साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुद्धिऔषधि

गधा बुद्धिजीवीहरू स्वभावैले परिश्रमी हुन्छन्, तर कसका लागि काम गरिरहेका छन् भन्ने सोच्दैनन् । चेतना क्याप्सुलले ‘मात्र श्रम गरेर पुग्दैन, विवेक पनि प्रयोग गर्नुपर्छ’ भन्ने सन्देश दिन्छ । सावधानी ! अत्यधिक मात्रा लिइयो भने मालिकलाई प्रश्न गर्ने बानी बस्न सक्छन् ।

Nepal Telecom ad

नन्दलाल आचार्य :

“बुद्धिजीवीहरूको वर्गीकरण रोचक छ, तर हाम्रा समाजका बुद्धिजीवीहरूको उपचार कसरी गर्ने ?” साहित्यिक जमघटमा कसैले सोध्यो । सबै मौन भए । मौनताभित्रै बुद्धिजीवी खोज्न थालियो ।

कसैले भन्यो- “हात्ती बुद्धिजीवीको घमण्ड हटाउने कुनै औषधि छैन ।” अर्कोले थप्यो- “गैंडा बुद्धिजीवीलाई संवेदनशील बनाउन कुनै उपचार विधि छैन ।” तेस्रोले मुस्काउँदै भन्यो- “गधा बुद्धिजीवीहरूले त अढाई हजार वर्षअघि नै बुद्धत्वप्राप्ति गर्नुपर्ने थियो !”

तर समस्या समाधान गर्नैपर्छ । बुद्धिजीवीहरूको बुद्धि व्यवस्थापन गर्नु अनिवार्य भइसकेको छ । तसर्थ, समाजका केही विशिष्ट बुद्धिजीवीका लागि विशेष बुद्धिऔषधि निर्माण गरिएको छ । यी औषधिहरूको प्रयोगले बुद्धिजीवीहरूलाई सुधार्न सकिन्छ कि भन्ने आशा गरिएको छ ।

१. हात्ती बुद्धिजीवीका लागि ‘झसङ्ग पाउडर’

यो औषधि खाएपछि हात्ती बुद्धिजीवीलाई कहिलेकाहीं आफैँलाई प्रश्न गर्ने बानी लाग्छ । “म मात्रै बुद्धिमान हुँ कि अरू पनि छन् ?” भनेर सोच्न थालेपछि समाजमा बुद्धिको बाँडफाँड सहज हुन्छ । तर सावधान ! अत्यधिक मात्रा लिइयो भने बुद्धि निस्केर जान पनि सक्छ ।

२. गैंडा बुद्धिजीवीका लागि ‘संवेदन सुई’

गैंडाको छाला जस्तै बाक्ला बुद्धिजीवीलाई चोट लागेको अनुभव गराउन यो सुई प्रभावकारी छ । समाजको दु:ख, पीडा र अन्यायप्रति संवेदनशील हुन मद्दत गर्छ । सुई लगाएपछि केही समय टाउको भारी हुन सक्छ, किनकि यसले अरूका कुरा सुन्ने क्षमता विकास गर्छ ।

३. घोडा बुद्धिजीवीका लागि ‘थाम्ने ट्याबलेट’

घोडा बुद्धिजीवीहरू जताततै उफ्रने प्रवृत्तिका हुन्छन् । यिनीहरूलाई केही समय रोक्न र स्थिर बनाउन यो ट्याबलेट प्रभावकारी मानिएको छ । यसले बुद्धि सन्तुलित बनाउँछ र ‘जहाँ जाउँ त्यहाँ मेरो ज्ञान’ भन्ने सोचाइलाई नियन्त्रण गर्छ।

४. गधा बुद्धिजीवीका लागि ‘चेतना क्याप्सुल’

गधा बुद्धिजीवीहरू स्वभावैले परिश्रमी हुन्छन्, तर कसका लागि काम गरिरहेका छन् भन्ने सोच्दैनन् । चेतना क्याप्सुलले ‘मात्र श्रम गरेर पुग्दैन, विवेक पनि प्रयोग गर्नुपर्छ’ भन्ने सन्देश दिन्छ । सावधानी ! अत्यधिक मात्रा लिइयो भने मालिकलाई प्रश्न गर्ने बानी बस्न सक्छन् ।

