साइबर अपराध सम्बन्धी सचेतना सामग्री

माटोका कुरा गरौँ !

नहाँसेको पनि धेरै भयो, कतै खुल्न सक्छ कि ? साथी ! आज मनको कस्सिएको गांठोका कुरा गरौँ अलिकति मेल र अलिकति फाटोका कुरा गरौँ आऊ, हामी अलिकति आफ्नो माटोका कुरा गरौँ !

Nepal Telecom ad

उत्तमकृष्ण मजगैयाँ :

(आफ्नो माटोदेखि टाढा रहेका बन्धुहरूप्रति समर्पित )

सधैँ त होटेलमा विदेशी खानाकै कुरा भो
विभिन्न भोजमा टन्न पिउने बहानाकै कुरा भो
घर सम्झेर आज कस्तोकस्तो भइरहेछ मेरो मन
साथी ! आज फाफरको साग र आटोका कुरा गरौँ

धेरै टाढा आइएछ, घर-आँगन पुग्ने बाटोका कुरा गरौँ
आऊ, हामी अलिकति आफ्नो माटोका कुरा गरौँ !
नशाले मात्तिएपछि जीउतोड़ नाच र पपगाना भो सधैं
तर मन नाचेन, कस्तो निष्प्रभाव तराना भो सधैं !

आज किन हो किन त्यसै भरंग भइरहेछ मेरो मन
बरु मेलामा नाच्ने मंगली र गाउँले केटोका कुरा गरौँ
आफ्नै वनपाखा घन्काउने सुन्तली र घर्तिजेठोका कुरा गरौँ
आऊ, हामी अलिकति आफ्नो माटोका कुरा गरौँ !

बोलीव्यवहार र पहिरनमा सभ्यता थप्दाथप्दा
आफ्नो पहिचान नै बिर्सिएछ कि स्वार्थ जप्दाजप्दा !
घरबाट निर्वासित भएको पनि धेरै समय बितेछ,
आज त सान्नानीको गुन्युचोलो र बिर्खेसाइँलाको
छड्के टोपी र कछाडभोटोका कुरा गरौँ
आऊ, हामी अलिकति आफ्नो माटोका कुरा गरौँ !

भावहीन पराईसामु मनको भाव बोल्नै सकिएन
पीरले दुखेको छाती उदाङ्गो पारी खोल्नै सकिएन
नहाँसेको पनि धेरै भयो, कतै खुल्न सक्छ कि ?
साथी ! आज मनको कस्सिएको गाँठोका कुरा गरौँ
अलिकति मेल र अलिकति फाटोका कुरा गरौँ
आऊ, हामी अलिकति आफ्नो माटोका कुरा गरौँ !

जरा त्यहीँ गाउँमा छ, मधेस-पहाडबाट यहाँ धाएको
लाहुर ! यहाँ त हामी आफ्नै लिलाम बोल्न आएको
कोलाहल छ तर एक्लोपनले नियास्रो भइरहेछ मन
त्यसैले गाउँको चौतारी र गोरेटो-दोबाटोका कुरा गरौँ

लेकबेंसी, खोला, खर्क र गल्छेंडा-नेटोका कुरा गरौँ
आऊ, हामी अलिकति आफ्नो माटोका कुरा गरौँ !!

०००

दाङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
मुखियाको पद खाली छ

मुखियाको पद खाली छ

उत्तमकृष्ण मजगैयाँ
चक्रव्यूह !

चक्रव्यूह !

उत्तमकृष्ण मजगैयाँ
चुनाव आउँदै छ हजुर !

चुनाव आउँदै छ हजुर...

उत्तमकृष्ण मजगैयाँ
घुर्की

घुर्की

उत्तमकृष्ण मजगैयाँ
हास्य पात्र !

हास्य पात्र !

उत्तमकृष्ण मजगैयाँ
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x