भीम गाैतमदारु, भारु र झारूँ
विडम्बना ! बनाईएका नियम र सुनाइएका कानुन किन मौन ? धर्मका गुरुहरू मौन ? मानव अधिकारका नाइकेहरू किन चुप ?

भीम गौतम :
हिजो आजको अत्याधिक प्रचलित शब्द हो दारु । दारुको रसलाई चटनीको स्वाद मिसाएर भाखा भन्काउनेहरू दिनदिनै पढ्दै छन् । विशेष त बढ्ने र अघि जानेहरूमा जो गीता पाठ गर्छ जस्ले आल्ली ठूलो टुपी पाल्छ, जसले अलि धेरै खरानीको बिगुँत लगाउँछ, जसले प्रस्टसँग ॐ नमः शिवाय र हरि ॐ तसत्को शुत्र घोकि राख्छ । जो विशेष औँसी पूर्णिमामा खोलो भेट्न गइरहन्छ र जो शंख फुक्न र घण्टी हल्लाउन सिपालु छ अनि जो आफूलाई राम सीताको अनुयायी, राधा कृष्णको अनुयायी र गाँजा धतुराका प्रवर्तक शिव शंकर चेला सम्झन्छन् ।
वहाँ महानुभावहरू नै हिजो आजको प्रचलित शब्द दारुको विशेष सेवन कर्ता हुनुहुन्छ । वहाँहरूलाई छिट्टो लाज लाग्छ र छिट्टो पैसा तिर्नुहुन्छ र भट्टीकी मालिक्नीसँग रिल्याक्स गर्दागर्दै खाँदा खाँदै घरकी गृहलक्ष्मीलाई भुल्नुहुन्छ । घरकी लक्ष्मी पतिमहाराजको आगमनको प्रतीक्षा गर्दा गर्दै भोकाएको पेटलाई खाना नखाई अर्धनिंद मिसाउँदै आवाज र आगमनको शब्द पाउन हृदयविदारक समय कटाई रहन्छिन् । मध्यरात स्याल र कुकुरको भीडन्त बनेको आवाजसँग कनेर सङ्घर्ष गर्दै न्याक्किँदै र फ्याक्किँदै छाद्दै र छेर्दै पतिको प्रतिक्षा गर्दै भोकै सुतेकी पतिवर्तालाई रण्डी फुडी डंकिनी शब्द पोख्दै तेरो बाउको दाइजो…… मेरो घर छोड भन्दै बौलाउँछ, लछार्छ, पछार्छ लात्ताले भकुराउँछ हिजोआजका सव्य र दारुवाल मान्छे ।
महान् नारी गरिमा बोकेको नेपाली हिन्दु सभ्यता खोज्दै जाँदा द्वापर त्रेता युगमा महिलाहरूको अस्मिता जोखिनसक्नु छ । तर नियम कानुनका ठेकेदार र मानवीय स्वतन्त्रताको व्याख्याकारहरूले नारी पुरुष समान नदेखेर आज दाईजो कुम्ल्याउन नपाएका भोकाहरूको हातबाट सिकार बन्नु परेको छ । दारुवालाहरूको हातबाट कुँयल परेको छ । लात्ताको दमन खप्न परेको छ । असीमित सम्पत्ति कमाउने स्वप्न नदेख्ने व्वासाहरूले नारीलाई अनेकौं जाल थाप्दै दिल्ली, बम्बई, बैंकक र अरबको कालकोटीमा विक्री नेपाली नारीको राष्ट्रिय अस्मितालाई धोस्त पार्दै भारु र दारु दशक लपेटेका छन् ।
विडम्बना ! बनाइएका नियम र सुनाइएका कानुन किन मौन ? धर्मका गुरुहरू मौन ? मानव अधिकारका नाइकेहरू किन चुप ? महिनामा २५ दिन नेपाल बन्द गर्ने अवसरवादी झोले नेता कता वेपत्ता ? खोल मुख बोल यस्तै हुन्छ त धर्म ? यस्तै हुन्छ त कानुन ? यस्तै हुन्छत त धर्म गुरु ? अनि यस्तै हुन्छन् राजनेता ?
मलाई त यी सबैलाई ठाडो भिरबाट झारूँझैँ लागिरहेछ । नारी उठ, संगठित होउ नारी उठ मलाई सहारा देऊ । नारी दारु तान्ने र भारु खानेलाई भिरबाट झार ! झार ! झार !
०००
भरतपुर ।
२०६२/०१/०७
Subscribe
Login
0 Comments
Oldest







































