साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साँढे नपालौँ अब

खान्छन् आँसु बगाउँछन् मनखुसी गर्छन् ठुलो नाटक गौँडा ढुक्न सिपालु छन् गजबले मान्दै नमानी धक यो आफ्नै घर जो डडाउन सखे राँको नबालौँ अब पारे ध्वस्त सबै अझै मुलुक यो गोही नपालौँ अब ।

Nepal Telecom ad

बिन्दु दहाल मूकदर्शक  :

खान्छन् मात्र सधैँ प्रशस्त यिनले मान्छे कतै मार्दछ्न्
सक्छन् अन्नभण्डार शून्य जहिले अत्यास नै पार्दछन्
पस्दा गाउँ डराउँछन् सब जना कस्तो भयो रौरव
यस्ता राक्षस खन्चुवा गजहरू पाल्दै नपालौँ अब ।

हान्छन् मात्र सधैँ निरीह जनता बाली सबै चर्दछन्
बाच्छी मात्र लघार्दछन् हरघडी डङ्का कडा गर्दछन्
जे जे गर्न हुँदैन कार्य विधिले थाल्दै नथालौँ सब
भो भो पाल्न सकिन्न मित्र बुझ लौ साँढे नपालौँ अब ।

राँगा गोरुहरू अझै कति यहाँ नार्दा सधैँ सुत्दछन्
बोका छन् मसिना तथापि विधिमै मौका परे मुत्दछन्
जे जे पाल्न सकिन्न आज सब यी सम्झेर खेदौँ सब
मान्दैनन् विधि ऐन कानुनहरू राँगा नपालौँ अब ।

खान्छन् आँसु बगाउँछन् मनखुसी गर्छन् ठुलो नाटक
गौँडा ढुक्न सिपालु छन् गजबले मान्दै नमानी धक
यो आफ्नै घर जो डडाउन सखे राँको नबालौँ अब
पारे ध्वस्त सबै अझै मुलुक यो गोही नपालौँ अब ।

ल्याई पाल्नु हुँदैन सिंह घरमा आफ्ना हुँदैनन् कवै
खेदौँ स्याल जुका र श्वेत धमिरा लार्भा बिराला सबै
जे जे पाल्न सकिन्न आज घरमा सम्झेर खेदौँ पर
फाल्ने काम छिटो गरौँ सुजन हो भो भो नमानौँ डर ।

०००
दमक ८, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मातापिता निधि दुई

मातापिता निधि दुई

बिन्दु दहाल ‘मूकदर्शक’
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
शब्दक्षेप्यास्त्र

शब्दक्षेप्यास्त्र

बिन्दु दहाल ‘मूकदर्शक’
बुझ्न बाँकी छ धेरै

बुझ्न बाँकी छ धेरै

बिन्दु दहाल ‘मूकदर्शक’
वृद्धमा खुसी फुलोस्

वृद्धमा खुसी फुलोस्

बिन्दु दहाल ‘मूकदर्शक’
विचार पथका चेलाहरू हो सुन

विचार पथका चेलाहरू हो...

बिन्दु दहाल ‘मूकदर्शक’
लौ न ए आई

लौ न ए आई

रामकृष्ण ढकाल
नेपाली

नेपाली

ईश्वर पाेखरेल
आउँछ साँढे सन्किँदै

आउँछ साँढे सन्किँदै

रणबहादुर बुढाथोकी ‘भैया’
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x