सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

शासकनै छ घातक

हाम्रो छैन अरु कोही प्रगतिको त बाधक । यो देशको सबैभन्दा शासकनै छ घातक ॥ खोक्रो हुँदै छ यो देश हराउदै छ सम्पदा । कोसी भेरी र कर्णाली महाकाली गए कता ॥

Nepal Telecom ad

बालकृष्ण खनाल :

गाउँघर भए खाली बाझिए खेतका गरा ।
विदेशिए युवा सारा उझाडिँदै गयो धरा ॥

नीति शासकको छैन उद्ध्योग धन्दा चलाउने ।
गर्छ शासकले काम जनता बेची कमाउने ॥

आफ्ना छोरा अमेरीका अस्ट्रेलिया पढाउछन् ।
रेमिटेन्स उठाएर प्रशासन चलाउँछन् ॥

पिछडा जनको भन्दै, केही सिट छुट्याउँछन् ।
छोरी बुहारिको आफ्ना सिट उही दिलाउछन् ॥

खाली गोडा हिजो हिँड्थे आज कार चलाउँछन् ।
नेतागिरी गरेकाले के गरेर कमाउँछन् ॥

बेचेर सम्पदा हाम्रो विचौलिया अघाउँछन् ।
भोकोपेट उनैहुन्छन् जो पसिना बगाउँछन् ॥

सम्पदा देशको हाम्रो सडेकोछ जता कता ।
काम खोज्दै गए खाडी यो देशका सबै युवा ॥

हाम्रो छैन अरु कोही प्रगतिको त बाधक ।
यो देशको सबैभन्दा शासकनै छ घातक ॥

खोक्रो हुँदै छ यो देश हराउदै छ सम्पदा ।
कोसी भेरी र कर्णाली महाकली गए कता ॥

काला पानी लियो हाम्रो अझ बोल्दैन शासक ।
छिमेकिले सधैँ हाम्रो किन गर्दैछ घातक ॥

तिमीझैँ दासता हामी सहदैनौ कसै गरि ।
सिमानामा घुडा टेकी जान्छौ हामी बरू मरि ॥

०००
कैलाली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

बालकृष्ण खनाल
तीन ठोक्तक

तीन ठोक्तक

बालकृष्ण खनाल
महङ्गो भो सपना

महङ्गो भो सपना

बालकृष्ण खनाल
बन्ने छु मै देवता

बन्ने छु मै देवता

बालकृष्ण खनाल
कन्दनी दिवस

कन्दनी दिवस

बालकृष्ण खनाल
त्यो दुष्ट को हो भन

त्यो दुष्ट को हो...

बालकृष्ण खनाल
बेइमानी

बेइमानी

बिन्दु दहाल ‘मूकदर्शक’
ह्वाँहाेरु

ह्वाँहाेरु

होम सुवेदी
बलेको आगाे

बलेको आगाे

डा. छायादत्त न्यौपाने ‘बगर’
मिसन– ८४

मिसन– ८४

हरि कोर्काली
चाकरी

चाकरी

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x