । कुनै पनि दिन जनता वा ईडीले तिम्रो भ्रष्टाचारको वीकेट बोल्ड गर्नेछन् । जनतालाई लाटा नसम्झ । स्यालले जस्तो दाउ छोपेर हेरिबसेका छन् । कुन दिन मौका पायो कि छक्का हार्नु बेर लाउँदैन । सबैभन्दा बुद्धिमानी कुरो तिमी समाजसेवक भएर पब्लिक, पुलिसको आँखामा धूलो हाल । त्यसपछि जति तिम्रै समाजको चेलीबेटी बेच्छौ बेच । तर नारीहरूले आयोजन गरेको कार्यक्रममा जीउ ज्यान लाएर खट्नुमात्र होइन चिताएको भन्दा धेर डोनेसन देऊ । साँप पनि मर्ने लट्ठी पनि नभाँचिने । स्वतन्त्रता सङ्ग्रामको निम्ति ब्लड त के एक थोपा पनि अहिलेसम्म पसिना बगाएका छैनौ । अब इन्कम र समाजमा घिनलाग्दो कामबाट जोगिनु कम्तिको पनि वर्षमा एकपल्ट ब्लड डोनेट गर ।

जीएमको के छैन । ब्ल़ड छैन । आँखाको लोती छैन । हृदय छैन । मगज छैन । तर उनको जीउभरि सुरा छ अनि आँखामा आफ्नै समाजका युवतीहरू । पद छ, मान मर्यादा छ । उनको टार्गेट छ वर्षमा दुइदेखि तीन लाख त कमाउनै पर्छ ।

वाशरुम पसेको बेला एक्लै फतफतिन्छ जीएम साहेब । म जीएम… जेनरल म्यानेजर । स्पेशल ब्रीड । मैले समाजको सबै गमरक्याइ सकेको छु । तर समाजलाई बियोण्ड दि क्यापासिटी दिएको छु । विशेष चेलीबेटीहरूको जीवन यात्राको स्तर पैसाको ज्याक लाएर माथि पुर्‍याइदिएको छु ।

टार्गेट ? दुइदेखि तीन । क्म्प्यूटरको फिगर छैन । तेरो सह स्टाफले तँलाई उछिन्न सक्छ अब ।

एकदिन उनको हितैषी साथीले सोध्यो- किन जीएम साहेब आज अनुहार निन्याउरो देख्दैछु । श्रीमती भर्खरे बितेको उनको । स्वास्नीको यादले साह्रै सतायो कि क्या हो ?

हलुका पाराले बोल्यो जीएम- स्वास्नी मर्दा हामी जस्तो मान्छेलाई सुर्ता हुँदैन । पुरानो स्वास्नी, पुरानो गाड़ी दुवै सेम टु सेम । एक्सपेन्सिभ ।
ठिकै छ तर तिमी अफशोचमै चै किन ?
सीबीआईले भेटेको छ ।

यस्ता मानिसहरू समाजका किटाणु हुन् । त्यस्ताहरू न परिवारका हुन् न समाजका । तर त्यही समाजलाई ढाल बनाएर आफ्नो भकारी भरिरहेका हुन्छन् । सरकारी अफिसरका नाममा कलङ्क हुन् । राजमहलजस्तो भव्य बिल्डिङ । लाखौं रुपियाँको बाथरुम । पित्तलको टब । टबमाथि गमलामा मनिप्लाण्ट ।

बाहिर बरण्डामा बसी सिगर तान्दै न्यूजपेपर पढ़ेजस्तो गर्छन् । ब्रोकन इङ्गलिस बोलेर छक्कै पार्छन् । नेपाली आमाको गर्भबाट भूमिष्ठ भएका यी जीएम साहेब । तर नेपाली भाषा बोल्न सक्दिनँ, मनपर्दैन भन्छन् ।

