साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शासकनै छ घातक

हाम्रो छैन अरु कोही प्रगतिको त बाधक । यो देशको सबैभन्दा शासकनै छ घातक ॥ खोक्रो हुँदै छ यो देश हराउदै छ सम्पदा । कोसी भेरी र कर्णाली महाकाली गए कता ॥

Nepal Telecom ad

बालकृष्ण खनाल :

गाउँघर भए खाली बाझिए खेतका गरा ।
विदेशिए युवा सारा उझाडिँदै गयो धरा ॥

नीति शासकको छैन उद्ध्योग धन्दा चलाउने ।
गर्छ शासकले काम जनता बेची कमाउने ॥

आफ्ना छोरा अमेरीका अस्ट्रेलिया पढाउछन् ।
रेमिटेन्स उठाएर प्रशासन चलाउँछन् ॥

पिछडा जनको भन्दै, केही सिट छुट्याउँछन् ।
छोरी बुहारिको आफ्ना सिट उही दिलाउछन् ॥

खाली गोडा हिजो हिँड्थे आज कार चलाउँछन् ।
नेतागिरी गरेकाले के गरेर कमाउँछन् ॥

बेचेर सम्पदा हाम्रो विचौलिया अघाउँछन् ।
भोकोपेट उनैहुन्छन् जो पसिना बगाउँछन् ॥

सम्पदा देशको हाम्रो सडेकोछ जता कता ।
काम खोज्दै गए खाडी यो देशका सबै युवा ॥

हाम्रो छैन अरु कोही प्रगतिको त बाधक ।
यो देशको सबैभन्दा शासकनै छ घातक ॥

खोक्रो हुँदै छ यो देश हराउदै छ सम्पदा ।
कोसी भेरी र कर्णाली महाकली गए कता ॥

काला पानी लियो हाम्रो अझ बोल्दैन शासक ।
छिमेकिले सधैँ हाम्रो किन गर्दैछ घातक ॥

तिमीझैँ दासता हामी सहदैनौ कसै गरि ।
सिमानामा घुडा टेकी जान्छौ हामी बरू मरि ॥

०००
कैलाली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हैनन् नयाँ यी पनि

हैनन् नयाँ यी पनि

बालकृष्ण खनाल
लेखेर के हुन्छ र ?

लेखेर के हुन्छ र...

बालकृष्ण खनाल
ताली बजाउँदछन्

ताली बजाउँदछन्

बालकृष्ण खनाल
के के नयाँले गरे

के के नयाँले गरे

बालकृष्ण खनाल
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
पैसा कमाएपछि

पैसा कमाएपछि

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x