५. बफेल्लो बुद्धिजीवीका लागि ‘शक्ति नियन्त्रण सिरप’

भट्टीमा बसेर योजना बनाउने बुद्धिजीवीहरूलाई यो सिरप उपयोगी हुन्छ । यसले अनावश्यक गफगाफलाई कटौती गर्छ र योजना कार्यान्वयन गर्न प्रेरित गर्छ । सिरप लिएको पहिलो हप्ता वाक्य छोटा र प्रभावकारी बन्ने खतरा रहन्छ ।

६. पट्टु बुद्धिजीवीका लागि ‘निजी विचार सिरिन्ज’

यसले अरूले भनेको मात्र नबजाउने, बरु आफ्नो तर्क पनि राख्ने शक्ति दिन्छ । सिरिन्ज प्रयोग गरेपछि ‘हो’ र ‘हैन’ भन्न सक्ने आत्मविश्वास आउँछ । तर, खोप लगाउँदा मालिकको असन्तोषजनक प्रतिक्रिया सामना गर्न तयार हुनुपर्छ ।

७. कुखुरे बुद्धिजीवीका लागि ‘कथ्य फिल्टर’

यिनीहरू हरेक कुरा खोस्रिरहन्छन् । यो फिल्टरले ‘कुरा लम्ब्याउने’ सञ्जाललाई रोक्नेछ । फिल्टर लगाइसकेपछि ‘मुख्य कुरा मात्र बोल्नुपर्छ’ भन्ने अनुभव हुन सक्छ ।

८. किँगे बुद्धिजीवीका लागि ‘स्वतन्त्रता मल्हम’

खानेकुरा देखेपछि झुम्मिनेजस्ता बुद्धिजीवीहरूको रोग निको पार्न यो मल्हम उपयोगी छ । यसले लोभ नियन्त्रण गर्छ । ध्यान दिनुपर्ने कुरा- मल्हम लगाउनेबित्तिकै ‘भाइ खाऊ’ भन्ने बानी पर्न सक्छ ।

९. कुरीटे बुद्धिजीवीका लागि ‘सत्य सिरप’

यिनीहरू अरूको कुरा काट्न रमाउँछन् । सत्य सिरपले ‘के बोल्ने र के नबोल्ने’ भन्ने चेतना बढाउँछ । तर, अत्यधिक प्रयोग गर्दा ‘गम्भीर भएर बोल्ने’ लक्षण देखिन सक्छ ।

१०. चमेरे बुद्धिजीवीका लागि ‘दिवा जागरण ट्याबलेट’

रातभर गफ गर्ने तर दिनभर निदाउने बुद्धिजीवीलाई सचेत गराउन यो ट्याबलेट प्रभावकारी हुन्छ । ट्याबलेट खाएपछि दिनभर क्रियाशील बन्ने बानी बस्छ ।

११. फेसबुके बुद्धिजीवीका लागि ‘फिल्टर चश्मा’

यिनीहरू सामाजिक सञ्जालमा मात्र विज्ञ भएका हुन्छन् । फिल्टर चश्माले ‘आफ्नो ज्ञानको वास्तविक प्रभाव के हो ?’ भन्ने बुझ्न मद्दत गर्छ । प्रयोग गरेपछि ‘कमेन्टभन्दा काम’ गर्नुपर्छ भन्ने अनुभव हुन सक्छ ।

बुद्धिजीवीहरू समाजका मेरुदण्ड हुन् । तर, जब बुद्धि व्यवस्थापन गर्न सकिँदैन, तब समाज अनियन्त्रित हुन्छ । तसर्थ, बुद्धिऔषधिहरू आवश्यक छन् । अब प्रश्न उठ्छ- यी औषधि प्रयोग गर्ने आँट कसले गर्ने ?

०००
२०८१ चैत ४ गते ।
बेलका-२, सिद्धार्थटोल, गल्फडिया, उदयपुर ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
छलकपट

छलकपट

नन्दलाल आचार्य
आधुनिक नेता चालिसा

आधुनिक नेता चालिसा

नन्दलाल आचार्य
जय कुर्सी देवा !

जय कुर्सी देवा !

नन्दलाल आचार्य
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x