साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सफलता

“तपाईं त मभन्दा पनि पिपलपाते हुनुहुँदो रहेछ !” - “बल्ल कुरा बुझ्नु भो ?” - “नबुझेको भए म कहिल्यै दलाल बन्दिन थिएँ !” सबैले घुटुक्क थुक निले, खोके, ठ्यास ठ्यास गरे । अनि नारा लगाउन थाले । - “जनक्रान्तिको सफलता !”

Nepal Telecom ad

डा. विदुर चालिसे :

– “थुकौँ !”
– “कसलाई ?”
– “राष्ट्रपतिलाई !”
– “हैन, हैन, पुरानो राजालाई थुकौँ !”
– “थुकै आउँदैन, के थुक्नु !”
– “उसो भए प्रधानमन्त्रीलाई थुकौँ !”
– “मन्त्रीहरूलाई पनि थुकिदिउँ न !”
– “जल खाएको छैन !”
– “कसरी थुक्ने त ?”
– “भैँसीमाथि चढाएर !”
– “आफै भैंसीजस्ता छन्, के थुक्नु !”
– “थुक्ने त ?”
– “थुकै सुकिसक्यो, के थुक्नु त !”
– “लौ त्यसो भए, प्रतिपक्षलाई थुकौँ उसो भए !”
– “उ आफै अरूलाई थुकिरा छ के थुक्नु त्यस्तालाई !”
– “थुक्ने हो भने माथितिर फर्केर थुकौँ !”
– “आफैंतिर पर्छ के थुक्नु त !”
– “उसो भए भुक सम्मेलन गरौँ ! सम्मेलनमा सबैजना एकै ठाउँमा आउँछन् । अनि एक एक गरेर छानी छानी थुकौँला !”
– “त्यहाँ थुक्दा गँवार भइन्छ !”
– “भित्तातिर फर्केर थुकौँला नि !”
– “तपाईं पनि पान खानु हुन्छ र ?”
– “पान त खान्न पानको पातचाहिँ मन पर्छ !”
– “जडि कुरा थाहा भो !”
– “के थाहा भो ?”
– “तपाईं त मभन्दा पनि पिपलपाते हुनुहुँदो रहेछ !”
– “बल्ल कुरा बुझ्नु भो ?”
– “नबुझेको भए म कहिल्यै दलाल बन्दिन थिएँ !”
सबैले घुटुक्क थुक निले, खोके, ठ्यास ठ्यास गरे । अनि नारा लगाउन थाले ।
– “जनक्रान्तिको सफलता !”

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मुक्तिको मार्ग

मुक्तिको मार्ग

डा. विदुर चालिसे
नेताकाे ग्याङ

नेताकाे ग्याङ

डा. विदुर चालिसे
फ्याङ्ले काेट

फ्याङ्ले काेट

डा. विदुर चालिसे
थाम्पुराे

थाम्पुराे

डा. विदुर चालिसे
कैफियत प्रेम

कैफियत प्रेम

डा. विदुर चालिसे
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x