साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेतावाद– जिन्दावाद !

यस नाथेलाई पनि चाबी सहितै लगेर कम्फर्टेवल मूल्यमै पारिका प्रभुका पाउमै पछारिदिएर कोठीकी पुतली सरह नै नचाए हुन्छ, नाचिदिन्छु भनिदिएँ ।

Nepal Telecom ad

हरि कोर्काली :

अब त म पनि
नेता बन्न
योग्य भैसकें नि ।
चाहिने जति
जुक्ति, बुद्घि र शक्ति जुटाएर
तयारी जति जम्मै पूरा गरिसकें नि ।

नेता बन्नकै लागि त मैले
भएभरको–
इमान बेचिदिएँ
जमान बेचिदिएँ
धर्म त्यगिदिएँ
नैतिकता भनिने पाजीको त
जरै मासिदिएँ
लाजसरमलाई पनि लगेर
घुम्रिएको पुच्छरमै टाँसिदिएँ
बाँकी रह्यो यही गोबर भरिएको टाउको
यस नाथेलाई पनि
चाबी सहितै लगेर
कम्फर्टेवल मूल्यमै
पारिका प्रभुका पाउमै पछारिदिएर
कोठीकी पुतली सरह नै नचाए हुन्छ,
नाचिदिन्छु भनिदिएँ ।

जाबो नेतै बन्न त, यहाँ
योभन्दा बढी के पो गर्नुपर्ला र !
नेतावाद – जिन्दावाद !
नेता बनेपछि त
जिन्दगीभर मार्सीभात ।

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आफन्त र मित्रहरू

आफन्त र मित्रहरू

हरि कोर्काली
सपना र सरकार

सपना र सरकार

हरि कोर्काली
अक्कली

अक्कली

हरि कोर्काली
नामर्दको जागिर

नामर्दको जागिर

हरि कोर्काली
अब पनि बा नै आउनुहुनेछ

अब पनि बा नै...

हरि कोर्काली
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
माटोबाट पलाएर माटोमै

माटोबाट पलाएर माटोमै

अनिता काेइराला
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x