साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गाँडतन्त्रको चोर सरात

आफ्ना नातागोता अन्धभक्त कार्यकर्ता उच्च पदस्थ कर्मचारी, जेट खाने, बजेट खाने अन्यायी, अत्याचारी, गुण्डा, हत्यारा, दुष्चरित्रधारी, कुकर्मी, लगायतलाई पद पैसा घुस कमिसन सुन ठेक्का आदिको सुअवसर दान गर्नुहोस् ।

Nepal Telecom ad

रामकृष्ण ढकाल :

एकातिर पिरेत बाजे सुतरिको रित्तो बोराको आसनमा बसेर गाजेमाजे कुरा गर्दै छन् भने अर्कोतिर तिनजना कर्ताहरू टाइसूट लगाएर तयार छन । ती दुवैथरीको अगाडि पर्नेगरी स्टिल र प्लास्टिकका थाल कचौरा पिलेट गिलास चम्चाहरू झन्डै पचासवटा जति फिँजाइएका छन् । थाल कचौरामा प्लास्टिकका चामल राखी सिदाहरू बनाइएका छन् । ती सिदामा भटमास, मुसुरो, कोदो, भेन्टा, लगायतका सामान पनि सजाइएको छ । एउटा प्लास्टिकको आहृमा होलि वाइन तथा निमपत्ता र सिस्नो पातहरू राखेर कर्मपात्र बनाइएको छ । बीचमा एमसिसिको प्रतीक स्वरूप एउटा फलामे क्रश ठड्याइएको छ । नालीको पानीमा विदेशी अन्न पकाएर पिण्ड बनाइएको छ । कागज तथा प्लास्टिकका काला निला ध्वाँसे आदि रङ्गका फुलहरू ल्याइएको छ । सूकरदानका लागि सूकरपाठो पनि कुनै बाठो मान्छेले ल्याएको छ । यसैगरी गणतन्त्रको चोर सरात गर्ने पूर्ण तयारी भएको छ । अब पिरेत बाजेले सरातको विधि शुरू गर्दैछन् ।

गए मासी । तिनै जनाले जनै टुप्पी काटेर फाल्नु भयो कि भएन ? तिनजनाले नै त्यो कर्म गरेको स्वीकार गर्छन् । अन्धविश्वासि पाराले दिनभरि भोकै बस्नु राम्रो होइन । सबैले आफ्नो पेटको रिचार्ज त बेलैमा गर्नु भयो होला नि । के के भर्नुभयो ? कर्ताहरूले शुद्ध ह्यामबर्गर पोर्क पिज्जा देशको एकता सहिष्णुता संस्कार आदि भोजन गरेको ब्यहोरा जानकारी गराउँछन् ।

पिरेत : त्यसो भए आजको चोर सरात प्रारम्भ हुन्छ । शुरूमा तिनैजना कर्ताहरूले हातमा कर्मपात्रको होलिवाइन तथा निम सिस्नोका पात लिनुहोस् र सड्ढल्प गरौँ ।

सङ्कल्प : खानी हुम सिङ्गै देश बनाएर परदेश युवाजती शून्य शेष बालवृद्ध बाहेक सबै आजै जाउन सबै अरूदेश भन्दै आफ्नैमात्र पक्षमा देशको सबै पद पैसो गन्दै हाम्रा खादरणीय पित्री छुसी गाँडतन्त्र तथा त्यसका आउरे बाउरे सङ्घीयता, धर्म निरपेक्षता र समानुपातिक प्रणाली सहितको यिनका बाउ पञ्चायत र हजुर्बाउ राणाशासन समेतलाई यहाँ तयार गरिएको सामग्रीद्वारा सरात अहम् करिष्ये । ल अब त्यो हातको चिज भुइँमा छोडिदिनुस् । अब कागजका काला फूल लिएर हात जोद्नुस हत्केला बाहिर देखिनेगरी । अब

