साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हामीलाई बन्न मान्छे सिकाए

के हो हाम्रो रीतिको गुह्य धार के के गर्दा वंश उद्धार सार त्यै पुस्ताले चेतनाको दियालो पार्‍यो प्रातः काल हाम्रो उज्यालो ।

Nepal Telecom ad

घनश्याम रेग्मी :

दाना हामी बोट हुन् बाबुआमा
टेको दिन्छन् टेक्न धर्ती तलामा
आफू चाहे भित्र भित्रै गलेहुन्
चाहे आफैँ कष्टले नै ढलेहुन् ।१

दाम्लो बाट्ने युक्ति कोबाट सिक्छौ
नाम्लो बुन्ने जुक्ति कोबाट सिक्छौ
गुन्द्री बुन्ने सीप आमा बज्यैको
मान्द्रो बुन्ने सीप बाजे उनैको ।२

मोही पार्ने सीप सानो कहाँ हो
नौनी खार्ने सीप बाजे बुवाको
बत्ती कात्ने दीप बाल्ने कलाले
पूजा थाल्ने श्लोक भन्ने गलाले ।३

कस्तो खेती गर्नु कस्तो विचार
के के राख्दा बन्छ मीठो अचार
हेर्दै सिक्ने हुन्छ भावी पिँढीमा
तार्छन् पल्लोपट्टि हाम्रा सिँढीमा ।४

पूजा श्रद्धा श्राद्ध गर्ने कुराको
धागो काती जोर गर्ने सिकाको
के के गर्दा हो जनै दीर्घ गर्ने
कस्तो बेला सभ्य वा वाम भिर्ने ।५

थोरै बोली भाव भर्ने कुराको
रेटी रेटी धार पार्ने छुराको
मेरा आफ्ना चिन्न पाएँ खुसी छु
नाता खाता चिन्न पाएँ खुसी छु ।६

आली तास्ने काम जानेँ म गर्छु
जोत्ने पोत्ने के कहाँबाट सिक्छु
शिक्षा दीक्षा यो असारे धराको
बोली पाएँ वैखरी त्यो पराको ।७

कस्तो बेला खेतमा अन्न के के
छर्ने के के पाक्न थाल्दा हुने के
बालो हेरी भन्दछन् धान पाक्यो
धेरै पाके झर्छ स्याहार चाँडो ।८

कस्तो बेला गर्नु के के विचार
के के राख्दा बन्छ मीठो अचार
जे जे भोगे ज्ञान हो सो अपार
बूढो पुस्ताबाट सिक्छौ विचार ।९

के हो हाम्रो रीतिको गुह्य धार
के के गर्दा वंश उद्धार सार
त्यै पुस्ताले चेतनाको दियालो
पार्‍यो प्रातः काल हाम्रो उज्यालो ।१०

हामीलाई खोल्न आँखा सिकाए
हामीलाई बोल्न भाषा सिकाए
हामीलाई संस्कृति श्री सुनाए
हामीलाई बन्न मान्छे सिकाए ।११

०००
चितवन ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाकाहरूबाट सिकौँ (२)

पाकाहरूबाट सिकौँ (२)

घनश्याम रेग्मी
चार ठाेक्तक

चार ठाेक्तक

घनश्याम रेग्मी
बाबु र आमा

बाबु र आमा

घनश्याम रेग्मी
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

कमला पन्थी अधिकारी
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

देवीप्रसाद मिश्र
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

दीनानाथ पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x