साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आधा सत्य आधा भ्रम (३)

कार्यवाहकको काम डा जिग्री र डा बलेले गरिरहेका छन्। यो संस्थाको नेतृत्वमा पुग्न धेरै वटा अवगुण भए हुन्छ तर एउटा राम्रो गुण चाहिँ मुद्दा हाल्न सक्ने/ जान्ने हुनुपर्छ। जो अहिलेका सबैमा छ नै।

Nepal Telecom ad

अर्जुन दाहाल (क) :

आज भने एउटा विश्वविख्यात सँस्थाको चर्चा गर्नैपर्ने भो । त्यस्को नाम एन आर एन ए अर्थात्
N- नकचरो
R- रसियासाइटिस्
N- नंग्नवादी
A- एजेन्ट
भनेर पनि चर्चा छ। म चाहिँ त्यो मान्दिन। विश्वभर रहेका सत्तरी लाख प्रवासी नेपाली मध्ये यो सँस्थाका सदस्य मात्र ५० लाख चान्चुन होलान्। अमेरिकामा मात्र २ लाख १५ हजार ३ सय ३३ जना सदस्य छन्।

भेडा बाख्राको टाउको भएका सदस्यहरु जो बुद्धि जोशीले पैसा हालेर बनाइदिएका २० हजार र गौरी सुवेदीले पैसा खर्च गरेर बनाएका ३० हजार सदस्यता “शैलेन्द्र सर्वश्रेष्ठ”को फेरिफिकेसन समितिले घटाए पछि यो सङ्ख्या केही कम भएको हो। खासमा त्यो बेला “शैलेन्द्र सर्वश्रेष्ठ” एन आर एन ए को मिडिया प्रमुख हुनुहुन्थ्यो। अहिले उत्तर अमेरिका बसाइँसराइ पछि गायनतिर लाग्नुभएको छ।

रसिया र अस्ट्रेलिया दुई ध्रुवमा बांँडिएको सो सँस्थाका वर्तमान औपचारिक अध्यक्षहरु “ख प्र ओइलि” र “आरान देउवा” हुन् भने कार्यवाहकको काम डा.जिग्री र डा. बलेले गरिरहेका छन्। यो संस्थाको नेतृत्वमा पुग्न धेरै वटा अवगुण भए हुन्छ तर एउटा राम्रो गुण चाहिँ मुद्दा हाल्न सक्ने/ जान्ने हुनुपर्छ। जो अहिलेका सबैमा छ नै।

महाधिवेशनको नाममा बिना ढेउवा नेपाल टिकट, कुटाकुट, मुड्की प्रयोग, कुर्सी हनाहान, भवन घेराउ पनि यो सँस्थाका घोषित क्रियाकलापमा पर्दछन् । सँस्थाको चुनाव हारे पनि जिते पनि अध्यक्ष,महासचिव लेख्न सकिने गरि विधानमा नै व्यवस्था गरिएको छ।

यो सँस्थाको नेतृत्वमा पुग्न नेपालको पार्टीको सदस्यता लिनु अनिवार्य छ। त्यो सदस्यता लिए बापत आइ सी सी लेभलकाले नेपालका नेतासँग खाजा चिया खान र फोटो खिच्न मौका पाउने छन् भने एन सी सी लेभलका ग्रुप फोटो खिच्न सुनौलो अवसर प्राप्त गर्नेछन्। नेपालमा ठगबन्धन परिवर्तन भए सँगै यताको गठबन्धनमा हुने गरेको सहज परिवर्तनलाई सकारात्मक रुपमा लिन सकिन्छ।

जे होस् नेपालको चिन्ता गर्ने एक मात्र सँस्था यही एन आर एन ए हो जस्ले प्रवासका नेपालीलाई एकताको सुत्रमा जोडेको मात्र छैन आवश्यकता पर्दा विभाजन पनि गरेको छ।

०००
व्यङ्ग्यका दाहाल नुन चिनी पानी अमेरिकाका परिकल्पनाकार हुन् ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अबसुखीकरण कार्यक्रम:

अबसुखीकरण कार्यक्रम:

अर्जुन दाहाल (क)
बाजी:

बाजी:

अर्जुन दाहाल (क)
अन्तिम अस्त्र

अन्तिम अस्त्र

अर्जुन दाहाल (क)
आधा सत्य : आधा भ्रम- ५०

आधा सत्य : आधा...

अर्जुन दाहाल (क)
आधा सत्य, आधा भ्रम- ४९

आधा सत्य, आधा भ्रम-...

अर्जुन दाहाल (क)
आधा सत्य, आधा भ्रम – ४८

आधा सत्य, आधा भ्रम...

अर्जुन दाहाल (क)
हाकिमको सत्ता

हाकिमको सत्ता

गायत्री परिरोशनी
निर्णायक को ?

निर्णायक को ?

सुरेशकुमार पाण्डे
बुढेसकालमा

बुढेसकालमा

कृष्ण शर्मा सुमु
0
Would love your thoughts, please comment.x
()
x