साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राजनीति

"यसले कहिले तँलाई कहिले मलाई उल्लु बनाएर राज गर्दै छ। हामी उसैको मोहरा बनेर आपसमा लड्छौँ ।अहिले हाम्रो एकता भयो भने त्यो नाङ्गिनेछ।" -सितारेले बिस्तारै सम्झायो।

Nepal Telecom ad

सुरेशकुमार पाण्डे :

“यो बगरमा एक्लै बसेर के सोच्दैछौ सितार ?” तारेले सोध्यो।
ऊ झसङ्ग भयो कुनै ध्यानमा हुँदो होला।

” सोंचेको छु बगरमा कहिले त खोला आउला।”- सितारले बगरलाई नियाल्दै भन्यो।

“तँलाई त्यसको समर्थन गरेर केहि फाइदा छैन भनेर मैले त धेरै पहिले नै भनेको थिएँ।”- अझै बिचार गर पहिचान दुश्मन को हो र मित्र को हो ?

“यसरी ढुकेर हुँदैन। बर्षामा न आएको पानी यो बगरमा कहिल आउला?”-तारेले उसलाई अँगालो पार्दै भन्यो।

” साँच्चै भनिस् अचेल को आफ्नो को पराया छिचाेल्न गारो भयो यार।”- सितारले निराशा व्यक्त गर्दै भन्यो।

“सुन् ! तैँले दुष्टसँग मिलेर मलाई जति प्रहार गरे पनि म तेरो मित्र हुँ। अहिले पनि मैले तेरो भलो सोंचेको छु। मेरो विश्वास गर।”- सितारेले भन्यो।

“कस्तो भलो ?”- उसले सटिक प्रश्न गर्यो।

“यसले कहिले तँलाई कहिले मलाई उल्लु बनाएर राज गर्दै छ। हामी उसैको मोहरा बनेर आपसमा लड्छौँ ।अहिले हाम्रो एकता भयो भने त्यो नाङ्गिनेछ।” -सितारेले बिस्तारै सम्झायो।

” हामिले के गरौँ त ?”- सितारे फेरि सटिकमा सोध्यो।

“अहिले मलाई समर्थन गर अर्को पटक मैले तिमीलाई समर्थन दिन्छु । त्यसपछि हेर्नु यो बगरमा भल कसरी आउँछ।”- सितारेले आफ्नो योजना बतायो।

” यही कुरा कटारेले भनेको थियो।” – उसले अविश्वास व्यक्त गर्यो।

“त्यो कटारे हो म तारे तिमीले मेरो विश्वास गर्नैपर्छ।”- तारे मुसुक्क हाँस्यो।

” फेरि बेइमानी नहौस् है !”- सितारेले हात मिलाउँदै भन्यो।

“राजनीतिमा र प्रेममा सबै जायज हुन्छ।”- सितारेले मनैमन भन्यो।

०००
दाङ, घोराही- १८

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
विवाह

विवाह

सुरेशकुमार पाण्डे
चट्टान्

चट्टान्

सुरेशकुमार पाण्डे
मजदुरमा दरार

मजदुरमा दरार

सुरेशकुमार पाण्डे
राजनीति

राजनीति

सुरेशकुमार पाण्डे
प्रगति

प्रगति

सुरेशकुमार पाण्डे
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x