सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

आरीघोप्टे वर्षा र राज्य

ससाना कामका लागि सिंहदरबारको आदेश कुर्नुपर्ने कुराको अन्त्य गर्ने भनेको आदेश पर्खाइमा र आदेश दिने निकायको अभावमा यो सालको बाढीले वितण्डा मच्चाउन भ्यायो, तैँ रानी मैँ रानीको भर्ला कुवाको पानी भनेको यस्तै यस्तै समयमा होला है ।

Nepal Telecom ad

घनश्याम रेग्मी :

मायाँ र मौसमको भर हुन्न भन्ने लोकोक्ति त धेरैले सुन्नुभएको होला । हो मौसमको भर थिएन, भएन र अझ पनि छैन । कहाँ र कति बेला बिग्रिन सक्छ के ठेगान ?

हाम्रो देशको मौसम पूर्वानुमान विभागलाई उपकरण र जनशक्तिबिहिन बनाइएको छ । त्यसमा घुस चल्दैन, कमिसन पाइन्न, निर्माण र घोटाला हुँदैन, धेरै शाखा महाशाखा खडा गरेर आफन्तलाई जागिर दिन र भ्रष्टाचार गरेर सात पुस्ता पुग्ने रकम कुम्ल्याउने बनाउन सकिन्न । यी कुरा थाहा भएर नै त होला यो संस्थालाई आवश्यक पर्ने बजेट रकम पनि विनियोजन गरिन्न । सीमित स्रोत साधन र जनशक्तिको भरमा काम गर्नु परेको यथार्थ सत्य छर्लङ्ग छ ।

नवीनतम उपकरण, साधन र स्रोत थपेर यसको कार्य प्रणालीमा समयानुकूल विकास र परिमार्जन गर्न नसकिरहेको यथार्थ सबैसामु छर्लङ्ग नै छ । बिरलैमात्र चासो राख्ने गरिएको मौसमी सूचना भने निकै यस पटक भने महँगो साबित भयो । “अबका केही दिन देशभर आरीघोप्टे वर्षा हुनेछ, सचेत रहनु, आवश्यक काममा बाहेक न निस्किनू” भनेर मौसम विभागले सूचना जारी गरेकै हो । कतिले त सूचना सुन्नुपर्छ र सचेत रहनुपर्छ भन्ने जानेर पनि नजानेजस्तो, सुनेर पनि नसुनेजस्तो गर्छन् । कति यहाँका उपबुज्रुकहरूले त नयाँ शब्द आयो भनेर यस सूचनालाई एक कानले सुनेर अर्को कानले उडाइदिए । मुसलधारे वर्षा हुने भनेर भनेको भए जोगिन्थ्यो रे, जनताले बुझेनन् रे , के भनेको भए बुझ्थे त ? वा त हिन्दी भाषामा झैँ “बादल फटा/बादल फटकर बारिस होगा” भन्नुपर्ने थियो कि ?

हाम्रो देशका सुरक्षा संयन्त्र र विपद् व्यवस्थापन गर्ने निकाय एक अर्कामा विपरीताभीमुख (३६) गरेर बस्छन् । हेलिकप्टर र डुङ्गा तयार राख्नुपर्छ भन्ने यिनलाई सुझेकै थिएन । सेनालाई सानोतिनो काममा उतार्नु हुन्न भन्ने कस्तो मानसिकता तयार भएको हो कुन्नि ? दुर्घटना र उद्धार त हवाईजहाजको हकमा मात्र हुन्छ/गर्नुपर्छ भन्ने विचार हाम्रा हाँडीघोप्टे उच्च पदस्थहरूको दिमागमा कसले भर्यो कुन्नि । सबै संयन्त्र मिलेर चाँडो र थप सतर्कता अपनाउनुको साटो तारे होटलमा गोष्ठी र सेमिनार गरे, खाजा ज्युनार गरे भत्ता हसुरे र सेल्फी हाने अनि फेसबुकमा पोष्ट गरेर बधाई कुम्ल्याए । न राज्यका सुरक्षा निकाय तयार भएर बसे न तिनलाई आवश्यक सामग्री नै दिइयो । “जब भयो राति तब बुढी ताती” भनेजस्तो परिसके पछि बल्ल थाहा पाएर कछुवा गतिमा पुग्दासम्म बित्यास ।

“खरायोको सिकार गर्न जाँदा जरायोको सामा गर्नू” भनेर हाम्रा पुर्खाले त्यसै भनेका होइनन् । बाटो, पुल, नहर, ड्याम र बिजुलीका पावर हाउस बनाउँदा सम्भावित खतरा र भोलिको लागि किन सोचिएन ? सुकुम्बासी बस्ती ब्यवस्थापन गर भनेर योजनाविद्हरू कराएका करायै छन् सत्ताका लाउकेहरूका कानमा बतास पसे पो ? उता संसदबाट कानुन पास गर्छन् यता सडक बिस्तार गर्न लाग्दा आफ्ना फकलन्ठुहरू उचालेर नारा, जुलुस, चक्काजाम र नेपालबन्द गर्न पछि नपर्नेहरू बस्ती ब्यवस्थापन गर्न त परै जाओस् पाएसम्म आफैं हडप्ने दाउमा हुन्छन् – अनि हुन्छ सुकुम्बासी व्यवस्थापन ?

उहिले कता हो आगलागी भएकाले सहयोगको याचना गरेर दरबारमा निवेदन पठाइयो, जिल्ला, गौँडा हुँदै (त्यतिबेलाको प्रशासनिक निकाय थियो कि) दरबारमा निवेदन पुग्न तीन महिना लागेको र निभाउनु भन्ने आदेश जारी भएको कुरा किंवदन्ती सुन्न पाइन्छ । ससाना कामका लागि सिंहदरबारको आदेश कुर्नुपर्ने कुराको अन्त्य गर्ने भनेको आदेश पर्खाइमा र आदेश दिने निकायको अभावमा यो सालको बाढीले वितण्डा मच्चाउन भ्यायो, तैँ रानी मैँ रानीको भर्ला कुवाको पानी भनेको यस्तै यस्तै समयमा होला है । माझीको सल्लाह नमिल्दा सात गाउँ डुबेको भन्ने पनि उखान खुब चलेको छ, कतै त्यस्तै भएको त होइन नि ?

अब सूचना दिने संयन्त्र, सुरक्षा निकाय लगायत सबैले आफूलाई इमानदारीसाथ प्रस्तुत गरेमा भविष्यमा पर्न सक्ने विपत्तिबाट जोगिन, जोगाउन र धनजनको क्षति न्युन गर्ने कुरामा हामी सबै एकसाथ एकताबद्ध भएर लाग्नु पर्छ र लाग्ने छौँ । सेवा भावले खटिरहनु भएका सबैको जय होस् ।
सेवा हि परमोधर्म । अस्तु

०००
नारायणपुर ५, भरतपुर, चितवन

Fitkauli Publication Books comming soon
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
‘च’ महात्म्य

‘च’ महात्म्य

घनश्याम रेग्मी
सडक तँलाई स्वागत छ !

सडक तँलाई स्वागत छ...

घनश्याम रेग्मी
तपाईं नभनी मपाई

तपाईं नभनी मपाई

नगिता लेप्चा राई
सत्र हजारको कथा !

सत्र हजारको कथा !

उमेश रेग्मी
दुई कुरा !

दुई कुरा !

चूडामणि रेग्मी
टोयलेट मोड़ (१४)

टोयलेट मोड़ (१४)

कृष्ण प्रधान
तपस्वी ढाडे

तपस्वी ढाडे

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x