सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

मेरो नोबेल पुरस्कार पाउने योजना

के गर्नु हेर्नोस् न यही कुरा थाहा नपाएर हो कि नाथ सम्प्रदायका वर्तमान सञ्चालक जीवभृत्य कमालको काँचे पददेखि यज्ञमूर्ति हलेदाको गनगने समयको हलीसम्म कसैको आँखा पर्‍या होइन ।

Nepal Telecom ad

विजय चालिसे :

मुसुमुसु हाँस्दै मुस्कानका मुसुमुन्द्रे सम्पादकले रचना माग्दा निकै महिनादेखि मैले पनि भानुभक्तको भोलिवादको भैली माग्दै आएको थिएँ । कुमारीचोकको बहिखाताले भानुभक्त बाजे, र ठेक्कापट्टाको टेण्डर कमिशनले हाम्रा मन्त्रीहरूलाई नछोडेजस्तै मुस्कानका मुसुमुन्द्रे असम्पादक अधर्मराज बरालपुत्रले यो पटक त मरे छाडेको हैन । आफूले मात्र च्यापेर नपुगेर आफ्ना सल्लाहकार कलियुगी पाँडेपुराणका गफाष्टक व्यासलाई समेत सनहाते पासो हाल्न लाएपछि म त फत्र्याक फत्र्याकै  परेँ । नातिपनातिका प्यारो हजुरबा भैसक्ता पनि चीरकुमार कलियुगी राम, व्यास बाजेकै जस्तै पाडेँ गफ र पाँडेपजनी गर्न खप्पिस छन् । उनी तारन्तारको सनहाते संमानपत्रलाई बेवास्ता गरौँ भने भोलि आफ्नै साहित्यको पाडेँपजनी गरीदिए भने के होला ? चीरकुमार कलियुगी राम पनि पहुँचवाले हुन्- पहुँचवालले कालोलाई सेतो भने भने त सतै हुन्छ भने यो विचारहीन लिसे सहित्यकारै होइन भनेर ठोकुवा गरिदिनु कति पो गाह्रो कुरा भयो र । आजसम्म एकैपटक भए पनि काँचको पर्दाका आजीवनाथ गमला र रेडियो कपालका जग्गु सिदाहालको आविष्कारमा नपरेको आफू भोलि परिहाल्यो भने प्रमाण जुटाउन कहाँ जानु । त्यसैले मुसुमुन्द्रे सम्पादक र सल्लाहकार सत्रबाहु व्यासलाई रचना दिन्न भनेर चिड्याउने कुनै भएन ।

लेख्न त लेख्ने पर्‍यो तर के लेख्ने । आफूलाई मन नपरेका जतिलाई चोर फटाहा र बुद्ध भन्दै गसिप पनि गालीमाका लेखौँ भने त्यो पनि आफूभन्दा महान अन्तर्राष्ट्रिय स्तरका अरुले नै लेखिसके । कुन कलाकारको बेडसिनको सेटिङ कस्तो थियो भन्नेशोध गरौँ भने पनि धरापदेखि कछाड कसेर दया ठोक्ते वनारस पुगी पण्डाको प्रमाणपत्र ल्याउने महापण्डामका विद्वानहरूले मनोकामना सवै पुरा गरिसके । यो क्षत्र पनि बाँकी छैन ।

जे होस् लेख्नै त लेख्नै पर्‍यो र लेखेपछि तगडे लेख्नुपर्‍यो । मलाई थाहा छ, तगडा लेख्न गुलसनभन्दा र रानु वा सरिता र मनोहर कहानियाँ पल्टाई तलमाथि पारेर पुग्दैन । सोचें- यसको लागि युरोप नपसी सुखै छैन । त्यसैले कच्चा पदार्थको नाउँमा पक्के पदार्थ खोज्न पुस्तकालयको फन्को मार्ने पर्‍यो, फ्रेन्च र जर्मन लेखकहरूका पुस्तक उधिनेर उत्खनन गरें भने कसो एउटा तगडा कृति तयार नहोला । तर फसाद आफू परियो अंग्रेजीसम्म पनि वणर्माला बाहेक अरू नचिन्ने, फ्रेन्च र जर्मन भाषा त कानो गोरूलाई औंसी न पूर्णे रे । त्यस्ता कृतिहरूको हिन्दी अनुवादबाहेक आफूलाई कामै नलाग्ने । खोजी पसे दैव त भेटिन्छ भने जाबो, हिन्दी अनुवाद फेला नपर्ने त कुरै छैन । मैले नक्कली मुजुर जस्तो विदेशी रचनालाई नेपाली खोल हालिदिए जस्तो भारतीय मित्रहरूले पक्कै गरेका छैनन् होला । मलाई आवश्यक परेको फ्रेन्च जर्मन साहित्य पक्कै उनीहरूले हिन्दीमा अनुवाद गरेको हुनुपर्छ । त्यही खोज्न सके भने त आफ्नो काम फत्तो भैहाल्यो नि ।

