साइबर अपराध सम्बन्धी सचेतना सामग्री

झोल

उसको जिन्दगीको एक हिस्सा पनि हो उसको प्रेमको एक रुप पनि हो उसको सम्पूर्ण समाजशास्त्र हो हेर्नुस् न, अब त झोल उसको कविता पनि हो ।

Nepal Telecom ad

सुरेश राई :

ठूलो जहानमा हुर्किएको
उसको अभावमय बाल्यकाल
तरकारीमा सधैँ झोल
झोलमा आमाको जादूयी हातको
स्वादिलो चमत्कार ।

उसो त, हुर्केर उसले
टोकियोका गगनचुम्बी होटलहरु घुम्दै
‘रुफटप’ मा बसी
पाँच सय डलर मूल्यको
‘स्टेक डिनर’ पनि खाइ हेर्‍यो
पेरिस, लन्डन र न्युयोर्कका छातीहरूमा
विश्व विख्यात मेन्युहरू पनि चाहारी हेर्‍यो
अँह, पाएन झोलको सन्तुष्टि
कहिँ कतै !

त्यसैले
उसलाई आज पनि
भुटुवा-तरुवा होइन थोरै भए नि
तरकारीमा झोल नै चाहिन्छ
झोलले उसको आँत
कहिल्यै तृप्त भएन
झोल बस्यो उसको आत्मामा
उसको हृदयमा ।

अब त झोल
उसको जिब्रोको स्मृति मात्र होइन
फगत पृष्ठभूमिमा निर्मित
सामान्य आदत मात्र पनि होइन
उसको जिन्दगीको एक हिस्सा पनि हो
उसको प्रेमको एक रुप पनि हो
उसको सम्पूर्ण समाजशास्त्र हो
हेर्नुस् न, अब त झोल
उसको कविता पनि हो ।

विश्वास गर्नुहोस्
तपाईं उसको झोल प्रेममा
उसको वर्गीय इतिहास
उसको सम्पूर्ण जरा देख्न सक्नु हुनेछ

विश्वास गर्नुहोस्
सानोमा झोलको
इमानदार लत बसेकाहरूले
देशलाई डुबाएर
चोक्टा खाने रहर कदापि गर्न सक्दैनन्

०००
खोटाङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x