साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आरीघोप्टे वर्षा र राज्य

ससाना कामका लागि सिंहदरबारको आदेश कुर्नुपर्ने कुराको अन्त्य गर्ने भनेको आदेश पर्खाइमा र आदेश दिने निकायको अभावमा यो सालको बाढीले वितण्डा मच्चाउन भ्यायो, तैँ रानी मैँ रानीको भर्ला कुवाको पानी भनेको यस्तै यस्तै समयमा होला है ।

Nepal Telecom ad

घनश्याम रेग्मी :

मायाँ र मौसमको भर हुन्न भन्ने लोकोक्ति त धेरैले सुन्नुभएको होला । हो मौसमको भर थिएन, भएन र अझ पनि छैन । कहाँ र कति बेला बिग्रिन सक्छ के ठेगान ?

हाम्रो देशको मौसम पूर्वानुमान विभागलाई उपकरण र जनशक्तिबिहिन बनाइएको छ । त्यसमा घुस चल्दैन, कमिसन पाइन्न, निर्माण र घोटाला हुँदैन, धेरै शाखा महाशाखा खडा गरेर आफन्तलाई जागिर दिन र भ्रष्टाचार गरेर सात पुस्ता पुग्ने रकम कुम्ल्याउने बनाउन सकिन्न । यी कुरा थाहा भएर नै त होला यो संस्थालाई आवश्यक पर्ने बजेट रकम पनि विनियोजन गरिन्न । सीमित स्रोत साधन र जनशक्तिको भरमा काम गर्नु परेको यथार्थ सत्य छर्लङ्ग छ ।

नवीनतम उपकरण, साधन र स्रोत थपेर यसको कार्य प्रणालीमा समयानुकूल विकास र परिमार्जन गर्न नसकिरहेको यथार्थ सबैसामु छर्लङ्ग नै छ । बिरलैमात्र चासो राख्ने गरिएको मौसमी सूचना भने निकै यस पटक भने महँगो साबित भयो । “अबका केही दिन देशभर आरीघोप्टे वर्षा हुनेछ, सचेत रहनु, आवश्यक काममा बाहेक न निस्किनू” भनेर मौसम विभागले सूचना जारी गरेकै हो । कतिले त सूचना सुन्नुपर्छ र सचेत रहनुपर्छ भन्ने जानेर पनि नजानेजस्तो, सुनेर पनि नसुनेजस्तो गर्छन् । कति यहाँका उपबुज्रुकहरूले त नयाँ शब्द आयो भनेर यस सूचनालाई एक कानले सुनेर अर्को कानले उडाइदिए । मुसलधारे वर्षा हुने भनेर भनेको भए जोगिन्थ्यो रे, जनताले बुझेनन् रे , के भनेको भए बुझ्थे त ? वा त हिन्दी भाषामा झैँ “बादल फटा/बादल फटकर बारिस होगा” भन्नुपर्ने थियो कि ?

हाम्रो देशका सुरक्षा संयन्त्र र विपद् व्यवस्थापन गर्ने निकाय एक अर्कामा विपरीताभीमुख (३६) गरेर बस्छन् । हेलिकप्टर र डुङ्गा तयार राख्नुपर्छ भन्ने यिनलाई सुझेकै थिएन । सेनालाई सानोतिनो काममा उतार्नु हुन्न भन्ने कस्तो मानसिकता तयार भएको हो कुन्नि ? दुर्घटना र उद्धार त हवाईजहाजको हकमा मात्र हुन्छ/गर्नुपर्छ भन्ने विचार हाम्रा हाँडीघोप्टे उच्च पदस्थहरूको दिमागमा कसले भर्यो कुन्नि । सबै संयन्त्र मिलेर चाँडो र थप सतर्कता अपनाउनुको साटो तारे होटलमा गोष्ठी र सेमिनार गरे, खाजा ज्युनार गरे भत्ता हसुरे र सेल्फी हाने अनि फेसबुकमा पोष्ट गरेर बधाई कुम्ल्याए । न राज्यका सुरक्षा निकाय तयार भएर बसे न तिनलाई आवश्यक सामग्री नै दिइयो । “जब भयो राति तब बुढी ताती” भनेजस्तो परिसके पछि बल्ल थाहा पाएर कछुवा गतिमा पुग्दासम्म बित्यास ।

“खरायोको सिकार गर्न जाँदा जरायोको सामा गर्नू” भनेर हाम्रा पुर्खाले त्यसै भनेका होइनन् । बाटो, पुल, नहर, ड्याम र बिजुलीका पावर हाउस बनाउँदा सम्भावित खतरा र भोलिको लागि किन सोचिएन ? सुकुम्बासी बस्ती ब्यवस्थापन गर भनेर योजनाविद्हरू कराएका करायै छन् सत्ताका लाउकेहरूका कानमा बतास पसे पो ? उता संसदबाट कानुन पास गर्छन् यता सडक बिस्तार गर्न लाग्दा आफ्ना फकलन्ठुहरू उचालेर नारा, जुलुस, चक्काजाम र नेपालबन्द गर्न पछि नपर्नेहरू बस्ती ब्यवस्थापन गर्न त परै जाओस् पाएसम्म आफैं हडप्ने दाउमा हुन्छन् – अनि हुन्छ सुकुम्बासी व्यवस्थापन ?

उहिले कता हो आगलागी भएकाले सहयोगको याचना गरेर दरबारमा निवेदन पठाइयो, जिल्ला, गौँडा हुँदै (त्यतिबेलाको प्रशासनिक निकाय थियो कि) दरबारमा निवेदन पुग्न तीन महिना लागेको र निभाउनु भन्ने आदेश जारी भएको कुरा किंवदन्ती सुन्न पाइन्छ । ससाना कामका लागि सिंहदरबारको आदेश कुर्नुपर्ने कुराको अन्त्य गर्ने भनेको आदेश पर्खाइमा र आदेश दिने निकायको अभावमा यो सालको बाढीले वितण्डा मच्चाउन भ्यायो, तैँ रानी मैँ रानीको भर्ला कुवाको पानी भनेको यस्तै यस्तै समयमा होला है । माझीको सल्लाह नमिल्दा सात गाउँ डुबेको भन्ने पनि उखान खुब चलेको छ, कतै त्यस्तै भएको त होइन नि ?

अब सूचना दिने संयन्त्र, सुरक्षा निकाय लगायत सबैले आफूलाई इमानदारीसाथ प्रस्तुत गरेमा भविष्यमा पर्न सक्ने विपत्तिबाट जोगिन, जोगाउन र धनजनको क्षति न्युन गर्ने कुरामा हामी सबै एकसाथ एकताबद्ध भएर लाग्नु पर्छ र लाग्ने छौँ । सेवा भावले खटिरहनु भएका सबैको जय होस् ।
सेवा हि परमोधर्म । अस्तु

०००
नारायणपुर ५, भरतपुर, चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
खुसीनगर !

खुसीनगर !

घनश्याम रेग्मी
सल्लाह – काटेर राम्रो हुनू

सल्लाह – काटेर राम्रो...

घनश्याम रेग्मी
नाक र नेतृत्व

नाक र नेतृत्व

घनश्याम रेग्मी
पाइँनेछ मिठो फल

पाइँनेछ मिठो फल

घनश्याम रेग्मी
वृद्धवृद्धा सँगै छन्

वृद्धवृद्धा सँगै छन्

घनश्याम रेग्मी
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x