त्यो रचना तयार पारेपछि छाप्ने पहिलो अधिकार त मुस्कान के मुसुमुन्द्रे सम्पादकलाई भइहाल्यो, बरु सम्पादकलाई पहिल्यै विश्वास दिलाउँछु यो कृति नोवेल पुरस्कारमा जाने हो भने नेत्थ लागेको भैंसी र मोहनी लागेकी तरुनी जस्तै जसरी पनि तानिएर म पुरस्कार मेरै हात पर्छ । मुख्य अनुवादक र पेश गर्ने यो मिलाउनु मेरो र बाया हातको खेल हो एसो एउटा दुइटा अन्तर्वार्ता लिएर पत्रिकामा गान भरी दिने म हो भने त्यसको बदलामा मेरो कृति अंग्रेजीमा अनुवाद गरिदिने विदेशी विद्वानलाइनै खडा छन् । छाप्न पनि कठिन छैन -तिनै विद्वानलाई ऋण गरेर भए पनि एक लक्कु क्याँट बुझाई दिने हो भने चितुवादेखि बिरालासम्मका विदेशी प्रकाशन सेवामा तत्परै छन् ।

नोबेल पुरस्कारमा पेश गर्न सिफारिस गर्ने संस्थाको जोहो पहिल्यै गरिसकेको छु । आलपिन नेशनलको इण्टरनेशन शाखामा अध्यक्ष आफैँ छु सदस्य आफ्नै मित्रमण्डलीका आउरेबाउरे छँदैछन् । नेपालबाट त्यस पुरस्कारको प्रतिस्पर्धा गर्न श्रीमान् विचारहीन लिसे यजमानको टक्करमा आउने अर्को कुनै नभएको प्रमाणित गराउनु त मेरो बायाँ हातको खेल हो । नीरक्षिर विवेकले  त्वं सरणं गरेर हुन्छ कि, पृथ्वीको उल्टो परिक्रममा गरेरहुन्छ प्रतिकूललाई पनि अनुकूल पार्ने मेरो वीसँगको अड्न सक्छ ।

तर एकैचोटी नोबेल पुरस्कार आँदा नपत्याउने पो हुन कि । आजसम्म एउटै राष्ट्रियको त कुरै छाडौँ स्थानीय पुरस्कार दिन सक्ने ठेक्कापट्टावाला नाइके समेत पट्याउन सकिएको होइन । त्यसैले यो रचनाबाट नोबल त होइन वृद्ध बृद्धाश्रम दान- प्रतिष्ठाका कुटुचे वैद्यका नाइके – भाइनाइकेलाई खुशी पारेर परनजा वरैआ तर पुरस्कारहरूमध्ये कुनै एक हातपार्ने उपाय नि तिर पो लाग्नु बेश ठाने । तर परनजा र वरै आ पुरस्कारको लागि वृद्धाश्रम के न सिदा खाने उमेर भएको लम्बरी पण्डित दी हुनु पहिलो योग्यता हो रे भन्छन्- आफूले न वृद्धाश्रम प्रवेश गर्ने उमेरे छोइया छ, न सिदा खाने लम्बरी पण्डित । यहाँ पनि तार लाग्ला जस्तो लागेन ।

