सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

प्रतिनिधि मण्डल फर्क्याे

मेरो पार्टीलाई सहयोग गर्नुहुन्छ भने मन्त्रिमण्डलमा एकजना राखिदिन पनि मलाई गाह्रो छैन । अवश्य नै राखिदिन्छु र धर्म विभाग पनि चाडै नै खोली दिनेछु । सङ्घर्ष गर्छु भनेर मेरो मुटु नकमाइदिनु होला ।

Nepal Telecom ad

भैरव अर्याल :

आफ्ना ९१ सूत्रीय माग लिएर गएको प्रचण्ड पुरोहित परिषद्को प्रतिनिधि मण्डल हिजो फर्थ्यो। स्मरण रहोस् कि उक्त प्र.म. गत जेष्ठ डेढगते राहुबार कृष्ण पाउरोटी भण्डारबाट उभो लागेको थियो । आफनो पुरोहित सम्प्रदायमा परिआएका पीर र मर्काहरू बोध गराएर माननीय हेडमन्त्री छेउ चर्काचर्की गर्न भनी गएको उक्त मण्डलले गएको ३ दिनसम्म हेडमन्त्रीज्यूको चोक कुरिरहन पर्‍यो । सुट्युट् नलगाईकन कोरा नेपाली भेषमा आएकोले गोडा पचासेक सिलिप पठाउँदा पनि सेक्रेटरी साहेबले भेट दिन निकै लाज मान्नुभयो । मन्त्रीज्यू त फर्सी डाँडामा आफ्नो विप्रसिद्ध पार्टी त्रि-झुण्ड परिषद्को उपशाखा उद्घाटन गर्न पाल्नुभएको रहेछ । आखिर बल्लबल्ल चौंथो दिन प्र.म.ले हेडमन्त्रीज्यूको दर्शन गर्न पायो ।

प्र.म. का मेम्बर पं. दहीदूधप्रसाद पाध्याले आफ्ना साह्रा मर्काहरूको विश्लेषण गर्दै भन्नुभयो- “जुन देशमा बाहुन सरकार छ, त्यस देशका बाहुनहरूको परम्परागत अधिकार पनि बिलाउँदछ, यो कतिसम्म लज्जाजनक कुरा हो, बरु राणाको पालामा हाम्रो कति मान थियो, उतै भोज, उतै टिकट ।

यत्र विप्रा असन्तुष्टा नैवेद्य-हक बञ्चिता
गोदान निमुखाः सन्ति दही दुग्ध पराङमुखाः
तत्र ये मन्त्रिणः सन्ति गर्दभायन्ति तेऽ पिच,
सर्व दैव डकारान्ता एक वर्षम् नटिक्यते”
के यो नीति यहाँलाई थाहा छैन ?

त्यसपछि प्र.पु.प. का महामन्त्री पण्डित प्रवर घिउचिनीलाल पाँडेले मागपत्र पढेर सुनाउनुभयो- १) सबै सम्प्रदायका प्रतिनिधिले मन्त्री पाएपछि हाम्रो पुरोहित वर्गवाट पनि एकजना मन्त्री अवश्य राखिनुपर्छ । २) सरकारमा एउटा धर्म विभाग खोलिनुपर्छ र सराद्धे नगर्ने, दस्तुर नपुर्‍याउने जजमानलाई कडा से कडा दण्ड दिलाउनुपर्छ । ३) पुरोहितको दस्तुरको दर दर्जा वाँधिनुपर्छ । १७) हरेक मन्त्रीको घरमा १ एकोटा पण्डित सभा राखिनुपर्छ । ५१) जजमानले आफनो पुरेत छोड्न पाउनुहुन्न । ६४) पुरेतवर्गलाई शारीरिक काममा दुःख दिन मनाही गर्नुपर्छ । ४१) सारा जनताका पितृहरू रिसाएर अकल्याण गरिरहेको देखिएकाले नीजहरूलाई खुशी तुलाई देशलाई कल्याणपूणर् बनाउन सबले वर्षको दुई पल्ट सरादे गर्नुपर्छ । इत्यादि ।

यिनका अतिरिक्त ८४ वटा अरू मागहरू पनि छन् । ७५ पैसा कमको गोदान गर्नु हुँदैन, एक रुपित्रा घटी दक्षिणा दिनुहुँदैन । घिउ दूध प्रशस्त दिनुपर्छ । माना घटीको सिदा चढ्दैन इत्यादि महत्वपूर्ण मागहरू तिनमा समावेश छन् ।

सबै माग मर्का विचार गरिसकेपछि सम्माननीय हेडमन्त्री श्री ३ महाराजा हुन्छ शमशेर भङ्गबहादुर तानाले निम्न प्रकारको आश्वासन दिनुभयो- “तपाईंहरूको माग सबै उचित छन् । मेरो पार्टीलाई सहयोग गर्नुहुन्छ भने मन्त्रिमण्डलमा एकजना राखिदिन पनि मलाई गाह्रो छैन । अवश्य नै राखिदिन्छु र धर्म विभाग पनि चाडै नै खोली दिनेछु । सङ्घर्ष गर्छु भनेर मेरो मुटु नकमाइदिनु होला । म तपाईंका १० माग अहिले पूरा गरिदिन्छु र अरु २०१५ सालको चुनावबाट विजयी बनेपछि । तपाईंहरूले मलाई चुनाव जिताउनोस् तब म महिनाको एउटा सराद्धे गर्नैपर्छ भन्ने विधान बनाइदिउँला ।

यति काम कुरो सिद्धाएपछि केतुवार बिहान आउनू भन्ने तारीख लिएर प्रतिनिधि मण्डल फर्क्याे । फर्कने वेलामा प्रतिनिधि मण्डलका नेतासँग हेडमन्त्रीज्यूले के के साउती पनि गर्नुभएको थियो, अरु विवरण पछि ।

‘हालखबर’ २०१४ साल जेष्ठ २३

०००
‘टेढो ऐना’ (२०६३)

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Ishwor Pokharel
Ishwor Pokharel
4 months ago

) यो पढ्न पाएको रहेनछु । पढ्न पाएँ । धन्यवाद; फित्कौली!
२) यो २०१४ सालमा प्रकाशन भएको रहेछ । यसरी यो अभ्यासकालीन रचना रहेछ । तर हास्य र व्यंग परिपक्क भएको रचना ।
३) यस्ता रचनाहरू प्रकाशनको क्रम निरन्तर रहोस् ।

Nepal Telecom ad
पुरस्कार

पुरस्कार

भैरव अर्याल
सरसल्लाह

सरसल्लाह

भैरव अर्याल
तमसुक

तमसुक

भैरव अर्याल
काइदाको कञ्जुस

काइदाको कञ्जुस

शेषराज भट्टराई
धन्य ! कुर्सी

धन्य ! कुर्सी

डा. टीकाराम पोखरेल
कर्तव्यबोध

कर्तव्यबोध

कमला पन्थी अधिकारी
कन्फ्युजन

कन्फ्युजन

रमेश समर्थन
बास !

बास !

डा.रवीन्द्र समीर
1
0
Would love your thoughts, please comment.x
()
x