साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रतिनिधि मण्डल फर्क्याे

मेरो पार्टीलाई सहयोग गर्नुहुन्छ भने मन्त्रिमण्डलमा एकजना राखिदिन पनि मलाई गाह्रो छैन । अवश्य नै राखिदिन्छु र धर्म विभाग पनि चाडै नै खोली दिनेछु । सङ्घर्ष गर्छु भनेर मेरो मुटु नकमाइदिनु होला ।

Nepal Telecom ad

भैरव अर्याल :

आफ्ना ९१ सूत्रीय माग लिएर गएको प्रचण्ड पुरोहित परिषद्को प्रतिनिधि मण्डल हिजो फर्थ्यो। स्मरण रहोस् कि उक्त प्र.म. गत जेष्ठ डेढगते राहुबार कृष्ण पाउरोटी भण्डारबाट उभो लागेको थियो । आफनो पुरोहित सम्प्रदायमा परिआएका पीर र मर्काहरू बोध गराएर माननीय हेडमन्त्री छेउ चर्काचर्की गर्न भनी गएको उक्त मण्डलले गएको ३ दिनसम्म हेडमन्त्रीज्यूको चोक कुरिरहन पर्‍यो । सुट्युट् नलगाईकन कोरा नेपाली भेषमा आएकोले गोडा पचासेक सिलिप पठाउँदा पनि सेक्रेटरी साहेबले भेट दिन निकै लाज मान्नुभयो । मन्त्रीज्यू त फर्सी डाँडामा आफ्नो विप्रसिद्ध पार्टी त्रि-झुण्ड परिषद्को उपशाखा उद्घाटन गर्न पाल्नुभएको रहेछ । आखिर बल्लबल्ल चौंथो दिन प्र.म.ले हेडमन्त्रीज्यूको दर्शन गर्न पायो ।

प्र.म. का मेम्बर पं. दहीदूधप्रसाद पाध्याले आफ्ना साह्रा मर्काहरूको विश्लेषण गर्दै भन्नुभयो- “जुन देशमा बाहुन सरकार छ, त्यस देशका बाहुनहरूको परम्परागत अधिकार पनि बिलाउँदछ, यो कतिसम्म लज्जाजनक कुरा हो, बरु राणाको पालामा हाम्रो कति मान थियो, उतै भोज, उतै टिकट ।

यत्र विप्रा असन्तुष्टा नैवेद्य-हक बञ्चिता
गोदान निमुखाः सन्ति दही दुग्ध पराङमुखाः
तत्र ये मन्त्रिणः सन्ति गर्दभायन्ति तेऽ पिच,
सर्व दैव डकारान्ता एक वर्षम् नटिक्यते”
के यो नीति यहाँलाई थाहा छैन ?

त्यसपछि प्र.पु.प. का महामन्त्री पण्डित प्रवर घिउचिनीलाल पाँडेले मागपत्र पढेर सुनाउनुभयो- १) सबै सम्प्रदायका प्रतिनिधिले मन्त्री पाएपछि हाम्रो पुरोहित वर्गवाट पनि एकजना मन्त्री अवश्य राखिनुपर्छ । २) सरकारमा एउटा धर्म विभाग खोलिनुपर्छ र सराद्धे नगर्ने, दस्तुर नपुर्‍याउने जजमानलाई कडा से कडा दण्ड दिलाउनुपर्छ । ३) पुरोहितको दस्तुरको दर दर्जा वाँधिनुपर्छ । १७) हरेक मन्त्रीको घरमा १ एकोटा पण्डित सभा राखिनुपर्छ । ५१) जजमानले आफनो पुरेत छोड्न पाउनुहुन्न । ६४) पुरेतवर्गलाई शारीरिक काममा दुःख दिन मनाही गर्नुपर्छ । ४१) सारा जनताका पितृहरू रिसाएर अकल्याण गरिरहेको देखिएकाले नीजहरूलाई खुशी तुलाई देशलाई कल्याणपूणर् बनाउन सबले वर्षको दुई पल्ट सरादे गर्नुपर्छ । इत्यादि ।

यिनका अतिरिक्त ८४ वटा अरू मागहरू पनि छन् । ७५ पैसा कमको गोदान गर्नु हुँदैन, एक रुपित्रा घटी दक्षिणा दिनुहुँदैन । घिउ दूध प्रशस्त दिनुपर्छ । माना घटीको सिदा चढ्दैन इत्यादि महत्वपूर्ण मागहरू तिनमा समावेश छन् ।

सबै माग मर्का विचार गरिसकेपछि सम्माननीय हेडमन्त्री श्री ३ महाराजा हुन्छ शमशेर भङ्गबहादुर तानाले निम्न प्रकारको आश्वासन दिनुभयो- “तपाईंहरूको माग सबै उचित छन् । मेरो पार्टीलाई सहयोग गर्नुहुन्छ भने मन्त्रिमण्डलमा एकजना राखिदिन पनि मलाई गाह्रो छैन । अवश्य नै राखिदिन्छु र धर्म विभाग पनि चाडै नै खोली दिनेछु । सङ्घर्ष गर्छु भनेर मेरो मुटु नकमाइदिनु होला । म तपाईंका १० माग अहिले पूरा गरिदिन्छु र अरु २०१५ सालको चुनावबाट विजयी बनेपछि । तपाईंहरूले मलाई चुनाव जिताउनोस् तब म महिनाको एउटा सराद्धे गर्नैपर्छ भन्ने विधान बनाइदिउँला ।

यति काम कुरो सिद्धाएपछि केतुवार बिहान आउनू भन्ने तारीख लिएर प्रतिनिधि मण्डल फर्क्याे । फर्कने वेलामा प्रतिनिधि मण्डलका नेतासँग हेडमन्त्रीज्यूले के के साउती पनि गर्नुभएको थियो, अरु विवरण पछि ।

‘हालखबर’ २०१४ साल जेष्ठ २३

०००
‘टेढो ऐना’ (२०६३)

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Ishwor Pokharel
Ishwor Pokharel
1 year ago

) यो पढ्न पाएको रहेनछु । पढ्न पाएँ । धन्यवाद; फित्कौली!
२) यो २०१४ सालमा प्रकाशन भएको रहेछ । यसरी यो अभ्यासकालीन रचना रहेछ । तर हास्य र व्यंग परिपक्क भएको रचना ।
३) यस्ता रचनाहरू प्रकाशनको क्रम निरन्तर रहोस् ।

Nepal Telecom ad
हराम पाँडे हजुर

हराम पाँडे हजुर

भैरव अर्याल
वेदजात्रा

वेदजात्रा

भैरव अर्याल
साँढे

साँढे

भैरव अर्याल
कन्याकेटी खोज्दा

कन्याकेटी खोज्दा

भैरव अर्याल
आराधना-नैतिकताको

आराधना-नैतिकताको

भैरव अर्याल
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
सेकदार

सेकदार

रामकृष्ण ढकाल
1
0
Would love your thoughts, please comment.x
()
x