तैरिन तैरिन बुढीबाख्री किन भने दमन श्रीहीन दलमर्दन पुरस्कारको लागि मरिमेटेर लागिनु पर्ला। त्यति पनि नभए स्वर्गाञ्चल- दानस्कार परिस्थानका इष्टमित्र गुहार्नु पर्ला, उनीहरूले पनि त सोच्लान् घिउ कहाँ पोखियो दालमा । त्यो पनि नभए अझ अर्को छ विशुद्ध सरकारी हीरामोती मण्डलाकार पुरस्कार । बरु यो पाउन आफू पनि मण्डलाकार नै हुनुपर्छ भन्छन् । त्यो पनि केही छैन- म पनि त बन्धुमण्डल क्लबको संस्थापक र भूतपूर्वं सदस्य सचिवै हूँ । मण्डलमा त्यत्रो सेवा गरेपछि कसले नभन्ने मलाई मण्डलाकार । त्यतिले पनि नपुगे निर्णायक कृष्णानन्द पातलेलाई चन्द्रमा र गोरखानाथै सम्मपुगेर पनि खुशी पारौंला उनीहरूको मानसपुत्र बनेपछि यो मात्र त के एकै वर्ष चार-पाँच पुरस्कार हत्याएर नेपाल कीर्तिमानमा समेत नाम दर्ता गर्न सकिन्छ । पुरस्कारको के खाँचो छुस्यामुस्या र भटमासेदेखि टेलिभिजनमाका ठीक बेठीक पुरस्कारसम्म कति छन् कति ।

मेरा यी कुरा पढेर मुस्कानका मुसुमुन्द्रे सम्पादक भन्नुहोला श्रीमान् विचारहीन लिसेजी, तपाईं नोबेल पुरस्कार स्तरको साहित्यकार हुनुहुँदो रहेछ । मेरो जस्तो राजधानी स्तरको पत्रिकामा तपाईंजस्तो महान् साहित्यकारलाई छापेर कसरी अपमान गरौँ ।

सम्पादकज्यू तपाईलाई मात्र खुसुक्क भनेको नि यी त मेरा योजना मात्रै हुन् । अहिले त आफ्नो डम्फु आफै बजाएर दुई चार स्तंभकार, समालोचक र अन्तर्वार्ताकार फसाउने दाउ मात्र गर्दैछु । त्यसको लागि बाउबाजेले कछाडको भरमा जोडेका सानोतिनो जग्गै बेचेर पनि उहाँहरूको लागि नर्सिङ वाक र घडीचराको बन्दोवस्त गर्नेछु । पक्का पक्का, यो मेरो वचन भो । बरु तपाईं पनि एउटा अन्तर्वार्ता लिइदिनुहुन्छ भने । त्यसमा म पछिको सबैभन्दा ठूलो र महान लेखक-सम्पादकको नाउँमा तपाईं के नाम लिइदिउँला । नर्सिङ वाक र भुत्ले साग त छँदै छ । बरु यो कुरा अस्लाई पनि खुसुक्क सुनाइदिनुहोला है । के गर्नु हेर्नोस् न यही कुरा थाहा नपाएर हो कि नाथ सम्प्रदायका वर्तमान सञ्चालक जीवभृत्य कमालको काँचे पददेखि यज्ञमूर्ति हलेदाको गनगने समयको हलीसम्म कसैको आँखा पर्‍या होइन । यिनीहरूको आविष्कारमा नामदर्ता नभई लालमोहरिया लेखन्दास बनिन्न रे भन्छन् ।

ल त सम्पादकज्यू, आजलाई अर्को रचना लेख्न सकिन । यसैलाई नेपाली साहित्य के महानतम रचना भन्ने नोट हालेर छापिदिनु होला, बरू पारिश्रमिक नदिनुभए पनि हुन्छ ।

०००

(उहिले कहिलेकाे गाईजात्रे मुस्कानबाट खाेजीपाँसुली गर्ने माणिकरत्न शाक्य)

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
बुढो मन सम्हाल्नु छ

बुढो मन सम्हाल्नु छ

अशोककुमार शिवा
आत्मा

आत्मा

पी पी काेइराला
गुरुलाई चिठ्ठी

गुरुलाई चिठ्ठी

चिरञ्जीवी दाहाल
बाह्र सत्ताइसे गफ !

बाह्र सत्ताइसे गफ !

चूडामणि रेग्मी