साइबर अपराध सम्बन्धी सचेतना सामग्री

स्रष्टा कार्की र थापाका दुई कृति विमोचन

अमेरिका निवासी कुन्ती थापाको उपन्यास ‘फेसबुकको मान्छे’ र जर्मनी निवासी कवि लिलाराज कार्कीको कवितासङ्ग्रह ‘क्षितिज पारिको बस्ती’ गरी दुई कृतिहरूको संयुक्त रूपमा लोकार्पण

Nepal Telecom ad

२४ जुलाई २०२२ आइतवारको दिन प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटी अन्तर्गत कला, साहित्य तथा संस्कृति विभागद्वारा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४ औं स्मृति दिवसको सन्दर्भमा आयोजित ‘कृति विमोचन तथा समालोचना कार्यक्रम’ नेपाल कम्युनिष्ट पार्टीका उपमहासचिव, पूर्व परराष्ट्र मन्त्री तथा माननीय प्रतिनिधि सभा सदस्य प्रदीप ज्ञवालीको प्रमुख आतिथ्यतामा अनलाइन भर्च्युवल माध्यम जुम मार्फत सम्पन्न भयो ।

कार्यक्रममा अमेरिका निवासी कुन्ती थापाको उपन्यास ‘फेसबुकको मान्छे’ र जर्मनी निवासी कवि लिलाराज कार्कीको कवितासङ्ग्रह ‘क्षितिज पारिको बस्ती’ गरी दुई कृतिहरूको संयुक्त रूपमा लोकार्पण एवम् समालोचना गरिएको थियो ।

कार्यक्रममा उपस्थित हुनुभई अभियानलाई सहयोग एवम् हौसला प्रदान गर्नु भएकोमा प्रमुख अतिथि प्रदीप ज्ञवाली, विशेष अतिथि तथा समालोचकद्वय डा. विजय सुब्बा तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, न्युयोर्क च्याप्टरका पूर्व अध्यक्ष श्री शकुन ज्ञवाली, विशेष अतिथिहरू प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष भक्त गुरुङ तथा सल्लाहकार परिषद् अध्यक्ष सञ्जय थापा, कृतिकारद्वय कुन्ती थापा र लिलाराज कार्की, अतिथिहरूमा प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटी सचिवालय सदस्य तथा महादेश ईन्चार्ज प्रभु, चानक पोख्रेल (मध्य पूर्व), सचिवालय सदस्य डा. विमला भण्डारी, युरोप ईन्चार्ज भक्तबहादुर वाग्ले लगायात महादेश तथा राष्ट्रिय कमिटीका अध्यक्ष, पदाधिकारी तथा सदस्यहरू साथै कार्यक्रममा उपस्थित विभिन्न तह र तप्काका सम्पूणर् आदरणीय महानुभावहरूमा प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटी अन्तर्गत कला, साहित्य तथा संस्कृति विभागले हार्दिक धन्यवादसहित आभार व्यक्त गरेको छ ।

त्यसै गरी सुमधुर स्वरमा स्वागत गीत प्रस्तत् गरी कार्क्रमलाई थप रोचक बनाइ दिने विभागका सदस्य शिवराम ढकाल, प्रवासी नेपाली मञ्च, कतारका नव निर्वाचित अध्यक्ष प्रभात त्रिपाठी लगायतको समूह, मीठो कविता वाचन गरिदिने जनसाहित्य मञ्चका केन्द्रीय सदस्य दुर्गा नेपाली, अहोरात्र खटेर कार्यक्रमलाई सफल बनाउनु हुने विभागका सचिव खड्ग न्यौपाने (कार्यक्रम सञ्चालक तथा सुमधुर सांगीतिक प्रस्तुतिसहित) लगायत सम्पूणर् सहयोद्धाहरूप्रति हार्दिक कृतज्ञता प्रकट गरिएको छ ।

प्रवासमा नेपाली कला, भाषा, साहित्य, संस्कृति र सम्पदाको जगेर्ना एवम् प्रवर्द्धन गर्ने यस विभागको मुख्य उद्देश्य रहेको छ । विशेष गरेर डायसपोराका लेखक तथा साहित्यकारहरुद्वारा प्रकाशित कृतिहरूमाथि समालोचनात्मक कार्यक्रमको आयोजना गर्दा भावी दिनहरूमा अझ उत्कृष्ट नयाँ कृतिहरू सिर्जना गर्न थप प्रोत्साहित गराउने हेतुले उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

कृतिकारद्वय कुन्ती थापा र लिलाराज कार्कीलाई हार्दिक वधाई तथा मंगलमय शुभकामना प्रदान गरिएको छ ।

– हेम शेर्पा, प्रमुख कला, साहित्य तथा संस्कृति विभाग,
प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x