साइबर अपराध सम्बन्धी सचेतना सामग्री

इन्द्रकुमारको माउन्टेन बाइक

सरित्जीलाई आफ्नो ज्यानको भन्दा पनि प्यारो माउन्टेन बाइक भाँचिएला कि भन्ने खुब माया थियो । जसको कारण फोकटियामा दुःख झेल्नुपयो । सरित्जीसँग भेट भयो कि तिनको त्यो माउन्टेन बाइक याद आइहाल्छ ।

Nepal Telecom ad

वि.सं. २०४४ तिरै नियात्राकार प्रतीक ढकालमार्फत कथाकार इन्द्रकुमार श्रेष्ठ ‘सरित्’ सँग मेरो परिचय भएको हो । परिचय भएदेखि नै एकज्यानको साथी जस्तै भएर हिँड्थ्यौं हामी ।

त्यसैक्रममा एकदिन सरित्जीले साहित्यिक पत्रिका प्रस्तुतिका सम्पादक बद्रीलाल श्रेष्ठलाई भेट्न जाने कुरा गरे । सम्पादकलाई भेट्ने कुरा ठूलै होला भन्ने ठानियो र गइयो । दिनदिनको भेटघाटले होला बद्री दाइसँग हाम्रो एकदमै हिमचिम बढेको थियो ।

२०४६ सालको कुरा हो । जनआन्दोलनले उग्र रूप लिएपछि बेलुकी ९ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्म पञ्चायती सरकारले कर्फ्यू आदेश जारी गरेको थियो । कर्फ्यू उल्लङ्घन गर्नेलाई देख्नेबित्तिकै गोली ठोक्नु भन्ने कडा आदेश थियो ।

त्यो ताका सरित्जीले केही महिना अगाडि एउटा माउन्टेन बाइक किनेका थिए । म उनीसँग भएको बेला, सम्पादक बद्रीलाल दाइकहाँ जाँदाफर्किंदा र अरूबेला पनि बीमा संस्थान सिंहदरबारबाट जहाँ गए पनि जहिल्यै पनि साइकल डोर्‍याएर पुग्थ्यौं । साइकलमा डबल लोड गर्न ज्यान जाला नमान्ने । त्यही समयमा एकदिन सरितजीले बद्री दाइकहाँ जाऊँ न जाऊँ भनेर ढिपी गर्‍या गर्‍यै गरे । मैले भनें- आज पनि कर्फ्यू छ होला, भरे फर्किदा बित्यास पार्ला नि । उनले मानेनन् । मेरो केही सीप लागेन । छिट्टै फर्किने टुङ्गो लगाई हामी गयौं । दाइ त हिन्दी सिनेमा हेर्ने सुरसारमा रैछन् । दाइको कुरा सुनेपछि सरित्जीलाई फर्किऊँ भनेर कराउन थालें । बद्री दाइ र सरितजीको अगाडि मेरो जोड चलेन । सरित्जी त बद्री दाइसँग लिसो टाँसिए टाँसिएर सिनेमा पो हेर्न थाले । म चाहिँ मन नलागी नलागी एउटा कुनामा थन्किएर बसें । मैले बद्री दाइलाई आज कर्फ्यू छ कि छैन भनेर सोद्धा छैन भन्ने जवाफ पाए पनि मनमा भने चिसो पसिरहेको थियो । सरित्जीलाई जाऔँ भनी धेरै पटक कचकच गरें । बल्ल उठे । हामी त्यहाँबाट उठ्दा घडीमा बेलुकाको साढे आठ बजिसकेको थियो ।

यङ्गालबाट निस्केपछि मैले सरित्जीलाई भनें- आज पनि कर्फ्यू छ कि कसो ! बाटो त सुनसान छ नि ! यस्तै भन्दै, अलि छिटोछिटो गरेर हामी रत्नपार्क आइपुग्यौं । त्यहाँ पनि सुनसान देखेपछि र सेनाको चहलपहल देखेपछि अब चाहिं पक्का भयो आज पनि कर्फ्यू रहेछ ।

यङ्गालबाट रत्नपार्क आइपुग्दा नै केही समय बितिसकेको थियो । मैले सरित्जीलाई साइकलमा डबल लोड गरेर जाऊँ न, नौ बज्न लागिसक्यो भनेर आग्रह गर्दा उल्टै साइकल भाँचिन्छ, बिग्रिन्छ भनेर मानेनन् । उनको कुरा सुनेपछि मेरो कन्पारा नमज्जासँग तात्यो, रिसाउँदै कराएँ । थर्काएँ । तर रिसाहा स्वभावका सरित्जीले चुइँक्क एक शब्द पनि बोलेनन् । तेतिन्जेलसम्ममा नौ बज्नलाई १५ मिनेट मात्रै बाँकी थियो । केही सीप नलागेपछि मैले अन्तिम निचोड निकाल्दै भनें- त्यसो भए कुदौँ । हामी दुवै जना साइकल पालैपिलो डोर्‍याउँदै कुद्न थाल्यौं ।

रत्नपार्कबाट सिफलसम्म बेतोडसँग कुद्दा छिट्टै पुग्या जस्तो भयो । घडीमा नौ बज्नै आँटेको थियो । सरित्जी सिफलबाट आफ्नो डेरातर्फ लागे । तर मेरो त अझै त्यहाँबाट पनि केहीबेर माथि कुटुबहालसम्म पुग्नुपर्ने थियो । स्वाँ स्वाँ र पयाँ फ्याँ गर्दै कुद्दै थिएँ । हातहतियार र गोलीगठ्ठाले सुसज्जित सैनिकहरू कर्फ्यूका लागि तैनाथ भएर चोकमा उभिरहेको देखेर झन्डैले होस गुम भएको । सुनसान रात, बाटोमा हिँड्ने कोही पनि थिएनन् । यिनले केही पो गर्ने हुन् कि भन्ने मनमा डर लाग्थ्यो । जे जस्तो भए पनि कुद्ने काम नछोडीकन घर पुगें । तर मेरो जीवनले प्राप्त गरेको सौभाग्य नै भन्नुपर्ला- घर पनि पुग्नु, नौ पनि बज्नु एकैचोटि परेछ । मैले लामो सास फेरेर थकाइ मारें । धन्य ! केही भएन ।

सरित्जीलाई आफ्नो ज्यानको भन्दा पनि प्यारो माउन्टेन बाइक भाँचिएला कि भन्ने खुब माया थियो । जसको कारण फोकटियामा दुःख झेल्नुपयो । सरित्जीसँग भेट भयो कि तिनको त्यो माउन्टेन बाइक याद आइहाल्छ ।

२०५१/०८/२१
‘झ्याइँकुटी झ्याइँ झ्याइँ’ बाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तालुखुइले

तालुखुइले

माणिकरत्न शाक्य
साडेसातको दशा

साडेसातको दशा

माणिकरत्न शाक्य
माइक्रोबसको कमाल

माइक्रोबसको कमाल

माणिकरत्न शाक्य
चार अवतार

चार अवतार

माणिकरत्न शाक्य
माइक्रोबसको कमाल

माइक्रोबसको कमाल

माणिकरत्न शाक्य
तीन टुक्रे कविता

तीन टुक्रे कविता

माणिकरत्न शाक्य
0
Would love your thoughts, please comment.x
()
x