ध्यानम : जनतालाई नरूचे नि जमिनलाई नपचे नि वातावरणलाई मन नपरेपनी हामी राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा महा बेइज्जत कमाएका लाजनितिक दलका महान आदर्श गाँडतन्त्र धर्म निरपेक्षता सङ्घीयता समानुपातिक प्रणाली तथा यिनका पूर्खाहरू स्वर्गीय पञ्चायत र राणा शासनको हाम्रा हज्जारौं अन्धभक्त कार्यकर्ता, नातागोता, घुसखोर, कमिसनखोर, काण्ड माली आदिका समेत तर्फबाट ध्यानम समर्पयाम । ल त्यो फूल त्यो क्रसमा चढाउनु होला । अब हिन्दुराज्य भाको भए गाईदान हुन्थ्यो । त्यो नभएकोले सूकरदान गर्नु होस् । त्यसका लागि सूकरको पुच्छरको फेदबाट निस्कने पवित्र जल पहिले आफ्नो शिरमा त्यसपछि क्रशमा अनि म लगायत घरभित्र बाहिर छर्कनु होस् । कर्ताहरूले।यो सबै गर्दै जान्छन् । अब तिनैजनाले पिण्ड बनाउनुहोस् ।

ल अब पिण्डदानको मन्तर सुन्नुहोस् : जसले बनाउँछ देशभरि चर्छ त्यसले । आफ्नो आमा बाउ पनि फेरेर कुइरे खैरे अनिवार्य राख्नुपर्छ । नत्र भने निर्लज्ज पाराले ल्याएको गाँडतन्त्र धर्म निरपेक्षताको के अर्थ । त्रिशूलीको गुडगाडी राजधानीको उडगाडी तथा बाढी पहिरोमा परेका सहित यस पिण्ड पिता गाँडतन्त्र, पितामह पञ्चायत प्रपितामह राणाशासन सहित तिनका आउरे बाउरे गौंडा गोश्वाराका हाकिम जन्मजात जर्नेल चम्चे धुपौरे मण्डले कुण्डले जुम्रे जगल्टे डन चाकरीबाज आदि इत्यादि सबैलाई एकमुष्टम समर्पयाम । यसपछि त्यही ठाउँमा शहीदका सपना, दुःखी गरिब निमुखा शोषित पीडित आदिका आशा इच्छा, राष्ट्रवादिताको सबै नियम अनुशासन, विरहरूका रगत बलिदान अनि यी कुराहरूका महत्त्व पनि सर्मपण गर्नुहोस । ल ती पिण्डहरू क्रसको फेदमा राखिदिनु । कर्ताहरू खुरुखुरु पिरेतको आग्रह पालन गरिरहन्छन् । अब एमसिसि पूजा गर्नुस् । यसपछि आफ्ना आफ्ना विदेशी प्रभुहरूका खुफिया एजेन्सीहरू, तिनका सुलसुलेहरू अमानवीय शर्तहरू सबैलाई सम्झेर चारैतिर पाउजोडी सम्मान प्रकट गर्नुहोस् । अब सबैले क्रसको फेदमा रहेका पिण्डहरू क्रस सहितै लगि निकटवर्ती गिर्जाघरको प्रमुखलाई दिएर आउनुहोस् ।

अब आफ्ना आफ्ना नातागोता अन्धभक्त कार्यकर्ता उच्च पदस्थ कर्मचारी, जेट खाने, बजेट खाने अन्यायी, अत्याचारी, गुण्डा, हत्यारा, दुष्चरित्रधारी, कुकर्मी, लगायतलाई पद पैसा घुस कमिसन सुन ठेक्का आदिको सुअवसर दान गर्नुहोस् । यसपछि मलाई यो अत्याधुनिक सरात गराएकोमा एक बोरा डलर दान गर्नुहोस् । ल अब यसपालिको पित्री गाँडतन्त्र त्यसका सहयोगी धर्म निरपेक्षता सङ्घीयता समानुपातिक प्रणाली, पितामह पञ्चायत त्यसका मण्डले कुण्डले आदि सहयोगी, प्रपितामह राणा शासन त्यसका सहयोगी गौँडा गोश्वाराका हाकिम जन्मजात जर्नेल सहित यस्तै यस्तै सबै सबैको एकमुष्ट चोरसरात समाप्तम् ।

०००
२०८१ भदौ २२
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
सेकदार

सेकदार

रामकृष्ण ढकाल
कारण

कारण

रामकृष्ण ढकाल
साँच्चै हो रहेछ

साँच्चै हो रहेछ

रामकृष्ण ढकाल
भिल्लपुर वाङ्मय

भिल्लपुर वाङ्मय

रामकृष्ण ढकाल
उहाँ त  ह्वाँ ह्वाँ !!

उहाँ त ह्वाँ ह्वाँ...

रामकृष्ण ढकाल
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
सेकदार

सेकदार

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x