साइबर अपराध सम्बन्धी सचेतना सामग्री

डा.ऋषि बस्ताकोटीको ‘विसङ्गत बस्ती’माथि परिचर्चा

साहित्यकार डा. ऋषि बस्ताकोटीको हालसालै प्रकाशित मुक्तक संग्रह ‘विसङ्गत बस्ती’ कृति परिचर्चा कार्यक्रम दुई दर्जनभन्दा बढी साहित्यकारहरूको उपस्थितिमा सम्पन्न ।

Nepal Telecom ad

वन तथा वातावरण साहित्यिक समूहको आयोजना तथा हिमाली संरक्षण समूह, पोखराको प्राविधिक संयोजनमा साहित्यकार डा. ऋषि बस्ताकोटीको हालसालै प्रकाशित मुक्तक संग्रह ‘विसङ्गत बस्ती’ कृति परिचर्चा कार्यक्रम दुई दर्जनभन्दा बढी साहित्यकारहरूको उपस्थितिमा सम्पन्न भयो ।

२०७९ साउन ७ गते सम्पन्न कार्यक्रममा साहित्यकार रोशन शेरचन, तीर्थराज अधिकारी, र पोखरा प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ सदस्य सरस्वती श्रेष्ठ ‘सरु’ ले वक्ताका रुपमा बोल्नु भएको थियो । कार्यक्रमको प्राविधिक संयोजन गर्ने संस्था हिमाली संरक्षण समूह, पोखराका संस्थापक अध्यक्ष डा. भरतमान श्रेष्ठले सहभागीहरूलाई स्वागत गर्दै हिमाली संरक्षण समूह र वन तथा वातावरण साहित्यिक समूहले शुरुआत गरेको यस प्रकारको कार्यक्रमले सकारात्मक सन्देश छर्ने र सृजनात्मक लेखन भविष्यमा अझै परिस्कृत बन्दै जाने आशा व्यक्त गर्नुभयो ।

डा. हिमलाल श्रेष्ठद्वारा सञ्चालन गरिएको सो कार्यक्रममा रोशन शेरचनले साहित्यकार बस्ताकोटीको बन बिज्ञान क्याम्पस, पोखरा पढ्दादेखिको साहित्यप्रतिको अभिरुचि, लगनशीलता अनि शालीनताको प्रसङ्ग कोट्याउँदै तत्कालिक समयको प्रखर अभिव्यक्ति उनको रचनामा मुखरित हुने गरेको कुरा उजागर गर्नु भयो । त्यसै गरी हालै प्रकाशित मुक्तक सङ्ग्रह ‘विसङ्गत बस्ती’ मा पनि त्यो उचाई हासिल भएको कुरा उठान गर्नुभयो ।

त्यसै गरी तीर्थराज अधिकारीले प्रस्तुत कृति एउटा उचाई प्राप्त मुक्तक सङ्ग्रह भएको र उनले तत्कालको समयमा कविलाई बिझेको विषय चार पदीय प्रणालीको मुक्तकको रुपमा सार्थक अभिव्यक्त गर्नु भएको कुरा बताउनु भयो ।

प्राज्ञ सरस्वती श्रेष्ठ ‘सरु’ले उमेरका हिसाबले अनुज भए पनि कवि बस्ताकोटी निकै अनुभवी रचना पस्कनु हुने कुरा बताउनु भयो र साथ साथै हालै प्रकाशित उनको मुक्तक सङ्ग्रहमा संग्रहित मुक्तकहरू निकै नै सटीक, सरल, सु-ललित तथा चोटिला पाएको कुरा सुनाउनु भयो ।

साथै उनले विविध समय अन्तरालमा लेखिएका मुक्तकहरूले धर्ती, आकाश, माटो, मातृभूमि, शासन, अनुशासन, सुशान, बा-आमालाई समेटेर वर्तमानमा भोग्नु परेको विरोधाभास र विसंगतिपूणर् समयको प्रतिनिधित्व गर्दै रचना गर्नु भएको छ भन्नु भयो । त्यस्तै यस कार्यक्रममा उपस्थित साहित्य अनुरागीहरू सृजनात्मक साहित्य लेखनमा क्रियाशील दुई दर्जनभन्दा बढी साहित्यकार एवम् साहित्यानुरागी नेपाल, क्यानडा, अमेरिका, बेलायत, भारत लगायतका स्थानबाट जोडिनु भएको थियो ।

कार्यक्रममा बिष्णु आचार्य, कमला रुपाखेती, इश्वर देवकोटा, पदम बिश्वकर्मा, सानु खनाल, शिव पलाँस, विजय हितान, नम्रता गुरागाईं, छत्र कार्की, मुक्ति गौतम, कुशुमाकार शर्मा, युबराज भण्डारी, हिममाया पौडेल, सुरेश भट्ट, नबराज पुडासैनी, देवेन सापकोटा समेत जोडिनु भई छलफलमा सहभागी हुनुहुन्थ्यो ।

उपस्थिति सबै जसो सहभागीले कवि बस्ताकोटी तथा उनको भर्खरै प्रकाशित कृतिको बारेमा बोल्नुभयो । रचनाकार ऋषि बस्ताकोटीले आफ्नो कृतिको बारे छलफलमा उठेका बिषयमा मन्तब्य दिदै सबैप्रति आभार प्रकट गर्दै सबै वक्ताहरूले दिनु भएको शुभ कामना र शुभेच्छालाई मुखरित गर्ने बाचा गर्नु भयो ।

कार्यक्रमको अन्त्यमा रोशन शेरचनले बन तथा वातावरण साहित्यिक समूहको आगामी कार्यक्रममाथि प्रकाश पार्दै आगामी दिनमा नेपाली साहित्यमा सिद्धहस्त लेखकहरूको सहभागितामा विधा केन्द्रित मेन्टरशीप कार्यक्रम गर्न लागिएको जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x