साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मृत्यु र मुखौटाहरू

बाँडिरहेछन्- आश्वासनका राहत सामग्री, पुनःस्थापनका सपनाहरू, र सोम शर्माको सात्तु झैं योजनाहरू ! भो...नअल्मल्याऊ, हतार छ तिनीहरूलाई विदेशी पाँच तारे होटलमा साहुहरूको मेजमानी भ्याउन !

Nepal Telecom ad

बाढी बानेर उर्लिएको छ, असार
पहिरो बनेर खसेको छ, वर्षा
सयौं प्राणीलाई आगोसमा लिएर
रमाइरहेको छ, उन्मत्त,
…..उत्ताल जललहरीमा !

छेउ किनारामा जीवन जोगाएकाहरू-
सहारा गुमाएका आफन्तहरू-
टुहुरा शिशुहरू….
र आश्रय गुमाएका परिजनहरू
निरीह… निरुपाय सुनिरहेछन्,
उन्मत्त जललहरीको मृत्युगीत !

मडरिइरहेको कालो वादलमुनि,
हेलिकोप्टरको गर्जन
र, हावाको तीब्र झोक्काले
लड्खडाएका अवसादग्रस्त तलका अनुहारहरू !
हेर्छन्… देख्छन्
एक हूल सरकार उत्रिएको छ विमानबाट
मुखौटो भिरेर दुःखी देखाउन आफूलाई
कष्टसाध्य अभिनय गरिहेका ती अवतारहरू
बाँडिरहेछन्-
आश्वासनका राहत सामग्री,
पुनःस्थापनका सपनाहरू,
र सोम शर्माको सात्तु झैं योजनाहरू !

भो…नअल्मल्याऊ,
हतार छ तिनीहरूलाई
विदेशी पाँच तारे होटलमा
साहुहरूको मेजमानी भ्याउन !

आरुबारी, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लुताे

लुताे

चन्द्रप्रसाद न्याैपाने
सुके लुतो !

सुके लुतो !

उत्तम विचार
छिः मेरा बा

छिः मेरा बा

चेवनचन्द्र बस्नेत
लुताे फालेँ मैले

लुताे फालेँ मैले

रामप्रसाद पन्थी
ठोक्तक कवित्त

ठोक्तक कवित्त

होम सुवेदी
0
Would love your thoughts, please comment.x
()
x