तीस हजारे खाटमा चालिस हजारे ओछ्यान । तर पनि निद्रा छैन । निद्राको निम्ति बोतल वा स्लिपङ्ग पिल्सको शरण नपरी हुँदैन । नब्बे लाखे डाइनिङ टेबलमा सात-आठ किसिमका धुलाबारीका क्रोकरिज तर जिब्रामा जस्तै मिठो, स्वादिष्ट चौरासी व्यञ्जन पनि विरसिलो लाग्छ विचारा जीएम साहेबलाई । पैसाको खोलमा बाँचिरहेको छ । खोलभित्र मान्छेको पूणर्ाङ्ग जीउ मात्रै, भित्र पूर्जाहरू सबै वेल्डिङ । आवश्यकता भन्दा धेर कमाउने ध्याउन्न । समाजको आँखा छल्ने षड़यन्त्रमा रातदिन तड़पिरहेको हुन्छ । समाज केही दिने मन छैन तर बाँच्नुलाई पनि केही दिइबस्छन् । मन मरेका मान्छे । यिनको आँखामा सबै ननसेन्स् । सबै ब्लाडी बास्टर्ड । यिनको समाज अर्कै छ । मिलनस्थान अर्कै । बात गराइ अर्कै । ल्वाइ ख्वाइ अर्कै ।

मध्य रातमा मेरो विशाल सहरको तातो सामान्य कम्ति हुँदैछ । निलो आकाशमा चमेराहरू निष्फिक्री विचरण गरिरहेछन् । फूटपाथका मानिसहरू भाते निद्रामा मस्त छन् । समाजविरोधी तत्त्वहरू, दिउँसो भद्र कहलाइनेहरू यौन व्याभिचारीको मुखुण्डो ओड़ेर घुमिरहेछन् । सहरका ठाउँ ठाउँमा उभिएका सालिकहरू रमिता हेर्नमा व्यस्त देखिन्छन् । सलवार कुर्ता, सिल्क सिफन वा जिन्स र टप्समा लपेटिएका पासपोर्ट हराएका मेमहरू यौनको सोकेश बोकेर मौन गाहकी रुङिरहेका छन् । आफ्नो आब्रुहरूलाई यौनको बजारमा मनिपर्समा बन्दी बनाएर रातभरि पासपोर्ट हराएका मेमहरू निर्वस्त्र यौनको विमान चढ़ेर, बोतलको सागरमा डुबेर स्खलन हुने गर्छन् मेरो विशाल भव्य र सभ्य शहरमा । अहङ्कारको प्रोपोगाण्डा । अदमित कामवासनाको आर्तनाद । सबै नै जीएम साहेबको करामति ।

यसरी नै रात बित्ने गर्छ यहाँ । असङ्ख्य रित्ता बोतलहरू खातेहरूको बोरामा भरिन्छन् । कोही फुटछ्न कोही किलोका भाउमा बिक्री हुन्छन् । हामी सबै रित्ता बोतलहरू हौं । तर यी ब्यूक्रेटस जति सबै सुनका टुक्राहरू हुन् । आगोमा जति हाले पनि चङ्गाको चङ्गै ।

यसैलाई भनिन्छ रोटेपिङ कला । तिमी एउटा मोमो हौ । क्या बात… सरकारी मोमो । भित्रबाट आत्मसम्मानको किमा निकालेर त्यसमा हालिएको छ भ्रष्टाचारको किमा ।

यो रोटेपिङे कलामा तपाईं निपुण हुनुहुन्छ होला सायद तर म यो रोटेपिङे कलादेखि दस गज टाढ़ो छु ।

०००
खोलाचन्द फाप्री, सिलगड़ी, भारत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
तन्किने कुरा

तन्किने कुरा

नगिता लेप्चा राई
अनुहार

अनुहार

नगिता लेप्चा राई
‘तानतुने’ कवि

‘तानतुने’ कवि

नगिता लेप्चा राई
रिस र आह्रिस

रिस र आह्रिस

नगिता लेप्चा राई
युग ब‌दलियो

युग ब‌दलियो

नगिता लेप्चा राई
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
सेकदार

सेकदार

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x